CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » डिजेटको सट्टा पेट्रोल हालेपछि ओबामाको कार इजरायलमा बिग्रियो

डिजेटको सट्टा पेट्रोल हालेपछि ओबामाको कार इजरायलमा बिग्रियो

obama limo 2अमेरिकी राष्ट्रपति बाराक ओबामाको इजरायलको भ्रमणका क्रममा लज्जास्पद घटना भएको छ । ओबामा चढेको बख्तरबन्द लिमोजिन कार होटलबाट विमानस्थलतर्फ जाने क्रममा बाटैमा बिग्रिएको हो ।
बिशेष सुबिधा र सुरक्षायुक्त यो कार बिग्रिएपछि ओबामाले अर्को कार प्रयोग गर्नुपरेको छ । गाडी बाटैमा बिग्रिएपछि ट्रकमा राखेर मर्मतका लागि लगिएको
थियो ।
लकले डिजेलको सट्टा पेट्रोल प्रयोग गर्दा समस्या आएको बताइएको छ । स्थानीय समाचार एजेन्सीहरुका अनुसार १८ फुट लामो लिमोजिनमा साढे ६ लिटर डिजेल भएको अवस्थामा पेट्रोल हालेपछि गाडी नचलेको हो ।
ओबामा आफ्नो पहिलो इजरायल भ्रमणका क्रममा स्थानीय समय अनुसार बुधबार अपराह्न तेल अभिभ पुग्नु भएको थियो ।
अमेरिकी सेक्रेट सर्भिसले पनि ओबामाको सवारीमा समस्या आएको स्वीकार गरेको छ । उद्यपी ड्राइभरले डिजेलबाट चल्ने गाडीमा पेट्रोल प्रयोग गरेको बारे केही बताएको छैन ।
obama limo
ओबामा जुन जुन मुलुकको भ्रमणमा गएपनि यो कारलाई सँगै लगिन्छ । राष्ट्रपतिको सुरक्षा हेर्ने सिक्रेट सर्भिसले ओबामा पुग्नुअघि नै यो कारलाई सम्बन्धित मुलुकमा पु¥याइसकेको हुन्छ । सुरक्षाका लागि बिशेष हतियार जडित यो कारबाटै ओबामाले उपराष्ट्रपति र पेन्टागनमा सिधै कुरा गर्न सक्छन ।
यसअघि अघिल्लो बर्ष अफगानिस्तान भ्रमणका बेला पनि ओबामाको कारले ब्रेकर पार गर्न नसक्दा रोकिनुपरेको थियो 
obama limo 2













साभार : अन्लाईन खबर 



Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis