CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » पारस मादक पदार्थ पुनर्स्थापना केन्द्रमा भर्ना ???

पारस मादक पदार्थ पुनर्स्थापना केन्द्रमा भर्ना ???


parasd rai१६ चैत, काठमाडौं । पूर्व युवराज पारस शाह पुनर्स्थापना केन्द्रमा भर्ना हुनुभएको छ । थाइल्याण्डको बैंककको समितिभेज अस्पतालमा हृदयघातको उपचार गराई बिहीबार डिस्चार्ज भएका शाह शुक्रबार चियाङमाईमा रहेको चान्स पुनर्स्थापना केन्द्रमा भर्ना हुनुभएको छ ।
पूर्वराजाका सहयोगी फणीराज पाठकले बिहीबार विज्ञप्ति निकालेर पारस
पुनर्स्थापना केन्द्रमा भर्ना भएको जानकारी दिनुभएको हो । शाह ९० दिन पुनर्स्थापना केन्द्रमा बस्ने उल्लेख छ ।
पुनस्र्थापना केन्द्र लागूऔषध दुर्व्यसनीकै उपचार गर्ने ठाउँ हो वा होइन भन्ने विज्ञप्तिमा उल्लेख छैन । पूर्व युवराज पारस लागू औषध र मादक पदार्थको दुर्व्यसनीमा फसेको र त्यसैको उपचारका लागि पुनर्स्थापना केन्द्रमा भर्ना भएको स्रोतले बताएको छ ।
थाइल्याण्डको चियाङमाईमा लागू औषध र मादक पदार्थको दुर्व्यसनीमा फसेकाहरुको उपचार गर्ने अन्तर्राष्ट्रिय स्तरका पुनर्स्थापना केन्द्रहरु छन् । केही समय अघि थाईल्याण्डको प्रहरीले पारसलाई लागू औषधसहित पक्राउ गरेको थियो ।
विज्ञप्तिमा अस्पतालका मुटुसम्बन्धी डाक्टरको सल्लाहअनुसार शाहले अझ पनि धेरै सावधानी अपनाउनु पर्ने र उपचारको क्रम जारी राख्नु पर्ने उल्लेख छ । उहाँको मुटुसम्बन्धी उपचारको व्यवस्था समेत सोही केन्द्रमा हुनेछ । पारसको तत्कालै नेपाल र्फकने कार्यक्रम नरहेको तथा बैंककमा रहेका पूर्वराज परिवारका सदस्यहरु उपचारको सवै व्यवस्था मिलाइसकेपछि मात्र स्वदेश र्फकने विज्ञप्तिमा उल्लेख छ ।
- अनलाईन खबर 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis