दामलाई सर्वोपरी ठान्ने र दाम पाएपछि कलाकारिताको नाममा जे गर्न पनि तयार हुने एउटी युवती हुन् पुजाना प्रधान तर अहिले पुजाना स्त्री। दार्जिलिङकी पुजनाको
काठमाडौं प्रवेशपछि बोलीचाली, लवाइखवाई मात्र होइन कि नाम पनि फेरियो। तर, सोच भने फेरिएन। त्यही सोचकै कारण एउटै चलचित्र ‘हिरो’बाट चलचित्रमा प्रवेश गरेकी पुजना र रेखामध्ये आज पुजना हजारका लागि मरिमेटिरहेकी छिन् तर रेखा लाखौँमा खेल्छिन्। यस्तो चर्चा र दामका लागि सिनेमामा जस्तो दृश्य पनि दिने पुजना यतिबेला भने दर्शकहरूबाट टाढिएकी मात्र छैनन् कि अहिले उनको पोस्टरमा नै दर्शकहरूले थुक्न थालेका छन्। कुरा चलचित्र ‘रक्षा’को हो। काठमाडौंको बालाजुमा रहेको अष्टनारायण हलमा ‘रक्षा’ हेर्न आएका अधिकांश दर्शकले फिल्म हेरेर फर्किएपछि पोस्टरमा नग्न रूप देखिएकी पुजनालाई थुकेका दृश्य निकै हेर्न लायकको थियो। ‘अब त यस्तीको कुनै पनि फिल्म हेर्नुहुन्न। यस्तो फिल्म बनाउने निर्माता पवन बस्नेत र निर्देशक राजु गिरीलाई पनि धिक्कार छ।’ त्यही हलमा लागेको अर्को चलचित्र ‘रिदम’लाई दर्शकहरूले स्वीकार गरेको र रक्षालाई बहिष्कार गरेको दृश्य हेर्न लायकको थियो। यस्ता केही ‘सी गे्रड’का चलचित्रका कारण पनि स्वच्छ नेपाली चलचित्रलाई पनि असर पर्ने गरेको कुरा यतिबेला बहसको विषय बनेको छ। चलचित्र रक्षामा पट्यारलाग्दा करिब पाँच मिनेटको बेडसिन दिँदा पुजनाको अनुहारमा कुनै सङ्कोच र ग्लानि झल्केको छैन। बरु उत्साहित भएर त्यस्ता दृश्य दिएकी छिन्। नयाँ कलाकारले पनि नखेलेको यो रोल पैसाका लागि पुजनाले खेलेको कुरा भने पक्का भएको छ|
-- वीक्ली नेपाल

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !