CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » चलचित्र: प्रसंग र विवाद २०६९ : महानायककी गर्लफ्रेन्ड :बधशालाको 'ब्ल्याक फ्राईडे’

चलचित्र: प्रसंग र विवाद २०६९ : महानायककी गर्लफ्रेन्ड :बधशालाको 'ब्ल्याक फ्राईडे’


बधशालाको 'ब्ल्याक फ्राईडे’

तत्कालीन शाही नेपाली सेनाको एउटा गणभित्र भएको भनिएको घटनामाथि निर्माण गरिएको निर्देशक मनोज पण्डितको चलचित्र 'बधशाला' को प्रदर्शन अगावै नेपाली सेनाले आपत्ति जनाएपछि चलचित्र जाँच समितिले त्यसलाई हेर्नै मानेन। फागुन २५ गते प्रदर्शन मिति तोकिसकिए पनि उक्त दिन प्रदर्शन गर्न नसक्दा बधशाला युनिटको आग्रहमा त्यो दिनलाई ' ब्ल्याक फ्राईडे  अर्थात् कालो शुक्रबार भनेर केही चलचित्रकर्मीले व्याख्या गरे। अन्ततः चैतको दोस्रो साता सेन्सरले चलचित्र हेरेर मात्र तीन मिनेटको दृश्य काटेर वैशाख ६ गतेलाई प्रदर्शनको अनुमति दिएको छ।  

पैतालीस दिने आन्दोलन

निर्देशक विमल पौडेलको अगुवाइमा भएको सरकारी नीतिविरुद्धको ४५ दिने आन्दोलन तथा रिले अनशन निकै चर्चामा रह्यो, तर सरकारले रिक्त रहेको चलचित्र विकास बोर्डको अध्यक्ष पदमा धर्मेन्द्र मरवैता 'पप्पु'लाई नियुक्त गरेपछि आन्दोलन 'हात्ती आयो आयो, फुस्सा' भयो। 

महानायककी गर्लफ्रेन्ड 

महानायक राजेश हमालले गर्लप|mेण्ड छिन् भनेर बताए पनि सार्वजनिक नभएकी मधु भट्टराईको अन्तवार्ता साप्ताहिकमा प्रकाशित भएपछि उनको निकै चर्चा भयो। हमाललाई प्रेम गर्न नआउने र आफूले सिकाइरहेको बताएकी भट्टराई केही वर्षअघि मोडलिङको संसारमा झुल्किएकी थिइन्। 

चपली काण्ड

चपली हाइटबाट चर्चामा आएका नायक तथा नायिका विनिता घिमिरे र राज घिमिरेबीचको झगडाले वर्षको पूर्वार्द्धमा चर्चा पायो। विनिताले भाइ मानेको मोडल दिक्पाल कार्कीले राजसहित अन्य केही कलाकारलाई सामाजिक सञ्जाल तथा मोबाइल एसएमएसबाट गालीगलौज गरेको भनेर उजुरी परेपछि प्रहरीले दिक्पाललाई प्रहरी चौकीमा बयानका लागि बोलाउँदा विनिता पनि पुगेपछि राज र विनिताबीच नै विवाद भयो। पछि प्रहरी तथा अन्य व्यक्तिहरूको पहलमा विवाद साम्य पारियो। 

भुवन प्लस जिया

सेक्सी नायिका भनेर चिनिएकी जिया केसी सदाबहार नायक भुवन केसीसँग निकट भएको कुरा चर्चामा आइरह्यो। युवतीका मामिलामा उदार स्वभावका केसी कुनै युवतीसँग नजिकिनुलाई सामान्य मानिए पनि उमेरमा भुवनभन्दा धेरै नै कान्छी जियाले 'उहाँले मान्नुभयो भने विवाह गर्छु' भन्ने अभिव्यक्ति दिएपछि उनीहरूको चर्चा चुलियो। विभिन्न कार्यक्रम तथा स्थानहरूमा उनीहरूलाई एक साथ देख्नेहरूले पनि उनीहरूको सम्बन्धमा विश्वास व्यक्त गरे। 

रेखा माइनस छवि

नायिका रेखा थापाले आफूभन्दा झन्डै दोब्बर उमेरका छविराज ओझासँगको १२ वर्षे दाम्पत्य जीवन अन्त्य गरिन्। छविको घर छाडेर उनी चाबहिलको एक अपार्टमेन्टमा बस्न थालिन्। थापा र ओझाबीचको व्यावसायिक सम्बन्ध भने कायमै छ। रेखाले छविको लगानीमा बन्ने चलचित्रमा अभिनय पनि गरिरहेकी छिन्। चलचित्रबाहेक रेखा मलेसियाको निर्धारित कार्यक्रममा नजाँदा, विकास बोर्डको अध्यक्ष पदका लागि नेताहरूसँग भेट्दा, अमेरिका भ्रमणबाट फर्किएपछिका अभिव्यक्ति आदिका कारण पनि खबरमा छाइरहिन्।   

पि्रयंकाको विच्छेद

नायिका पि्रयंका कार्कीले चलचित्र र लोग्नेमध्ये एउटा रोज्नु पर्दा चलचित्र नै रोज्ने बताएको केही महिनापछि अमेरिकामा रहेका श्रीमान् रोचक मैनालीलाई छाडेको बताइन्। नेपालमा चलचित्रबाट अफर पाउन थालेयता पि्रंयका र रोचकबीच भैरहेको खटपटले अन्तत सम्बन्ध बिच्छेदको रूप लियो। पि्रयंकाले अमेरिकामा अध्ययनका क्रममा बस्दा रोचकसँग बसेको प्रेमलाई तीन वर्षअघि विवाहको रूप दिएकी थिइन्।  

सेन्सरको कडाइ

नेपाल सरकारको सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गतको चलचित्र सेन्सर समिति कडा रूपमा प्रस्तुत भयो। यौनजन्य दृश्य राखेको भनेर रोकिएको 'एटीएम'लाई 'एडल्ट' सर्टिफिकेट दिएर पास गरे पनि निर्माताले पहिलो दिनको पहिलो सोमै केही हलमा सेन्सरले हटाउनु भनेका दृश्य जोडेर देखाएपछि सेन्सरले अर्को सूचना जारी नभएसम्मका लागि 'एटीएम' कै प्रदर्शनमा बन्देज लगायो। त्यस्तै वर्षको अन्त्यमा आएर 'बर्बाद' र 'नतिजा'माथि प्रतिबन्ध लगाइएको छ। 

वर्षका कलिउडे मुहारहरू

मिडिया, प्रसंग तथा चलचित्रका कारण कलाकारहरू वर्षभरि नै चर्चामा रहनु स्वभाविक हो। यो वर्ष केही कलाकारका चलचित्रले कलेक्सन पनि राम्रो गरे, तर कलाकारको प्रसिद्धिले भन्दा पनि गीत तथा प्रस्तुतिका कारण थोरै मात्र चलचित्रले निर्माता जोगाउने व्यवसाय गरे। त्यही आधारमा वर्षका चर्चित मुहार यसरी अगाडि देखा परे।  

पाँच नायक

जीवन लुइँटेल -चलचित्र ः मालतीको भट्टी र रिदम)

राजबल्लभ कोइराला -चलचित्र ः अपवाद र किन लाग्छ माया)

संयम पुरी -चलचित्र ः सायद)

सविन श्रेष्ठ -चलचित्र ः रावण)

सौगात मल्ल -चलचित्र ः छड्के)

पाँच नायिका

रेखा थापा -चलचित्र ः रावण, मालतीको भट्टी र लंका)

निशा अधिकारी -चलचित्र ः अपवाद र मायाज बार)

सुष्मा कार्की -चलचित्र ः बिन्दास)

निश्मा घिमिरे -चलचित्र ः रिदम)

गरिमा पन्त -चलचित्र ः किन लाग्छ माया)
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis