CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » टेलियासोनेरा Ncell ले नेपालीलाई मूर्ख सम्झेको हो ?

टेलियासोनेरा Ncell ले नेपालीलाई मूर्ख सम्झेको हो ?

ncell_nst_kantipur

निश्कासित हेलो नेपालका कर्मचारीहरुको आन्दोलनले उग्र रुप लिन थालेपछि एनसेल प्रशासनले यही चैत १७ गते प्रेस विज्ञप्ती जारी गरी हेलो नेपालसँग आफ्नो सम्वन्ध नरहेकोले भौतिक आक्रमणमा नउत्रिन आग्रह गरेको छ। आन्दोलनरत कर्मचारीहरु भने यो समस्यालाई सम्वोधन गर्नु पर्ने भन्दै हेलो नेपाल र एनसेलको कार्यलय अगाडी निरन्तर धर्ना तथा जुलुस गरिरहेका छन्।

टेलियासोनेराको नेपाल स्याटलाइट टेलिकम(हेलो नेपाल)मा लगानी

एनसेलले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ “हालको अवस्थामा टेलियासोनेराले नेपाल स्याटलाइटसँग व्यवसायिक अवसरको मुल्यांकन गर्न यसका शेयर होल्डरहरुसँग वार्ता गरिरहेको छ। उक्त मूल्यांकनको आधारमा टेलियासोनेराले भविष्यमा नेपाल स्याटलाइटमा पूँजी लगानी गर्नसक्छ”।
नेपालीहरुलाई सरासर मुर्ख र बेवकुफ सम्झेर यस्ता कुरा एनसेलले जारी गरिरहेको छ।
जबकि टेलियासोनराका अधिकारीहरु नेपाल आएर नेपाल स्याटलाइट टेलिकममा लगानी गरिसकेको भनेर पत्रकार सम्मेलन नै गरिसकेका छन्। लगानी गरिसकेको अवस्थामा भविष्यमा पूँजी लगानी गर्नसक्छ भन्नु कहाँ सम्मको पत्यार लाग्दो कुरा हो? आखिर किन गरिँदैछ झुटको खेती ?
टेलियासोनेराले नेपाल स्याटलाइट टेलिकममा लगानी गरीसकेको प्रसस्त प्रमाणहरु छन्।
गत २०६९ भाद्र ११ गते टेलियासोनेराका अध्यक्ष लार्सनाइवर्ग र कम्पनीका युरेसीयाका अध्यक्ष टेरो किभिसारीले काठमाण्डौमा पत्रकार सम्मेलन गरी टेलियासोनेराले नेपाल स्याटलाईट टेलिकममा लगानी गरीसकेको र नेपाल स्याटलाईट टेलिकमलाई गाउँमुखी सेवा दिने वनाउन खोजीएको जनाएका थिए। भोलिपल्टका सवै मिडियाहरुले प्राथामीकताका साथ छापेका थिए। तर जव निष्कासीत कर्मचारीहरुको दवाव आउन थाल्यो चैत १७ गते फेरी एनसेल र टेलियासोनेराको सँयुक्त विज्ञप्ती भनि टेलियासोनेराको नेपाल स्याटलाईट टेलिकममा कुनै लगानी नभएको जनाएको छ। उक्त समाचार चैत १८ गतेको प्राय सवै मुलधारे पत्रिकाहरुमा छापिएका छन्।
हेर्नुहोस् कान्तिपुर दैनिकको अनलाइनमा छापिएका दुई समाचारहरु,
ncell_nst_kantipur
पत्रकार सम्मेलनको फोटो हेर्नुहोस यो लिङ्कमा
टेलियासोनेराद्वारा जारी हुने वार्षिक प्रतिवेदनमा TeliaSonera Annual Report 2011 को पेज नम्वर ५४ मा प्रष्ट उल्लेख गरीएको छ की नेपाल स्याटलाईट टेलिकममा अप्रत्यक्ष लगानि रहेको एयरवेल सर्भिस लिमिटेड वाट ५०% सेयर टेलियासोनेरा द्दारा खरीद गरीएको छ। त्यस्तै टेलियासोनेराको युरेसीया को प्रतिवेदनको पेज नँ २६ मा नेपालमा टेलियासोनेराको लगानीको परिवर्तनहरु वारेमा एनसेलमा र नेपाल स्याटलाईट टेलिकममा गरेको लगानीको वारेमा प्रष्ट पारेको छ। जहाँ प्रष्ट लेखिएको छ, सन् २०११ को जुनमा र २०१२ को मे मा गरेर नेपाल स्याटलाईट टेलिकममा ७५% सेयर रहेको एयरवेल सर्भिस को १००% सेयर टेलियासोनेराले खरीद गरेको छ। टेलियासोनेराले जव मे २०१२ मा एयरवेलको १००% सेयर खरिद गर्यो त्यस पछी सन् २०१२ को जुनमा नेपाल स्याटलाइट टेलिकमका सँपुर्ण कर्मचारीहरुलाई वलजफती निष्कासन गर्न सुरु गर्यो, जुन आजका मिति सम्म पनि निरन्तर छ। तसर्थ यो समस्यालाई अव टेलियासोनेरा (एनसेल/नेपाल स्याटलाईट टेलिकम) ले नै सम्वोधन गर्नु पर्छ।
हेर्नुहोस् टेलियासोनेराद्वारा जारी गरिएका रिपोर्टहरु
Annual report_2011
Euresia_Report
टेलियासोनेराले चलाइरहेको एनसेलले आँफु र हेलो नेपाल नितान्त फरक भएको जनाएता पनि भित्र भित्र भने एकै तरीकाले चलाइरहेको छ। एनसेलले नेपाल विद्धुत प्राधिकरणलाई थ्री फेज विद्दुत (ट्रान्सफर्मर) जडानका लागी सिफारीस गरी दिन दिइएको निवेदनमा प्रष्ट लेखिएको छ कि एनसेल प्रा.लि (हेलो मोवाइल) ले …………………… नाममा रहेको …………………जिल्ला …………..गा.वि.स ………..वडा नं. कित्ता नं ………………….. मा टावर निर्माण तथा सँचालन गर्नको लागेको हुनाले। यसरी कानुनी सम्झौता गर्नु पर्ने ठाँउमा चाहीँ एउटै देखाउनु तर जव समस्या आउछ त्यसमा चाहीँ छुट्टै हो भन्नु सरासर नेपालीहरु लाई मुर्ख वनाउन खोज्नु वाहेक केही होइन।
हेर्नुहोस् एनसेलले तयार पारेको कानुनी सम्झौताको कागज जहाँ प्रष्ट लेखेको छ एनसेल (हेलो मोवाइल)
ncell legal contract paper
आन्दोलन र एनसेल
टेलियासोनेराको लगानी एनसेलमा छ भन्ने कुरा को कुनै प्रमाण दिइरहनु पर्छ जस्तो लाग्दैन, हेलो नेपालमा टेलियासोनेराको लगानीको प्रमाण माथी उल्लेख गरीसकियो। हेलो नेपाल र एनसेल टेलियासोनेरा सँग प्रत्यक्ष जोडीएका छन्। अव आउछ कुरा हेलो नेपालको समस्या एनसेलले किन सुन्ने ? यो आन्दोलन वास्तवमा एनसेल विरुद्दको आन्दोलन होइन तर टेलियासोनेरा विरुद्दको चाहीँ पक्कै हो। हेलो नेपालको कर्मचारी निकालेको टेलियासोनेराले नै हो किनकि उसको हेलो नेपालमा लगानी सन् २०११ देखी नै रहेको प्रष्ट नै छ। हेलो नेपालका कर्मचारीहरु कम्पनी वाट निस्कनु पर्दाको पीडा भन्दा निकालीएको प्रकृयाले गर्दा वढी रुष्ट भएका हुन्। त्यत्रो वहुराष्ट्रिय कम्पनीले धम्की दिएर विना सुचना र विना प्रकृया अचानक निकाल्नु गलत हो। कर्मचारीहरु लाई वलजफती निकालिएको हो भन्ने कुरा कर्मचारीहरुलाई हस्ताक्षर गराइएको अपुर्ण राजिनामा पत्र वाट नै प्रष्ट हुन्छ। कोहि कसैले पनि मिति तथा पद लाई खाली छोडेर स्वेक्षीक राजिनामा गर्दैन। फेरी प्रश्न आउछ हेलो नेपालको समस्याले एनसेललाई किन अवरोध ? यो आन्दोलन हो कुनै प्राईभेट प्रोजेक्ट होइन। शान्तिपुर्ण तरीकाले राखीएको मागलाई वेवास्ता गरे पछि आन्दोलनका स्वरुप फेरीएको हो। आन्दोलन जहाँ पनि जहिले पनि यस्तै हुन्छ।
जसका विरुद्द आन्दोलन गरीएको हुन्छ त्यो सँग जोडीएका सवै वस्तु तथा प्रकृयाहरु प्रभावित हुन्छन् नै। हिजो धर्ना वस्न लागेकालाई प्रहरी लगाएर धरपकड गर्न खोज्दा एनसेल तोडफोड हुन पुग्यो। तसर्थ यो टेलियासोनेराले गरेको अन्यायको विरुद्दको आन्दोलन हो जसले गर्दा टेलियासोनेरा सँग जोडिएका सवै नेटवर्कहरु आन्दोलनको लक्ष हुन्छ। जव एउटा परिवारको घर मुलीले वजार वाट सडेको/कुहिएको तरकारी लेराएर खुवाउछ त्यसको असर उसका घरका सवै सदश्यहरुलाई पर्छ। टेलियासोनेराले विवादित कम्पनी नेपाल स्याटलाईट किन्नु भन्दा पहिले नै प्रष्ट हुन सक्नु पर्थ्यो। होइन भने कम्पनी सँगै आएका समस्यालाई नि समाधान गर्न सक्नु पर्छ। तसर्थ हेलो नेपालको आन्दोलनको प्रकरणले एनसेलाई असर पर्न जानु नौलो कुरा होइन। फेरी स्वेडेन र फिनल्याण्डको कम्पनी टेलियासोनेरा लाई दवाव दिनको लागी कर्मचारीहरु विदेश जाने कुरा नि भएन। यदि टेलियासोनेराको नेपालमा कुनै छुट्टै कार्यलय थियो भने आन्दोनरत कर्मचारी दवाव दिनको लागी उक्त कार्यलयमा जान्थे होला तर टेलियासोनेरालाई दवाव दिनको लागी एनसेल भन्दा उपयुक्त अरु कुनै नभएकोले पनि एनसेलले अवरोधको झेल्नु परेको सत्य हो जुन अवरोध कर्मचारीहरुको मागलाई सम्वोधन नगरे सम्म जारीरहन सक्छ।
हेर्नुहोस् वलजफती गराइएको राजिनामा पत्रको स्क्यान कपी
forcefully resigned paper without date and post
एनसेलको भुमिका के हुन सक्छ ?
आन्दोलनरत कर्मचारी तथा ट्रेड युनियन महासँघले आन्दोलन अगाडी वढाइ सकेको अवस्था र अझ मागलाई सुनुवाई नगरेको भन्दै तोडफोडमा नै उत्रीसकेको अबस्थामा यसरी सामान्य तथा झुट प्रेश विज्ञप्ती जारी गर्दैमा आन्दोलन मत्थर हुन्छ भन्ने सोचाई राख्नु एनसेलको अवुझ पन हो। सिङ्गो माओवादी पार्टी नै लागी सकेको अवश्थामा अव कर्मचारीहरुलाई वार्ताको माध्यम द्दारा कुनै न कुनै कोणवाट सम्वोधन नगरे सम्म आन्दोलन रोकिन्छ जस्तो लाग्दैन। आन्दोलन जति लामो हुदै गयो त्यती ठुलो क्षेती एनसेलले मात्र व्यहोर्नु पर्ने देखिन्छ। चुनाव वहिस्कार गर्ने भनेर मतदाता नामावली सँकलनमा नै रोक लगाउन थालेको माओवादी पार्टीलाई वार्तामा डाक्न नेपाल सरकार त वाध्य भईसकेको अवस्थामा एउटा निजि कम्पनीको सामान्य विज्ञप्तीले विना वार्ता र विना सम्वोधन यो प्रकरणलाई टुङ्ग्यउछु भन्ने सोच्नु ज्यादै गलत हो। मरे तुल्य रहेको हेलो नेपाल वाट सम्वन्धीत निकायले कुनै दवाव महसुस नगर्ने भए पछि अव आन्दोन एनसेल भन्दा बाहिर जान्छ जस्तो लाग्दैन। तसर्थ अवको भुमिका भनेको एनसेलकै हुने छ। यदि यो प्रकरण आफुले समाधान गर्न नसक्ने हो भने एनसेलले आफ्नो माउ कम्पनी टेलियासोनेरालाई दवाव तथा अनुरोध दिनु पर्छ। अथवा पहिलेको व्यावस्थापनले नै सुल्झाउनु पर्ने हो भने बाँकी २५% सेयर रहेका नेपाली व्यापारी साझेदारी अजय सुमार्गीलाई दवाव दिन सक्नु पर्छ। यता अजय सुमार्गी आफुले वेचीसकेको कम्पनी भएको ले आफ्नो क्षेत्रमा नपर्ने भनेर आन्दोलनरत कर्मचारीहरुलाई भन्ने उता टेलियासोनेराले आफुले किनेको होईन भन्ने जस्ता भ्रामक कुरा गर्ने हो भने आन्दोलन अवस्य एनसेल लक्षीत हुने छ। जसको प्रत्यक्ष असर एनसेललाई नै पर्न जाने देखिन्छ।

-विरोध कट्टेल- on mysansar 


(कट्टेल हेलो नेपालबाट निश्कासित इन्जिनियर हुन्।)
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis