बितेको वर्ष हामीले राम्रो भन्दा नराम्रो खबर बढी सुनेर बितायौं। बल्ल-बल्ल गठन भएको संविधानसभा संविधान नै नबनाई विघटन भयो। राजनीतिक अस्थिरता उत्कर्षमा पुग्यो। बेरोजगारी बढेको तथा नेपालीहरूको आम्दानी घटेको तथ्याङ्क बाहिर आयो। विदेशबाट नेपाल र्फकने भन्दा नेपालबाट विदेश जाने युवाको संख्या दोब्बर बढी देखियो। देशका लागि केही गर्नेभन्दा देश र समाजबाट कसरी हुन्छ बढीभन्दा बढी असुल्ने अवसरवादीहरूको बिगबिगी देखियो। राजनीतिभित्र राम्रा समाचार नसुनेको धेरै भएकै थियो, प्रशासन र अन्य क्षेत्रबाट दुःखद खबरमात्र बाहिर आए। यति हँुदा-हुँदै पनि नेपाली समाजलाई सकारात्मक सन्देश दिन केही व्यक्ति सक्रिय भए। उनीहरूका कारण आफू नेपाली भएकोमा गर्व लाग्ने केही घटना घटे। हामी केही गर्न सक्छौ भन्ने सन्देश प्रभावित भए, जसलाई साप्ताहिकले वर्षका रियल हिरोका रूपमो लिएको छ।
पुष्पा बस्नेत
विनोद भण्डारी
एकदशकपछि जब यसको छानबिन गर्ने जिम्मा प्रहरी निरीक्षक विनोद भण्डारीको हातमा आयो, उनले माओवादी सरकारमा रहेकै बेला उसका ज्याजतिविरुद्ध प्रमाणहरू मात्र जुटाएनन्, पत्रकारलाई जिउँदै गाड्ने अभियुक्तहरूलाई पक्राउ गरे। उनीहरूविरुद्ध मुद्दा चलाउन लाग्दा प्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायत सिंगो माओवादी दल उनका विरुद्ध खनियो, तर उनी टसका मस भएनन्। अन्त्यमा उनलाई उक्त कामबाट हटाइयो र कोसी अञ्चल प्रहरी कार्यालय सरुवा गरियो। उनले पाउन लागेको डिएसपीको बढुवा पनि रोकियो। यति हुँदाहुँदै पनि उनी आफ्नो कामबाट विचलित भएनन्।
पारस खड्का
यो वर्ष नेपाली क्रिकेटले दुई ठूला ट्रफी हात पार्यो। गत भदौमा मलेसियामा आईसीसी वर्ड क्रिकेट लिग डिभिजन फोर र असोजमा एसिसी ट्रफी एलिटको उपाधि नेपालले जितेको छ। सन्ा् २००४ देखि नेपाली राष्ट्रिय क्रिकेट टिममा प्रवेश गरेका पारसको नेतृत्वमै टिमले आईसीस वल्र्ड क्रिकेट लिग डिभिजनको तेस्रो लक्ष्य पाएको हो। सन्ा् २०१० मा पनि अमेरिकालाई हराउँदै नेपाली टिमले आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन फोरको यात्रा तय गरेको थियो। एक साताअघि सम्पन्न एसीसी ट्वान्टी-२० क्रिकेटको चौथो संस्करणमा उनले नै नेपाललाई फाइनलसम्म पुर्याएका थिए। त्यति मात्र होइन, यसै वर्ष उनले अन्तर्राष्ट्रिय क्रिकेटमा १ सय म्याच पूरा गरेका छन्। पारस तथा उनको टिमका कारण नेपाल अन्तर्राष्ट्रिय क्रिकेटको मानचित्रमा देखिन थालेको छ।
गगन थापा
युवाहरूलाई चुनौती मन पर्छ। युवाका लागि नयाँ चुनौती दिने र स्वीकार गर्ने नेताको आवश्यकता छ। राजनीति बद्नाम भैरहेका बेला नेपाली कांग्रेसका युवा नेता गगन थापाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग चुनावमा प्रतिस्पर्धा गर्ने चुनौती दिएर सबै युवाको ध्यान आफूतर्फ आकृष्ट गरेका छन्। कुनै पनि नेता आफू हार्न चाहँदैन, तर गगनले देशका सबैभन्दा शक्तिशाली नेतासँग निर्वाचन लड्ने उद्घोष गरेर निर्वाचनमा हार र जितभन्दा माथि उठेर काम गर्नुपर्छ भन्ने सन्देश दिएका छन्। राजनीतिक खिचातानीबाट वाक्क भएका आममानिसलाई गगनको यो उद्घोषले नेताहरूले व्यक्तिगत स्वार्थ छाडेर काम गर्नुपर्छ भन्ने सन्देश दिएको छ।
विनोद चौधरी
विश्वमा नेपाल गरिवहरूको देशका रूपमा अंकित छ। विश्वका विकसित मुलुकमा लाखौं नेपाली रोजगारीको खोजीमा गएका कारण पनि विदेशीहरूमाझ नेपालको यस्तो छवि बनेको हो। यद्यपि यो वर्ष नेपाली उद्यमी विनोद चौधरी विश्वका धनीहरूको सूचीमा परेका छन्। उनी विश्वका १४२६ औं धनी व्यक्ति हुन्। उनको सम्पत्ति एक अर्ब डलरभन्दा बढी रहेको विश्वप्रसिद्ध पत्रिका फोब्र्सले जनाएको छ। यो पत्रिका विश्वका धनी व्यक्तिको जीवनशैली एवं आम्दानीका विषयमा आधिकारिक जानकारी दिने प्रतिष्ठित पत्रिका हो। विनोध चौधरीको विश्वको अबर् पतिको सूचीमा प्रवेशसँगै नेपालीहरू गरिब मात्र छैनन् भन्ने सन्देश गएको छ।
भगवान कोइराला
नेपालमा अनाचार र भ्रष्टाचार मात्र छैन, असल काम गर्ने मानिसहरू पनि छन्। यसको सन्देश डा. भगवान कोइरालाले दिएका छन्। शिक्षण अस्पतालका प्रमुख भगवान कोइरालाले घाटामा गएको अस्पताललाई नाफामा मात्र पुर्याएनन्, ड्युटी छाडेर हिँड्ने चिकित्सक एवं कमर् चारीलाई कारबाहीसमेत गरे। अस्पतालमा हुने भ्रष्टाचार रोकेर त्यसबाट आएको आम्दानी चिकित्साशास्त्र अध्ययन गर्ने गरिब तथा जेहेन्दार विद्यार्थीलाई दिने व्यवस्था मिलाए। उनको यो अभियानका कारण शिक्षण अस्पतालबाट व्यक्तिगत फाइदा उठाइरहेका धेरै चिकित्सक एवं कमर् चारीले उनलाई असहयोग गरे। फलस्वरूप उनले पदबाट राजीनामा दिनुपर्यो। यद्यपि चारैतिरबाट आएको दबाबका कारण सरकारले उनको राजीनामा स्वीकार गरेन। बरु उल्टै उनका माग पूरा गर्दै अझ शक्तिशाली बनाएर अस्पताल फिर्ता पठाइदियो। उनको यो अभियानबाट उचित कदम चाल्ने हो भने कसैले हल्लाउन सक्दैन भन्ने सन्देश पनि मिलेको छ।
डा. गोविन्द केसी
शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक एवं चिकित्साशास्त्रका प्राध्यापक डा. गोविन्द केसी पहिलो व्यक्ति हुन्, जसले शिक्षण अस्पतालमा भष्ट्राचार, अनियमितता एवं राजनीतिक नियुक्तिको विरोध गरे। उनको विरोधलाई सरकारले वास्ता नगरेपछि उनी आमरण अनसनमा बसे। उनको आमरण अनसनले देश-विदेशमा चर्चा पायो। फलस्वरूप शिक्षण अस्पतालमा राजनीतिक भागबन्डाका आधारमा माथिल्लो निकायमा नियुक्ति गर्ने प्रचलन बन्द हुन पुग्यो। यही राजनीतिक नियुक्ति बन्द भएकै कारण डा. भगवान कोइरालाजस्ता निष्ठावान व्यक्ति शिक्षण अस्पतालका प्रमुख हुन पुगेका हुन्। आज शिक्षण अस्पतालमा जे-जस्तो सुधार भैरहेको छ, त्यसको श्रेय डा. गोविन्द केसीलाई जान्छ। वर्ष २० ६९ मा दुई चिकित्सक डा. भगवान तथा डा. गोविन्दका कारण एउटा ठूलो संस्थामा सुधार आएपछि असल मानिस भए नेपाल बन्न बेर लाग्दैन भन्ने कुरा सावित भएको छ।
दीपकराज गिरी तथा दीपाश्री निरौला
१० वर्षदेखि दुःखी नेपाली जनतालाई अभिनयका माध्यमबाट हाँसो र खुसी दिँदै आएका दीपकराज गिरी एवं दीपाश्री निरौलाको हास्यव्यङ्ग्य कार्यक्रम तीतो सत्यले ५ सय भाग पूरा गरेको छ। नेपाल टेलिभिजनमा एक दशकसम्म लगातार नम्बर एक कार्यक्रम उत्पादन गर्ने दीपक- दीपाको जोडीले जस्तोसुकै परिस्थितिमा पनि काम गर्न सकिन्छ भन्ने सन्देश दिएका छन्।
साभार : इकान्तिपुर / साप्ताहिक

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !