CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » पारस हिरो

पारस हिरो


एसीसी ट्वान्टी-२० क्रिकेटको चौथो संस्करण नेपाली टिमका कप्तान पारस खड्काका लागि कोसेढुंगा सावित भएको छ। अलराउन्डर प्रदशर् नको परिचय बनाएका पारसले प्रतियोगितामा माल्दिभ्ससँग खेलेपछि क्रिकेट करियरमा १ सय म्याच मात्र पूरा गरेका छैनन्, उनलाई अन्तरार् ष्ट्रिय क्रिकेटमा १ सय विकेटको शतकीय सफलता पनि हात लागेको छ। सन् २००४ मा मलेसियाविरुद्ध कीर्तिपुर मैदानमा राष्ट्रिय टिमबाट  डेव्यु गरेका पारसले झन्डै ९ वर्षको अन्तरालमा म्याच संख्या र विकेटमा शतकीय उपलब्धि हात पारेका छन्। सय म्याचको कीर्तिमान  बनाएपछि उनले भने- क्रिकेट करियर सुरु गर्दा यहाँसम्म आउँछु भनेर सोचेको थिइनँ, व्यक्तिगत रूपमा ठूलो उपलब्धि मानेको छु। 

क्रिकेटमा पारसको उपस्थितिको वर्णन गर्न धक मान्नुपर्दैन, इतिहास साक्षी छ। ट्वान्टी-२० कै कुरा गरौं, सन् २००७ बाट सुरु गरेको ट ्वान्टी-२० को अन्तर्राष्ट्रिय यात्रामा पारसले सबै २८ खेल खेलेका छन्, त्यसमा काठमाडौंमा केही दिनअघि सम्पन्न प्रतियोगिताका खेल जोड्न  बाँकी छ। पारसले सन् २००९ मा युएईमा सम्पन्न एसीसी ट्वान्टी-२० देखि नेपाली टिम सम्हालिरहेका छन्। इतिहासले देखाउँछ, उनको  कप्तानीमा नेपालले ५४ खेल खेलिसकेको छ, त्यसमा ३७ जित जोडिएको छ। एकदिवसीयमा ३० मध्ये २४ खेल जित्दा नेपाल पारसकै नेतृत्व  थियो। हारको चर्चा बिर्सन लायक भए पनि एक खेल टाइ भएको थियो, जसमा पाँच महिनाअघि नेपाल युएईसँग खेल्दै एसिसी ट्रफी इलिटमा  संयुक्त विजेता बन्यो। उक्त उपाधि नेपाली क्रिकेटले जितेको सबैभन्दा ठूलो प्रतियोगिता हो। 

राष्ट्रिय टिमको जर्सीमा उनले एकदिवसीय ६०, तीन दिवसीय ११ तथा ट्वान्टी-२० का २८ वटा खेल खेलेका छन्, त्यसमा चौथो संस्करणको  एसीसी ट्वान्टी-२० त जोड्न बाँकी नै छ। विकेटको चर्चा गर्दा उनले वान डेमा ६३, तीन दिवसीयमा १३ तथा ट्वान्टी-२० मा २३ विकेट  लिएका छन्। त्यस्तै, एसीसी ट्रफीमा कुवेतविरुद्ध बनाएको अविजित १ सय ६ रन पारसको अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो शतक हो।

पारसले जस्तै यसअघि १ सय म्याचको उपलव्धि शक्ति गौचन र विनोद दासको नाममा पनि छ, फरक के मात्र छ भने पारसको पालामा ने पाली क्रिकेटले अर्को एउटा विश्वकपको ढोका खोलेको छ। विश्व क्रिकेट लिग डिभिजन-४ मा जित हात पार्दै नेपाल डिभिजन तीनमा  उक्लिएको छ, जहाँ पारस टिमका सारथि 

नै हुन्। 

यति धेरै उपलब्धि र पृष्ठभूमि हुँदा पनि पारसले सन्तोष भने मान्न सकेका छैनन्। उनी भन्छन्- अब पनि जति खेल्छु, राष्ट्रिय टिमका लागि  अझै राम्रो गर्ने प्रयास गर्नेछु। नेपालले अर्को वर्ष बर्मुडामा डिभिजन तीन खेलेर विश्वकपको यात्राका लागि कठिन बाटो तय गर्ने अपेक्षा गर्दा  पनि पारस टिमका कप्तान नै रहनेछन्। अलराउन्डर पारसको र्फम नेपाली टिमको प्रदर्शनको आधार बन्न सक्छ, जसका लागि उनको अहिलेकै  लय आवश्यक छ। पछिल्लो पटक मलेसियाविरुद्ध ८७ रन बनाएका पारसको व्याटिङ लय उत्कृष्ट छ।

-अनिल बोगटी साप्ताहिक
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis