CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » भगवानका विरुद्ध फेरि खुर्सानी धूप!

भगवानका विरुद्ध फेरि खुर्सानी धूप!

bhagwan koiralaकाठमाडौं। बाध्यताले कार्यकारी निर्देशकमा डाक्टर भगवान कोइराललाई स्वीकार गर्नुपर्ने अवस्था आएपछि त्रिवि शिक्षण अस्पतालका डाक्टरहरू डाक्टर गोविन्द केसीलाई अगाडि सारेर पुनः विरोधमा आउन थालेको समाचार छ। त्रिवि कार्यकारी परिषदले कोइरालाको राजीनामा अस्वीकार गरेपछि उनी काममा फर्किएका थिए। साथै अर्थमन्त्री शंकर कोइराला
स्वयम्ले राजीनामा फिर्ता लिई काममा जान र बजेट अर्थ मन्त्रालयले दिने आश्वासन पाएपछि त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा फर्किएका कोइरालाविरुद्ध अस्पतालका डाक्टर र कर्मचारीहरू केसीलाई पर्दामा देखाएर विरोधमा आएका हुन्। केसीले एक दैनिकमा लेख लेखेर कोइरालाको आगमन र सुधारको कार्यविरुद्ध विरोध जनाएका छन्। त्यसैगरी केही दैनिकमा पाठकपत्रका नाममा पनि कोइरालाको विरुद्धमा लेख्न सुरु भएको छ। त्यसैगरी कोइरालासँगै चिकित्साशास्त्र अध्ययन संस्थानका पदाधिकारीविरुद्ध पनि प्रहार हुन थालेको छ। केसीले डाक्टर, नर्स र कर्मचारीले नियमित रुपमा गरेको कार्यलाई सुधारको नाममा मिडियाबाजी गर्नु राम्रो नहुने लेखमा उल्लेख गरेका छन्। केसीलाई अस्पतालकै डाक्टरहरू अर्जुन लामिछाने, दीपक महरा, करवीरनाथ योगीहरू लागेको आरोप लागेको छ। त्यसैगरी बाहिर काम गर्ने अधिकांश डाक्टर पनि कोइरालाको विपक्षमा उभिएका छन्। मूलगेटसँगै रहेको नगद काउन्टरमा दैनिक दुई लाख रुपैयाँ जम्मा हुने भएपनि कोइरालाको राजीनामासँगै दैनिक ७० हजार हाराहारीमा झरेको कर्मचारीको भनाई छ। कोइराला कार्यकारी निर्देशकमा आएपछि काउन्टरमा नगद कारोबार ह्वात्तै बढेको थियो। अस्पतालमा अन्य काउन्टर पनि छन्। तर मूल काउन्टरमा दैनिक करिब २ लाख रुपैयाँ जम्मा हुने गरेको कर्मचारीको भनाई छ। विरामी चेकअप गरेपछि आफूले काम गर्ने अस्पताल, क्लिनिक र ल्यावमा विरामीलाई ल्याउन भन्ने गरेका थिए। अस्पतालमा कार्यरत डाक्टरले तुरुन्त गर्नुपर्ने रक्त परीक्षण, अल्ट्रासाउन्डलगायतका सामान्य परीक्षण पनि आफूले काम गर्ने क्लिनिकमा बोलाउने गरेका थिए। पूर्वकार्यकारी निर्देशक केपी सिंहको नेतृत्वमा सुरु भएको भगवानविरुद्ध रणनीतिमा अर्थोपेडिक विभागका डाक्टरहरू बढी सक्रिय रहेको बताइएको छ। अर्थोपेडिक विभागका डाक्टरहरू दीपक महरा, अर्जुन लामिछानेका अलवा डाक्टर सरोज ओझा, डाक्टर प्रतापकुमार, डाक्टर प्रदीप ज्ञवालीहरू बढी सक्रिय रहेको कुरा कर्मचारी सूत्र बताउछ। ज्ञवाली नेकपा एमालेनिकट भनेर चिनिए पनि अस्पतालमा कांग्रेससँग मिलेर काम गर्ने गरेको आरोप एमालेनिकट कर्मचारीहरूले नै लगाउने गरेका छन्। समाचार अनुसार, विरोधमा उभिएका ज्ञवालीसहितको एउटा टोली भने कोइराला पुनःआउने भनेपछि विरोधमा नभएको स्पष्टीकरण दिन भेटघाट गरेको पनि थाहा भएको छ। यसै टीममा डाक्टर करबीरनाथ योगीको पनि नाम जोडिएको थियो। केपी सिंह, आफ्नो पालामा भएका आर्थिक अनियमितता पर्दाफास हुने डरले त्रस्त थिए भने डाक्टर महरा र लामिछाने विरामी प्राइभेट अस्पतालमा रिफर गर्न नपाएको रिसमा क्रुद्ध रहेको बताइन्छ। योगी डाक्टर केसीको आडमा कार्यकारी निर्देशक बन्ने धुनमा थिए, तर डीन कार्यालयको दवावमा त्रिवि कार्यकारी परिषदले डाक्टर कोइरालालाई नियुक्त गरेको थियो। त्यसैगरी अस्पतालकै मेट्रोन धर्मलक्ष्मी श्रेष्ठ पनि कोइरालाको विपक्षीमा थिइन। श्रेष्ठलाई साथ दिनेमा पूर्वमेट्रोन जमुना सायमी पनि जोडिएकी थिइन। यता, डाक्टर कोइरालाको विपक्षमा पहिलादेखि नै उभिदै आएका थिए चिकित्साशास्त्र अध्ययन संस्थानका पूर्वडीन प्राडा अरुण सायमी। कोइरालालाई राजीनामा गराउन बाध्य पार्ने यो टीमको नेतृत्वलाई अस्पतालको कर्मचारी प्रशासनको पूर्ण समर्थन थियो। कार्यकारी निर्देशक कोइरालालाई कर्मचारीले धेरै सूचना अपुरा तथा गलत दिने र कतिपय सूचना त ब्ल्याकआउट समेत गर्ने गरेको अस्पताल स्रोतको भनाई छ। तर, प्रशासन प्रमुख चन्द्रकुमार राई भने कोइरालाको पक्षमा दृढ रुपमा रहेको बताइन्छ। उनी अस्पतालले प्रदान गर्ने सेवामा गुणस्तर कायम गर्दै शिक्षण अस्पतालको भद्रगोल ब्यवस्थापनमा सामान्य सुधार मात्र होइन आमूल र अग्रगामी फड्को मार्ने अभियानको थालनी गर्नुपर्छ भन्दै कोइरालाको पक्षमा उभिएको बताइएको छ। -विक्ली नेपाल 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis