CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » अर्बको दोष बोक्दै सागर कमरेड भ्यालीबाटै आउट

अर्बको दोष बोक्दै सागर कमरेड भ्यालीबाटै आउट

काठमाडौ। कुनै बेला काठमाडांै उपत्यकामा चन्द्रबहादुर थापा (सागर) खुबै चर्चित नाम थियो। धेरैका लागि डरलाग्दो पनि। तर समयले कसलाई कहाँ पुर्या उँछ, यसै भन्न सकिन्न। संविधानसभा निर्वाचनमा गुल्मीबाट निर्वाचित भएपछि विस्तारै ओरालो लागेका सागरलाई अहिले त पार्टीले कारबाही गर्नेसम्मको अवस्था आएको कुरा स्रोत बताउछ। आर्थिक उपार्जनमा लागेको आरोप खेप्दै आएका सागर कहिले बाबुराम क्याम्पमा कहिले प्रचण्ड क्याम्पमा लागेर हिंडेको दोष पनि बेला बेलामा
लाग्ने गरेको थियो। स्वरोजगार कोष, अर्थ मन्त्रालयका विभिन्न कार्याक्रम तथा अन्य निकाय निकायबाट रकम लिएर वेरोजगार संघ चलाएको आरोप पनि युवा नेता सागरमाथि लाग्दै आएको छ।
राजनीतिक रुपमा पनि अस्थिर र आर्थिक उपार्जनका क्षेत्रमा लागेको भन्दै आलोचित भएका कमरेड सागरले बेरोजगार युवा संघ स्थापना गरेर वाईसीएलको समानान्तर संगठन बनाएकोले तत्काल कारबाही माग गर्नेमा वाईसीएलका अध्यक्ष गणेशमान पुन भएको र सुरुमै अध्यक्ष प्रचण्डलाई कारबाहीको प्रस्ताव राखेको एमाओवादी नेताको भनाई छ। सागरको कार्यप्रति खुलेर प्रतिरोध भने वाईसीएलकै नेता रामप्रसाद सापकोटा (दीपशिखा)ले गर्दै आएका छन्। दीपशिखाहरूको टोलीले सागरको टीमले पार्टी अध्यक्ष प्रचण्डको समेत नाम जोडेर एक अर्बको हाराहारीमा आर्थिक अनियमितता गरेको आरोप हेटांैडा महाधिवेशनमा लगाएका थिए। वाईसीएलको ठूलो समूहले सागरको आर्थिक अनियमितता र वेरोजगार युवा संघ खोलेको बारेमा व्यापक आलोचना गर्दै आएका छन्। महाधिवेशनका बेला हेटौंडामा दीपशिखाले बुदाँगत रुपमा सागरको आलोचना गरेका थिए। पार्टीभित्र र बाहिरबाट आलोचना खप्न नसकेपछि उनले करिब तीन महिना पहिला उपत्यका संयोजकबाट राजीनामा दिएको र राजीनामा स्वीकृत गरेर पार्टीले राम्रो काम गरेको सागरले प्रतिक्रिया दिने गरेका छन्। तर, पार्टीले राजीनामा दिएको विषयमा केही उल्लेख गरेको छैन र सागरलाई पार्टीले कुनै जिम्मेवारी पनि दिएको छैन। अहिले सागर वेरोजगार युवा संघको अध्यक्ष छन् जसमा सवै पार्टीका युवाहरू सम्मिलित हुने भन्दै सागरले स्वतन्त्र संगठन भएको दाबी गर्ने गरेका छन्। उक्त संगठनको नेतृत्वमा रहेसम्म सागरलाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गर्ने निर्णय पनि राज्य समितिको वैठकले निर्णय गरेको थाहा भएको छ।
सोही बैठकले वैशाख १७ गते सागरलाई संयोजकबाट आउट गरेर दीपशिखालाई ल्याएको छ। नेवाः राज्य समितिको वैठक पेरिस डाँडामा बसेर उक्त निर्णय गरेको हो। स्रोतका अनुसार, दीपशिखालाई संयोजक बनाउन नहुने पक्षमा पार्टीका प्रवक्ता अग्नि सापकोटा र पोलिटव्युरो सदस्य देवेन्द्र पौडेललगायतका नेताहरू रहेका थिए। पौडेल नेवाःराज्य समितिको इञ्चार्ज भएर आएदेखि नै सागरलाई हटाउन चाहन्थे। त्यही कारण पौडेलले दीपशिखालाई हातमा लिएर सागरका विपक्षमा उभ्याउने प्रयास गरेका थिए। एमाओवादीका नेताहरूका अनुसार पौडेल उपत्यका संयोजकमा बाबुराम पक्षको वाईसीएल नेता ल्याउन चाहन्थे तर वाईसीएलको सिनियर नेता कोही पनि बाबुराम पक्षमा नदेखिएपछि सागरलाई हटाएर दीपशिखालाई ल्याउन सहमत भएका हुन्। अध्यक्ष प्रचण्डको निकटका मानिने दीपशिखालाई प्रचण्डकै चाहना अनुसार, संयोजक बनाएको पनि बताइएको छ। समाचार दैनिक बन्द भएपछि खास जिम्मेवारीमा नरहेका दीपशिखा पहिलादेखि नै सागरलाई हटाएर आफू हुन चाहिरहेका थिए। त्यसमा भर्खरै प्रचण्डको साथ पाएको चर्चा पार्टीमा छ।
स्रोत : http://sanghu.weeklynepal.com/2013/05/07/article-item121367904745/
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis