CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » खासाको नेपाली सेक्स केन्द्र

खासाको नेपाली सेक्स केन्द्र

सीमा जोडिए पनि खासाको समय नेपालको भन्दा दुई घण्टा फरक छ। नेपालमा ३ बज्दा त्यहाँ ५ बजिसकेको हुन्छ। खासा जान चाहनेहरूले नेपाली ३ बजेभित्र मितेरीपुल पार गरिसक्नुपर्छ। नेपाली ३ बजेपछि खासा प्रवेशमा रोक लगाइएको छ। दिउँसो खासा बजार सुनसान हुन्छ। नेेपालको ५ बजेपछि त्यहाँको बजार क्रमिक रूपमा खुल्छ। जतिजति रात पर्दै जान्छ त्यहाँको रौनक तीव्र गतिमा अघि बढ्न थाल्छ। 

बजारको सडक छेउछाउमा रहेका होटल, डिस्को तथा झुपा -बियर बार) का
रंगीविरंगी बत्तिका झल्याकझुलुक एवं गीतको चर्को ध्वनिले सडकलाई नै रोमाञ्चक बनाइदिन्छन्। त्यहाँका होटल, डिस्को तथा झुपा सेक्स केन्द्र हुन् जहाँ कसैको अवरोध हुँदैन। नेपाली युवतीहरूले डिस्को तथा झुपाभन्दा बाहिर गएर कारोबार गर्न पाउँदैनन्। चिनियाँ सरकारले स्थानीय युवतीहरूलाई मात्र 'सेक्स पार्लर' सञ्चालन गर्न अनुमति दिएको छ। चिनियाँ युवतीहरूले सटर भाडामा लिएर त्यस्तो पार्लर खोलेका छन्।

तातोपानी नाका हुँदै मितेरीपुल कटेर चीनको खासा बजारसम्म पुग्न पुलपारीबाट सवारी साधन चढ्नैपर्ने हुन्छ। मितेरीपुलकै छेउमा रहेको  चिनियाँ अध्यागमनको चेकजाँच कक्षबाट बाहिरिएलगत्तै खासा बजार पुग्न भाडाका सवारी पाइन्छन्। त्यहाँबाट ११ किलोमिटरमाथि खासा  बजार छ। मितेरी पुलबाट खासाबजार पुग्न १ सय ५० नेपाली रूपैयाँ -१० घोर्मु) भाडा लाग्छ। भाडाका सवारी चलाउने चालकले थौरै मात्र  नेपाली भाषा जानेका हुन्छन्। सवारी साधनमा बसेर यात्रा गर्ने क्रममा -त्यहाँ कुनै महिला छैनन् भने) ड्राइभरले हाँस्दै सोधिहाल्छन्- 'सेेक्स - अश्लील शब्दको प्रयोग) गर्ने हो ? नेपाली पनि छन्, चाइनिज पनि।' ड्राइभरको कुरा सुनेर जो कोही अचम्मित हुनसक्छन्। चालकको कुराबाट  सहजै अनुमान गर्न सकिन्छ, खासा बजारको विशेषता। 

सीमा जोडिए पनि खासाको समय नेपालको भन्दा दुई घण्टा फरक छ। नेपालमा ३ बज्दा त्यहाँ ५ बजिसकेको हुन्छ। खासा जान चाहनेहरूले  नेपाली ३ बजेभित्र मितेरीपुल पार गरिसक्नुपर्छ। नेपाली ३ बजेपछि खासा प्रवेशमा रोक लगाइएको छ। दिउँसो खासा बजार सुनसान हुन्छ। नेे पालको ५ बजेपछि त्यहाँको बजार क्रमिक रूपमा खुल्छ। जतिजति रात पर्दै जान्छ त्यहाँको रौनक तीव्र गतिमा अघि बढ्न थाल्छ। 

बजारको सडक छेउछाउमा रहेका होटल, डिस्को तथा झुपा -बियर बार) का रंगीविरंगी बत्तिका झल्याकझुल्ाुक एवं गीतको चर्को ध्वनिले  सडकलाई नै रोमाञ्चक बनाइदिन्छन्। त्यहाँका होटल, डिस्को तथा झुपा सेक्स केन्द्र हुन् जहाँ कसैको अवरोध हुँदैन। नेपाली युवतीहरूले  डिस्को तथा झुपाभन्दा बाहिर गएर कारोबार गर्न पाउँदैनन्। चिनियाँ सरकारले स्थानीय युवतीहरूलाई मात्र 'सेक्स पार्लर' सञ्चालन गर्न  अनुमति दिएको छ। चिनियाँ युवतीहरूले सटर भाडामा लिएर त्यस्तो पार्लर खोलेका छन्। 

डिस्को र झुपामा आएका ग्राहकसँग नारिंदै उनीहरूको टेबुलमा गिलास राखेर बियर हाल्दै सँगै बसेर बियरको चुस्की लगाउँदै ग्राहकलाई  फकाउनु, स्पर्श गर्नु, सँगै चुरोटको सर्को लिएर ग्राहकसँग मस्की-मस्की नाच्नु र आर्थिक कुरा मिलेपछि सानो अँध्यारो कोठामा जानु त्यहाँ  काम गर्ने नेपाली युवतीहरूको दैनिकी हो। 'सेक्स पार्लर' खोलेर बसेका चिनियाँ युवतीहरूले त्यही वा होटलसम्म पुगेर ग्राहकको चाहना पूरा  गर्नु उनीहरूको दैनिकी हो। 

'चाइनिजहरू नेपाली युवती मन पराउँछन्,' चार वर्षदेखि बियर बारमा काम गर्दै आएकी सिन्धुलीकी सपनाले सुनाइन्, 'नेपालबाट आएकाहरू  भने चाइनिजलाई मन पराउँछन्।' नेपाली, चाइनिज, तिब्बती तथा केही भारतीय नागरिक खासाको सेक्स बजारका प्रमुख ग्राहक हुन्। 

सडककै छेउमा रहेका सटर भाडामा लिएर सेक्स पार्लर खोल्ने चिनियाँ युवतीहरूले सामान्य नेपाली मात्र जानेका छन्, जुन यौन व्यवहारसँग  मात्र सम्बन्धित हुन्छन् वा उपयुक्त मानिन्छन्। चिटिक्क परेर सटर भित्र बसेका उनीहरू सडकमा हिँडिरहेका ग्राहकलाई बोलाउँदै भन्छन ' .........गर्ने हो, एक पटक १५ सय, होल नाइट ५ हजार।' उनीहरूले एक पटक सेक्स गरेबापत ५ सय रूपैयाँदेखि १५ सय रूपैयाँसम्म  लिन्छन। डिस्को तथा बियर बारमा नेपालीका अतिरिक्त तिब्बती युवतीहरूसमेत उपलब्ध हुन्छन्।

नेपाली समयअनुसार रातको ३ बजेपछि त्यहाँका डिस्को तथा बियर बारहरू बन्द हुन्छन्। त्यसपछि त्यहाँ काम गर्ने नेपाली युवतीहरू यौन  व्यापारमा सक्रिय हुन्छन्, तर चिनियाँ युवतीहरू भने रातभर ग्राहक खोजिरहेका हुन्छन्। नेपाली समय साँझ ५ बजेदेखि रातको ३ बजेसम्म  डिस्को वा बियरबारमा काम गर्नु नेपाली युवतीहरूको 'ड्युटी आवर' हो। 'यहाँ ढुक्क भएर कारोबार गर्न पाउँछौं, किनभने यहाँको सरकारले  'सेक्स पि|m' गरिदिएको छ,' सपनाले भनिन् ,'ढुक्क भएर यस्तो कारोबार गर्नुको मज्जा बेग्लै हुन्छ। कसैले चिन्ला भन्ने डर पनि छैन, कमाइ  पनि राम्रै।' उनले खासा आउनुअघि एक वर्ष ठमेलको मसाज सेन्टरमा काम गरिसकेकी रहिछन्। नेपाली युवतीले एक पटकको २ हजार ५  सय रूपैयाँदेखि होलनाइटको १० हजार रूपैयाँसम्म लिन्छन्। तोकिएको शुल्क तिरेर नेपाली युवतीसँग रात बिताउने नेपाली ग्राहकहरू पनि  उल्लेख्य छन। 

उनीहरू राति ३ बजेदेखि बिहान १० बजेसम्म ग्राहकसँग रात बिताएर कोठा र्फकन्छन्। रात बिताउन उनीहरू ग्राहकले खोजेको होटलका  कोठा वा आफैले खोजेको लजसम्म पुग्छन। दिउँसो ११ बजेदेखि १२ बजेसम्म खाना खाएर सुत्छन् भने साँझ ५ बजे उठेर प|mेस हुन्छन। प|mेस  भैसकेपछि श्रृंगारपटार गरी कार्य क्षेत्रमा गएर उही काम दोर्‍याउँछन्। त्यहाँ रहेका डिस्को तथा बियरबारमा चुरोट र बियरको मूल्य एउटै छ।  चुरोट प्रतिप्याकेट २ सय २५ रुपैयाँ र ल्ाासा बियर प्रतिक्यान १ सय ५० रूपैयाँ। त्यसका अतिरिक्त रक्सीका अनेकन भेराइटी उपलब्ध हुन्छन्,  तर चलेको लासा बियर हो। त्यहाँ नेपाली ब्रान्डका रक्सी पनि पाइन्छन् जुन यहाँको भन्दा दोब्बर महँगो पर्छ। खासामा रक्सीको तुलनामा  खानेकुरा अझ महँगो छ। 

डिस्कोमा काम गदै आएकी सर्लाही घर बताउने कल्पनाले मस्किदै भनिन्, 'चाइनिज केटीहरूले हाम्रो भाउ बिगारिसके। उनीहरू हामीभन्दा  सस्तोमा काम गर्छन्।' पछिल्लो केही समययतादेखि नेपाली ग्राहकसमेत आपmनो आम्दानीको राम्रो स्रोत बनेको कल्पनाले बताइन्। ड्युटी आवर  सकिएपछि जसले बढी पैसा दिन्छ उसैसँग रात बिताउने उनले सुनाइन्। 'एक पटकका लागि हो भने, ड्युटी आवरभित्रै मिल्छ,' उनले थपिन्  'अन्यथा ड्युटी सकिएपछि मात्र।' चाइनिज ग्राहक भेटिएसम्म नेपाली युवतीहरू अरूसँग जाँदैनन्। 'चिनियाँहरू हामी भनेपछि मरिहत्ते गर्छन् ?'  उनले भनिन्- 'उनीहरूबाट राम्रो कमाइ हुन्छ। नेपालीहरू पात्तिएका हुन्छन्। पैसा दिन पनि कन्जुस्याइँ गर्छन्।' खासाको सेक्स बजार वा रे डलाइट एरियाका सम्बन्धमा जानकार कल्पनाले नेपालका उच्चपदस्थ कर्मचारी, व्यापारीदेखि लिएर चिनियाँ पुलिस तथा सैनिकहरूसमेत  आफ्ना ग्राहक भएको जानकारी दिइन्। 'चिनियाँहरूसँग संसर्ग गर्न नेपालबाट ठूलो पदमा पुगेका मानिस र व्यापारीहरू आउने गरेका छन्,'  उनले भनिन्, 'हामी नेपाली केटीको स्वाद चाख्न चिनियाँ व्यापारी, पुलिस एवं सैनिकहरू बढी आउँछन्।' होटलमा बसेका चाइनिजका लागि  होटलले नै आफूहरूलाई बोलाउने गरेको उनले बताइन्। खाने, बस्ने सुविधासहित नेपालको भन्दा बढी मासिक कमाइ खासामा काम गर्ने ने पाली युवतीहरूको आकर्षण हो। मासिक तलब मात्र न्यूनतम ७ हजारदेखि १४ हजार रूपैयाँसम्म हुन्छ। सेक्स कारोबारबाट प्रतिमहिना एउटी  युवतीले ७० हजारभन्दा बढी कमाउँछे। खासामा ५ वटा डान्सवार, २ दर्जन होटल तथा २० भन्दा बढी सेक्स पार्लर छन्। 'यहाँ पेसा गरी खान  चौबीसै घण्टा खुल्ला छ,' बियरबारमा कार्यरत सरुजाले भनिन्- 'कमायो, मस्ती गर्‍यो।' चिनियाँ ग्राहकले ठूलो स्तन भएकाहरूलाई मन पराउने  गरेको समेत उनले सुनाइन्। 'स्तन ठूलो भए चिनियाँ ग्राहकले पैसा बर्साउँछन्,' उनले भनिन्- 'चिनियाँ युवतीका स्तन साना हुँदा रहेछन्।'  खासामा काम गर्ने अधिकांश नेपाली युवती आफ्नो खुसीले त्यहाँ आएको बताउँछन्। 'उताभन्दा यता राम्रो होला भनेर स्वेच्छाले आएकी हुँ,'  बियरले मात्तिएकी करिश्माले भनिन्- 'कसैले यहाँ ल्याएर बेचेको होइन।'

खासाको सेक्स बजारमा कार्यरत नेपाली युवतीमा १५ वर्षदेखि २९ वर्षसम्म्ाका छन। चिनियाँ युवतीहरू १७ वर्षदेखि ४२ वर्षसम्मका छन्।  चिनियाँ युवतीहरू कन्डम नलगाई सेक्स गर्न मान्दैनन् भने बाहिरबाट ल्याएको कन्डमसमेत प्रयोग गर्दैनन्। पैसा अलि बढी दिएपछि नेपाली  युवतीहरू भने कन्डमबिना पनि सेक्स गर्न तयार हुने गरेका छन्। सरकारले प्रत्येक दुई महिनामा खासा बजारमा रहेका युवतीहरूको रक्त  परीक्षण गराउँछ। परीक्षणमा गम्भीर रोग देखिए चिनियाँ युवतीलाई सेक्स पार्लरमा बस्न दिइदैन भने नेपालीहरूलाई आफ्नै देशतिर फर्काइन्छ।

कसरी पुग्छन् नेपाली युवती ?

त्यहाँ पुग्ने अधिकांश नेपाली युवतीले काठमाडौं लगायत ठूला सहरका होटल, डान्सबार वा मसाजमा काम गरिसकेका हुन्छन्। पेसा गर्न प्रहरी  प्रशासनको कुनै रोकावट नहुने, खाई-बसी राम्रो कमाइ हुने भन्दै स्थानीय दलालले नेपाली युवतीहरूलाई नक्कली नागरिकता र विद्यालयको  नक्कली परिचयपत्र बनाएर खासा छिराउने गरेका छन्। त्यसमा चिनियाँ प्रहरीले समेत दलाललाई सघाउने गरेको बताइन्छ। 

'म यहाँ आउनुअघि नक्कली नागरिकता र विद्यालयको कार्ड बनाएर युवतीहरूलाई खासा पुर्‍याउने गरिएको रहेछ,' अध्यागमन कार्यालय को दारी, तातोपानीका प्रमुख जगन्नाथ शर्माले भने, 'उताको सिमामा बसेका प्रहरीहरूको मिलेमतोमा राति यताबाट युवतीहरू पठाउने काम हुँदो  रहेछ।' उनी कोदारी आएको १५ महिना भएको छ।

युवतीहरूलाई खासा प्रवेश गर्न रोक्न राति उताको अध्यागमनबाट मानिस छिराउन नदिन चिनियाँ पक्षसँग अनेकौं पटक वार्ता गरेर सफलता  प्राप्त गरेको शर्माले बताए। नेपाली दलालले सरस्वती निमावि, नयाँ बानेश्वरको नामको नक्कली विद्यार्थी परिचयपत्र तातोपानीमै बनाई नेपाली  युवतीहरूलाई खासा भित्र्याउने गरेको रहस्यसमेत खुलिसकेको छ। त्यसका लागि नेपाली दलालले प्रतियुवती १० हजार रुपैयाँ लिने गरेका छन्। 

'नागरिकताका आधारमा खासा प्रवेश गर्न एक दिने पास दिनैपर्छ,' अध्यागमन प्रमुख शर्माले भने 'त्यसको दुरूपयोग गर्दै नेपाली युवतीहरू  त्यहाँ पुगेको पाइन्छ।' अध्यागमन कार्यालयले सिन्धुपाल्चोकका बासिन्दालाई नीलो र सवारी चालक/सहचालक एवं व्यापारहरूलाई रातो पास  उपलब्ध गराउँदै आएको छ। नीलो तथा रातो पास हरेक वर्ष नवीकरण गर्नुपर्छ। खासामा पुगेर एक महिना काम गरिसकेपछि चिनियाँ दलालले  कमिसन खाएर तीन महिनाका लागि अस्थायी पास बनाइदिने गरेका छन्। 

खासा पुगी यौन व्यवसाय चलाउनेहरूमा सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, धादिङ, काठमाडांै, सर्लाही, सिन्धुली, झापा, मकवानपुर आदि दुई दजर् नभन्दा बढी जिल्ल्ााका नेपाली युवती छन्। खासा बजारमा केही समय काम गरिसकेपछि चिनियाँ दलाललाई पैसा ख्वाएर नेपाली युवतीहरू  चीनको मेल्म, लाह्सा, गोन्जाउसम्म पुग्ने गरेका छन्। त्यहाँ गएर काम सुरु गरेपछि सबै कागजपत्र साहूले लिने भएकाले उनीहरू चाहेको बे ला नेपाल र्फकन सक्दैनन्। 

नेपाली युवतीलाई खासा जानबाट रोक्न तातोपानीमा माइती नेपालले १५ महिना यतादेखि शाखा खोलेर उद्धारको काम गर्दै आएको छ। ' हालसम्म ५८ जना नेपाली युवतीलाई उता जान रोक्यौं,' माइती नेपालका शाखा संयोजक सहदेव तिवारीले भने, 'त्यहाँ अलपत्र परेका ६ जना  नेपाली युवतीलाई उद्धार गरी नेपाल ल्याएकाछौं।' केही महिनाअघि शाखाले गरेको सर्वेक्ष्ाणअनुसार खासामा मात्र १ सय ५० जना नेपाली  युवती सेक्स वर्कसका रूपमा कार्यरत छन्।
मनोज बस्नेत- ईकान्तिपुर
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis