हो त। सन्तान मस्ती गर्न हिँडेपछि बाबुआमाले पाउँछन् सास्ती। कलेजको प्रोजेक्ट वर्क गर्ने बहानामा 'एड्भेन्चर टुरिजम'मा लागेका नयाँ नेपालका पछिल्ला पुस्ताका लागि डेटिङ सामान्य भएको छ। ढाँटेर होस् कि छलेर, ठगेर होस् की चोरेर, गर्लफ्रेन्डलाई बाइकमा राखेर दौडिन पाए संसारै जितेको सोच्ने प्रवृत्ति बढ्दो छ, नव वयस्क केटाकेटीमा। अझ, बदमासीमा केटीहरू त केटाभन्दा पनि खप्पिस छन्। बाबुआमाको आँखामा धुलो हाल्न र ग्याङ जुटाएर बेपत्ता हुने कलामा कसैले भेट्दैन उनीहरूलाई। यस पटक सजना बराल, धनबहादुर खड्का र अम्मर जीसीका आँखाले नव वयस्क पुस्ताको चियोचर्चो गरेका छन्। विवरण :
.....
काठमाडौँका सुरेश बुढाथोकीले आफ्नो छोरो रमेश कलेजले लगेको शैक्षिक भ्रमणमा गएको ठानेका थिए। रमेश हिँडेको तीन दिनपछि उनको कलेजबाट फोन आयो। 'तपाईंको छोरालाई के भयो? उनी किन कलेज नआएका?' उताबाट सोधियो। सुरेश वाल्ल परे। 'तपार्इंहरूले टुर लग्नु भा' होइन? पोखरा लगेपछि कसरी आउँछ त कलेज,' सुरेशले जवाफ फर्काए। तर, कलेजले टुर लगेको छैन भनेपछि उनी छाँगाबाट खसेझैँ भए। 'तुरुन्तै रमेशको मोबाइलमा फोन गरेर तँ काँ छस् भनेँ,' सुरेशले छोराको कर्तुत सुनाए, 'उसले 'म पोखरामा सरसँगै छु बाबा' भन्यो। त्यतिबेलै कराऊँ भने डरले घरै नआउला भन्ने पिर! त्यसैले, 'तेरी आमा सिकिस्तै भई, टुरबाट जतिसक्दो चाँडो फर्की' भनेँ।' रमेश फर्किएपछि उनलाई कडा केरकार गरियो। उनले आफूसहित छ जना साथी लमजुङको घले गाउँ डुल्न गएको बताएका थिए।
विद्यार्थीहरू बिग्रिए, उनीहरूलाई नकारात्मक प्रभाव पर्यो भन्दै राजधानीका फिल्म हल, डिस्को र क्लबमा युनिफर्मधारी विद्यार्थीलाई प्रवेश निषेध गराइएको छ। उनीहरूकै कारण हलमा बिहानको सो नै सञ्चालन गर्न नपाउने नियम पनि बनाइएको छ। तर, विद्यार्थीले 'कालो गए, गोरो आउँछ' भनेझैँ मोजमस्तीका लागि एकपछि अर्को जुक्ति फुराउने गरेका छन्। हिजोआज अभिभावकलाई सर-मिससँग र सर-मिसलाई अभिभावकसँग घुम्न जाने भन्दै विद्यार्थीहरू आ-आफैँ ग्रुप बनाएर चार-पाँच दिनका लागि सयरमा निस्किने गरेका छन्। पाँच-छ जना साथीभाइ वा पार्टनरसँग मिलेर यस्ता योजना बनाउने गरेको बसुन्धरा, काठमाडौँकी चाँदनी लामाले बताइन्। 'हाम्रा क्लासका केटाहरूले यस्तो त कति गर्छन्, कति,' उनले भनिन्, 'प्रायः एक्जामको समयमा टुर भन्दै टाप हान्छन्। एक्जाम दिन झ्याऊ लाग्यो भने फिल्ड वर्क छ भन्यो, घुम्न गयो।'
कलेजले शैक्षिक भ्रमणमा लैजाँदैछ भनेपछि अभिभावक पनि ढुक्कै हुने भए। उता, कलेजमा चाहिँ पारिवारिक कारण देखाएर विद्यार्थीले छुट्टी माग्ने गर्छन्। कतिपय कलेजले बिदाको फाराम भरेर त्यसमा अभिभावकको हस्ताक्षर भएपछि मात्रै छुट्टी दिँदा रहेछन्। तर, चोरमाथिका पनि चण्डाल विद्यार्थीले अभिभावकको हस्ताक्षर पनि आफैँले गरेर बिदाको स्वीकृत गराउने गरेको पाइयो। बुढानीलकण्ठस्थित एक कलेजका विद्यार्थी गणेश थापाका अनुसार उनका साथीभाइले यस्तो टि्रक धेरै पटक गरेका छन्। भन्दै थिए, 'हाम्रो कलेजमा लिभ-एप्लिकेसन भरेर दिएपछि एब्सेन्ट भएको दिन घरमा फोन गरिँदैन। तर, त्यसका लागि एप्लिकेसनमा अभिभावकको सिग्नेचर चाहिन्छ। त्यो चाहिँ केटाहरू आफैँले ठोक्दिन्छन्।' यति भएपछि न अभिभावकले छोराछोरी कहाँ गए भनेर चाल पाउँछन्, न त कलेजले विद्यार्थी किन अनुपस्थित छ भनेर उसको घरमा फोन नै गर्छ। सर्प पनि मर्ने, लट्ठी पनि नभाँच्चिने यो आइडिया विद्यार्थी समूहमा लोकप्रिय बनिरहेको छ।
केही समयअघिसम्म झुट बोलेर घुम्न जानेहरूमा छात्रको संख्या बढी थियो। तर, आजकल केटीहरू पनि निकै चम्बू भएको चाँदनीले बताइन्। 'मेरा एक-दुईजना साथीले त्यसरी घुम्न जाँदा मलाई उनीहरूको घर लगेर प्यारेट्न्सका अगाडि 'हो' भन्न लगाएका थिए,' उनले अनुभव सुनाइन्, 'मैले 'हो, कलेजबाटै टुर जान लागेका हौँ' भन्दिएपछि उनीहरूका प्यारेट्न्सले पठाएका थिए। केटीहरू चाहिँ ब्वाइफ्रेन्डसँग इलाम घुम्न गए।'
यस्ता भ्रमणका लागि केटाकेटीले रोज्ने ठाउँमा ककनी, दोलखा, सिन्धुपाल्चोकदेखि पोखरा, लमजुङ, बुटवल, लुम्बिनी, धरान, इलाम र दार्जिलिङसम्म हुने गरेका छन्। त्यसो त ती शहरबाट काठमाडौँलाई गन्तव्य बनाएर आउने विद्यार्थी पनि भेटिँदा रहेछन्। गौशालास्थित 'सकुरा गेस्ट हाउस'का सञ्चालक खगेन्द्र सिम्खडाले भने, 'घरमा के-के भनेर आउँछन्, त्यो त हामीलाई थाहा भएन। तर, पोखरा, धरानतिरका केटाकेटीहरू आउने गरेका छन्। दुई-चार दिन बस्छन्, जान्छन्।'
बाबुआमा र कलेज प्रशासनलाई पंगु बनाएर नौ मुलुक डुल्न हिँड्ने विद्यार्थीले पैसाको जोहो गर्नलाई पनि अनेक विधि अपनाउने गरेको पाइयो। 'मेरो मामाको छोराले प्रि-बोर्ड एक्जामको लागि फर्म भर्नुपर्यो भनेर २२ सय रुपैयाँ मागेछ,' साउथवेर्स्टन कलेजमा छोरीको फी तिर्न आएकी रेनु लामाले एउटा किस्सा सुनाइन्, 'त्यही पैसा लिएर ककनीतिर हिँडेछ। उता, घरमा चाहिँ कलेजले फोन गरेर 'फर्म भर्ने मिति सकिसक्यो, उसलाई आजै कलेज पठाइदिनोस्' भनेछन्। कलेज गएको छोरो लापता भएपछि मामामाइजु आत्तिनुभएको थियो। अर्को दिन ऊ घर आएपछि सबै कुराको पर्दाफास भयो।' तर, कलेजले नै टुर लैजान्छ भनेर हिँड्नेहरूलाई चाहिँ पैसाको समस्या खासै पर्दो रहेनछ। कलेजको नाउँ लिनासाथ अभिभावकले नै उनीहरूका हातमा रकम थमाइदिन्छन्।
बुद्धनगरको 'स्टार ग्याङ'ले 'भ्रमणमा जाने' भनेर दार्जिलिङ घुम्न भ्यायो। स्टार ग्याङ भनेको कलेजमा खाजा खाने पाँच युवा र पाँच युवतीको समूह हो। उनीहरूले घरमा ढाँटेर जाडो बिदा दार्जिलिङ भ्रमणमा लगाएका थिए। 'आइडिया रिज्जु (रिजन)ले निकालेको हो,' सबिनले भने। सबैले बाआमालाई रिझाए पनि सरिनाका बाआमाले पटक्कै मानेका थिएनन्। तीनजना केटीहरूले उनको घरै गएर सरिनाका बाआमालाई राजी गराएका थिए। त्यसपछि त उनीहरूको दार्जिलिङको सामूहिक डेटिङमा बाधा ल्याउन कसले सक्थ्यो र?
यसरी झुट बोलेर मस्ती गर्नेहरूमा प्लस टू पढ्ने विद्यार्थी धेरै हुने गरेका छन्। स्कुल लेभलका विद्यार्थी सानै हुने भएकाले यति ठूलो साहस गर्ने तागत उनीहरूमा हुँदैन। स्नातक पढ्नेहरू त आफ्नो खुट्टामा उभिनसक्ने भइसकेका हुन्छन्, बुद्धि पनि आइसकेको हुन्छ। उनीहरूलाई मोजमस्तीका नाउँमा छलछाम गर्ने आवश्यकतै हुँदैन। तर, प्लस टूका विद्यार्थीहरू टिनएजका हुने भएकाले उनीहरूको सोच अल्लारे हुन्छ। जसरी हुन्छ, मनोरञ्जन गर्ने मुडमा हुन्छन् उनीहरू। त्यसकारण, फट्याइँ नै गरेर भए पनि रमाइलो गर्न तत्पर हुन्छन्। 'साथीहरू सबै जाने भए पनि आफूलाई पनि जाऊँ-जाऊँ लाग्छ,' चन्दा मगरले भनिन्, ' फेरि, इन्ज्वए गर्ने भनेकै टिनएजमा त हो नि।'
झुट बोलेर टुर जानुको एकमात्रै कारण छ- रमाइलो। बिन्दास पाराले इन्ज्वए गर्ने पूर्वयोजनासहित केटाकेटीहरू बाटो लाग्ने गर्छन्। झन् आजकल त झ्याप हुने फेसन नै आएको छ। यसको प्रमाण गन्तव्यमा पुगेका केटाकेटीको हालतले दर्शाउँछन्। मदिराले लट्ठिएका तरुनातन्नेरीको होसहवास ठेगानमा हुँदैन। बाहिरै रात बिताउने भएपछि उनीहरू मही पिएझैँ बियर तन्काउँछन्। चुरोटको धुवाँले तुवाँलो लगाएको हुन्छ। नाचगान, घुमघाम र डेटिङको असीम आनन्दमा हराएका हुन्छन् उनीहरू।
०००
'प्रोजेक्ट वर्कमा पठाउने भएपछि गाडीको व्यवस्था गरिदिनु पर्दैन?' वीर अस्पतालको इमर्जेन्सी वार्डमा उभिएकी एक महिला फोनमा कराउँदै थिइन्। उतातिर बोल्ने मान्छे चाहिँ सम्भवतः उनको छोरी पढ्ने कलेजका कुनै कर्मचारी थिए। कुरा दुई हप्ताअघिको हो। रगतले निथ्रुक्कै भिजेकी एउटी युवती नजिकैको शैऒ्ढयामा लडिरहेकी थिइन्। वरिपरि सात जना युवायुवती र एउटी महिला थिइन्। कुरा गराइबाट थाहा हुन्थ्यो, कलेजले पठाएको प्रोजेक्ट वर्कमा जाँदा दुर्घटनामा परेकी थिइन् ती युवती।
उनले फोनमा कुरा गरेको २० मिनेटमै एकजना महिला छिरिन्। घाइते युवतीतिर हेरेर दुःखी हुँदै भनिन्, 'प्रोजेक्ट वर्क होइन, हामीले त परीक्षाका लागि तयारी बिदा दिएका थियौँ,' वरिपरिका अरू केटाकेटीतिर हेर्दै उनले सोधिन्, 'कसरी यस्तो भयोे?' रुन्चे स्वरमा एकजना युवाले बेलीविस्तार लगाए, 'हामी साथीहरू रमाइलो गर्ने भनेर नगरकोट जाँदै थियौँ, बाटोमा उसको मोटरसाइकल एक्सिडेन्ट भयो।' युवतीकी आफन्त कराइन्, 'यो त प्रोजेक्ट वर्कका लागि पोखरा जाने भनेर हिँडेकी थिई।'
०००
'प्रोजेक्ट वर्कमा पठाउने भएपछि गाडीको व्यवस्था गरिदिनु पर्दैन?' वीर अस्पतालको इमर्जेन्सी वार्डमा उभिएकी एक महिला फोनमा कराउँदै थिइन्। उतातिर बोल्ने मान्छे चाहिँ सम्भवतः उनको छोरी पढ्ने कलेजका कुनै कर्मचारी थिए। कुरा दुई हप्ताअघिको हो। रगतले निथ्रुक्कै भिजेकी एउटी युवती नजिकैको शैऒ्ढयामा लडिरहेकी थिइन्। वरिपरि सात जना युवायुवती र एउटी महिला थिइन्। कुरा गराइबाट थाहा हुन्थ्यो, कलेजले पठाएको प्रोजेक्ट वर्कमा जाँदा दुर्घटनामा परेकी थिइन् ती युवती।
उनले फोनमा कुरा गरेको २० मिनेटमै एकजना महिला छिरिन्। घाइते युवतीतिर हेरेर दुःखी हुँदै भनिन्, 'प्रोजेक्ट वर्क होइन, हामीले त परीक्षाका लागि तयारी बिदा दिएका थियौँ,' वरिपरिका अरू केटाकेटीतिर हेर्दै उनले सोधिन्, 'कसरी यस्तो भयोे?' रुन्चे स्वरमा एकजना युवाले बेलीविस्तार लगाए, 'हामी साथीहरू रमाइलो गर्ने भनेर नगरकोट जाँदै थियौँ, बाटोमा उसको मोटरसाइकल एक्सिडेन्ट भयो।' युवतीकी आफन्त कराइन्, 'यो त प्रोजेक्ट वर्कका लागि पोखरा जाने भनेर हिँडेकी थिई।'
ती बोल्न सकेनन्। कुरा बुझ्दै जाँदा थाहा भयो, तीन दिने बिदा मनाउन घरबाट ढाँटेर चार जोडी युवायुवतीले बाइकमा पोखरा जाने सल्लाह गरेका रहेछन्। रफ्तारमा हुइँकिएको बाइक थानकोट नपुग्दै एक्सिडेन्टमा पर्यो। त्यसपछि उपचारका लागि वीर अस्पताल ल्याइएको रहेछ।
बाबुआमाको लापरवाहीले नै यस्ता खाले दुर्घटना हुने गरेको शिक्षकहरू बताउँछन्। 'विद्यार्थीहरू कलेजको गेटबाट बाहिरिइसकेपछि त हामीले गर्नेसक्ने केही पनि हुँदैन,' साउथ वेस्टर्न कलेजका भाइस प्रिन्सिपल हरिसिंह केसीले भने, 'त्यसपछि त अभिभावक नै चनाखो हुनुपर्छ। छोराछोरीले टुर जाने भन्नासाथ अभिभावकले कलेज गएर बुझ्नसक्छन्। एक कल फोनमात्रै गरे पनि सत्यतथ्य थाहा भइहाल्छ।' उनले कलेज र अभिभावकबीचको दूरीले यस्ता समस्या निम्त्याउनेमा जोड दिए।
कतिपय अभिभावकले आफ्ना छोरोछोरी कोसँग, किन र कहाँ जाँदै छन् भन्ने सामान्य जानकारी नै नलिई पैसा टक्राउने गर्छन्। अझ जागिरे अभिभावक त झन् छोराछोरीको आनीबानी र संगतप्रति उदासीन नै हुने गर्छन्। कोही भने एसएलसी परीक्षा उत्तीर्ण हुनासाथ आफ्ना छोराछोरी ठूला भए, बुझ्ने भए भनी उनीहरूलाई मनपरी गर्न दिन्छन्। अभिभावकको यस्तो प्रवृत्तिले टिनएजका केटाकेटीलाई साँढेझैँ बनाएको छ।
कतिपय अभिभावकले आफ्ना छोरोछोरी कोसँग, किन र कहाँ जाँदै छन् भन्ने सामान्य जानकारी नै नलिई पैसा टक्राउने गर्छन्। अझ जागिरे अभिभावक त झन् छोराछोरीको आनीबानी र संगतप्रति उदासीन नै हुने गर्छन्। कोही भने एसएलसी परीक्षा उत्तीर्ण हुनासाथ आफ्ना छोराछोरी ठूला भए, बुझ्ने भए भनी उनीहरूलाई मनपरी गर्न दिन्छन्। अभिभावकको यस्तो प्रवृत्तिले टिनएजका केटाकेटीलाई साँढेझैँ बनाएको छ।
नेपाली अभिभावकहरू सचेत नहुनु नै प्रमुख दुर्भाग्य हो। उनीहरूले छोराछोरीलाई उमेरअनुसार व्यवहार गर्न नजान्दा अनेकथरी समस्या आइपर्छन्। अभिभावकका तर्फबाट नवराज डंगोलले भने, 'कतिपय प्यारेन्ट्सले छोराछोरीलाई कैदीजस्तो बनाएका हुन्छन्। चाहिनेभन्दा बढी कडीकडाउ गर्यो भने पनि केटाकेटीहरू फ्रस्टे्रटेड हुन्छन्। र, उन्मुक्तिको आशमा यस्तो बाटो रोज्न पुग्छन्।'
ग्लोबल कलेज अफ म्यानेजमेन्टका प्रिसिन्पल डा. खगेन्द्रप्रसाद ओझा कलेजहरूले विद्यार्थीसँग क्यास (पैसा) लिने प्रचलन हटाएमा यस्ता समस्या हट्ने
बताउँछन्। 'शुल्क बुझाउने काममा अभिभावक स्वयं कलेज आइदिए भने कुरै खत्तम हुन्छ,' उनले समाधान औँल्याए।
बताउँछन्। 'शुल्क बुझाउने काममा अभिभावक स्वयं कलेज आइदिए भने कुरै खत्तम हुन्छ,' उनले समाधान औँल्याए।
बाउआमा झुक्याएर मस्ती
‘यतै मरियो भने त ड्याड-ममहरू चित खालान् है। साथीको घरमा जान्छु भनेर निस्केकी कसरी भोटेकोशी पुगिछे भनेर सबै जना जिल खालान्!'
केही बेरपछि रिसोर्टमा पुग्दा उनीहरू ह्याङ हटाउन भन्दै फेरि ड्रिंक्समा जुटेका थिए। ‘आजै घर पुग्नुपर्ने भएकाले म त लिन्नँ। घरमा थाहा पाए भने त मार्छन्। लन्च लिएर टाप हान्नुपर्छ,' नवीनाले भनिन्, 'पहिला त सुजुको घरमा गएर कपीकिताबको ब्याग लिएर जानुपर्छ यार।'
बियरको बोतल ठाडो घाँटी लगाउँदै गरेका उनका साथीहरूलाई भने घरको कुनै डर थिएन। ‘घर जाँदासम्म छोडिहाल्छ नि। कति डराइरा,' नवीनालाई ड्रिंक्सका लागि कर गर्दै एक जनाले भने, 'त्यस्तो डरलाग्दो बन्जी हानियो नि। हल्का लिनुपर्छ।' अघिल्लो रात १ बजेसम्म डान्स पार्टीमा झुमेका उनीजस्ता ४५ जनाभन्दा बढी तन्नेरीले भोलिपल्टको ह्याङ ओभरकै बीच बन्जी र स्विङ गरे।
‘सन डान्स पार्टी'को रात रिसोर्टको एरियाभरि छ्यापछ्यापती टाँगिएका टेन्टमुनि ड्रिंक्ससँगै रोमान्स गर्दै गरेका ठिटाठिटी पनि घर फर्केपछि बुवाआमाले दिने प्रतिक्रियाको अनुमान गर्दै थिए। ‘मैले त कलेजले दुई दिने टुर लाँदैछ भनेर पाँच हजार मागेर यता टाप हानेको। थाहा पायो भने मारिहाल्छ नि बाउले,' एक जना भन्दै थिए, ' कलेजले घरमा खबर गर्यो भने त खत्तम हुन्छ।' उनी दुई जोडी अन्य साथीसँगै रिसोर्टमा आइपुगेका थिए।
नशाले चुर भएकी एक किशोरी भन्दै थिइन्, 'मेरो घरमा त थाहा पाए भने बाउको बे देखिन्छ यार। दाइले धेरै केयर गर्छ। कलेजमै पुगेर चेक गर्छ पनि। हे भगवान्, दाइ कलेजतिर नजाओस्!'
बुवाआमालाई नै ठगेर पार्टीमा सहभागी भएकी अर्की एक स्कुले हुन्, भक्तपुरकी सुमी बडुवाल। कलेजको प्रोजेक्ट वर्कको बहानामा उनी यहाँ आएकी थिइन्।
- साभार शुक्रवार
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !