CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » क्यासिनोबाट उठाइनेक्रम जारी

क्यासिनोबाट उठाइनेक्रम जारी


क्यासिनोबाट उठाइनेक्रम जारी
काठमाडौं। नेपालीलाई क्यासिनो प्रवेशमा रोक लगाएकोजस्तो गरे पनि प्रहरीले क्यासिनोबाट शुभलाभ लिने क्रममा रोकावट आएको छैन। विगतमा प्रहरी नेतृत्व फेरिने बित्तिकै क्यासिनोमा कडाइँ गर्ने कार्यलाई अभियानकै रुपमा लिइन्थ्यो। प्रहरीका वर्तमान महानिरीक्षक कुवेरसिंह रानाको नाममा पनि क्यासिनोबाट ठूलो परिमाणमा रकम उठाउने कार्य भैरहेको स्रोतले जानकारी दिएको छ।
त्यसरी उठाइएको रकम कहाँ पुर्‍याइएको छ, कसले लुँड्याइरहेको छ? भनी प्रहरी वृत्तमै

चर्चा चल्ने गरेको छ। क्यासिनो विशेष स्रोतका अनुसार राना महानिरीक्षकमा बहाली भएपछि प्रहरीले क्यासिनोमा नेपालीको प्रवेशलाई झन् कडाइ गर्दै आएको थियो। ‘तर, पछिल्लो समय सेटिङ मिलेको छ, मासिक पाँच लाख एउटा क्यासिनोले बुझाउने शर्तमा केही खुकुलो पारिएको छ’, क्यासिनो स्रोतले बतायो। उक्त स्रोतका अनुसार बौद्धस्थित ह्यात होटलमा रहेको स्टार क्यासिनोका कार्यकारी निर्देशक प्रसन्न श्रेष्ठले रानालाई बुझाउने भन्दै सबै क्यासिनोबाट उठाउने गरेको स्रोतको दावी छ। त्यो रकम सन्त भनिने महानिरीक्षक रानाले नै बुझ्छन् या उनको नामबाट अरु कसैले बुझ्दै आएका छन्? चासोको विषय बनेको छ। ‘त्यतिकै आईजीपीकै नामबाट रकम नउठाइनु पर्ने हो,’ स्रोतले भन्यो, ‘पक्कै पनि कुनै किसिमको हरियो बत्ती बलेकै हुनैपर्छ।’ ‘एउटा क्यासिनोले पाँच लाख मासिक महानिरीक्षकका लागि मात्रै बुझाउने हो,’ स्रोतले भन्यो, ‘स्थानीय प्रहरी यूनिट, जिल्ला र आयुक्तका इन्चार्जलाई छुट्टाछुट्टै भागवण्डा छुट्टाउनु पर्छ।’ प्रहरीबाट लाइन मिलेकैले क्यासिनोमा पछिल्लो समय नेपाली जुवाडेको पनि हल्का प्रवेश बढ्न थालेको हो। कडाइँमा सामान्य खुकुलो गरिदिने र बारम्बार छापा पनि हान्न नआउने गरी मौखिक सहमति भएको स्रोतले खुलासा गरेको छ।
हाल बौद्धस्थित स्टार, दरबारमार्गमा रोयल र अन्ना, लैनचौरमा भेनस, लाजिम्पाटमा र्‍याड र सांग्रिला, नयाँ बानेश्वरमा एभरेष्ट र सोल्टीमोडमा नेपाल क्यासिनो सञ्चालनमा छन्। त्यसैगरी पोखरामा पनि दुई क्यासिनो सञ्चालनमा रहे पनि काठमाडौंका क्यासिनोका बराबर आम्दानी नहुने भएकाले ती क्यासिनोबाट भने केही कम रकम संकलन गर्ने गरिएको छ। क्यासिनोमा नेपाली जुवाडेको प्रवेशमा केही खुकुलो तुल्याइएको हो भन्ने जिज्ञासा प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी रणबहादुर चन्दसँग राख्दा उनले कसैले हल्ला चलाएको हुन सक्ने बताएका छन्। उता, प्रसन्न श्रेष्ठसँग पनि सम्पर्क गर्दा उनले त्यसरी रकम उठाउने कार्य नगरेको दावी गरे। जागिरे जीवनको अहिलेसम्मको अवधिभर कहिँ कतै आर्थिक दाग नलागेका महानिरीक्षक रानाले आफ्नो नाममा रकम संकलन गरिएको चर्चालाई कसरी लेलान्? भनी प्रहरीवृत्तमा चासो छाएको छ।
-नया विमर्श चैत्र २३ 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis