सट्टाबजारको बाछिटा
इन्डियन पि्रमियर लिग -आईपीएल)को जारी छैटौँ संस्करणको टिम राजस्थान रोयल्सका एस श्रीशान्त, अंकित चौहान र अजित चण्डिला 'म्याच फिक्सिङ्'को आरोपमा १ जेठमा पक्राउ परे। उनीहरूमाथि सट्टेबाजहरू -बुकी)सँग मिलेर आईपीएलका दुईवटा म्याचमा 'स्पट फिक्सिङ्' गरेको आरोप लागेको छ। यो
घटनाले फेर िएकपटक क्रिकेट र सट्टेबाजहरूबीचको 'नेक्सस'लाई उजागर गरेको छ। क्रिकेटको स्वस्थ प्रतिस्पर्धामा हिलो छ्याप्ने सट्टाबजारको तार भारतको मुम्बईमा मात्र सीमित छैन। यो दुबई हुँदै काठमाडौँसम्म जोडिएको छ।काठमाडौँका केही क्यासिनो, तिनका एजेन्ट र केही व्यापारीले नेपालभित्र पनि सट्टेबाजीको कारोबार विस्तार गर्दै लगेका छन्। त्यसैले आईपीएलमा बाजी लगाउने सट्टेबाजहरू छ्यापछ्याप्ती भेटिन्छन्, काठमाडौँमा पनि। ती प्रायः सबैको 'कनेक्सन' क्यासिनोमै गएर टुंगिन्छ। र, क्यासिनोमा रहेका सट्टेबाजीको अखडाको सीधा सम्पर्क भने दुबई र मुम्बईका ठूला बुकीहरूसँग हुने गर्छ।
क्यासिनोबाहिर पनि सट्टेबाजको बेग्लै सञ्जाल छ। सम्पर्कमा आएका सञ्जालका एक कारोबारीका अनुसार उनीहरू क्यासिनोको तुलनामा बढी व्यवस्थित र चुस्त छन्। यो सञ्जालको सम्बन्ध दुबई र आईपीएल चलिरहेको स्टेडियमछेउमा रहेका बुकीहरूसँग हुने गरेको छ। यिनीहरू भरतीय रूपियाँ -भारु)मै कारोबार गर्छन् र ५० हजार भारुभन्दा कमको बाजी लगाउन मान्दैनन्। सञ्जालमा आबद्ध व्यापारीहरूले पूर्वी तराईका झापालगायतका ठाउँबाट भारत र दुबईमा रहेका बुकीसँग सम्पर्क बनाउँदै सट्टेबाजी चलाउने गरेको ती कारोबारीको दाबी छ। न्युरोड क्षेत्रका केही व्यापारी क्रिकेट र फुटबलका ठूला प्रतियोगिताका बेला विदेशी बुकीहरूसँग सम्पर्क गर्न सहज होस् भनेर तराईमै गएर बस्ने गरेका छन्।
बाजी लगाउनेले जिते वा हारे पनि बैंकिङ् च्यानलबाटै कारोबार गर्छन्। हारेको खण्डमा बुकीहरूले दिने खाता नम्बरमा रकम जम्मा गर्नुपर्छ भने जितेमा आफूले दिने खातामा रकम आइपुग्छ। विगत केही वर्षदेखि सट्टेबाजहरूका लागि आईपीएल ठूलो चाड बनेको छ। अहिले काठमाडौँमा भइरहेको जुवाको आकार प्रस्ट नभए पनि दैनिक करबि पाँच करोड रुपियाँसम्मको बाजी लाग्ने गरेको अनुमान छ। काठमाडौँबाहेक विराटनगर र वीरगन्जमा पनि सट्टेबाजहरू सक्रिय छन्।
काठमाडौँका एभरेस्ट, सोल्टी, हायात, सांगि्रलालगायत होटलका क्यासिनोमा बाजी खेलाउने गरएिको छ। दुई वर्षअघिको विश्वकप फुटबलमा काठमाडौँमै मात्र करबि ५० करोड रुपियाँ बराबरको बाजी लागेको थियो। सट्टेबाजीलाई लामो समयदेखि नजिकबाट नियालिरहेका एक सुरक्षा अधिकारीका अनुसार यस्तो कारोबारमा केही ठूला व्यापारी र क्रिकेट बुझेका पैसावालहरूको संलग्नता छ।
हरेक दिन खेल सुरु हुनुअघि नै सट्टेबाजहरूले बाजीका आधार र अनुपातहरू तय गरसिकेका हुन्छन्। त्यसको निर्धारण कुन टिम कससँग खेल्दै छ, को-को खेलाडी छन्, कुन मैदानमा भइरहेको छ र विगतको नतिजा कस्तो छ आदिलाई आधार मानिएको हुन्छ। क्यासिनोहरूले यही आधारमा बाजीको निक्र्योल गर्छन्। कतिसम्म भने क्यासिनोले आईपीएलका विगतका तथ्यांकहरूलाई केलाउन र विश्लेषण गर्नका लागि क्रिकेटका जानकारहरूलाई नै नियुक्त गर्छन्। नाम उल्लेख गर्न नमान्ने एक सट्टेबाज भन्छन्, "एउटै खेलमा तीन सयवटासम्म बाजी लगाइन्छ। कसले कति रन बनाउँछ, कतिमा आउट हुन्छ भन्नेमा समेत बाजी हुन्छ।"
काठमाडौँको सट्टाबजारमा दुबईबाट तोकिएको दरमा कारोबार हुन्छ। काठमाडौँका प्रमुख एजेन्टले तीनदेखि पाँच प्रतिशतसम्म कमिसन पाउँछन्। त्यही अनुसार क्रमशः तलका एजेन्टले पनि आफ्ना लागि कमिसन छुट्याउँछन्। एजेन्टहरूबीच नै कसले कति कमिसन लिइरहेको छ भन्ने खबर हुँदैन। पहिले बाजी लगाएपछि त्यसको प्रमाणका रूपमा फोन रेकर्ड गरन्िथ्यो भने अहिले धेरैजसो विश्वासमा हुने गर्छ।
दुबई र मुम्बईसम्म आफ्नो सञ्जाल भएकाहरू नेपालमा दुई-तीन जना मात्र रहेको दाबी अर्का सट्टेबाजको छ। बजारमा कतिपय यस्ता सट्टेबाजका स-साना नाइकेहरू पनि छन्, जसले नेपाली र नेपालीबीच मात्रै कम रकमको बाजी खेलाउँछन्। उनीहरूलाई दुबई र मुम्बईको दरसँग खासै सरोकार हुँदैन। बाजी लगाएपछि हारजित जे भए पनि भोलिपल्ट बिहान ९ बजेसम्म पैसाको हिसाबकिताब गर्न एजेन्टका मानिस दिइएको ठेगानामा टुप्लुक्क पुग्छन्। क्यासिनो नेपालका एक सट्टेबाज भन्छन्, "सट्टाबजारमा अन्य व्यवसाय र कारोबारमा नभएको इमानदारी देखिन्छ।"
क्यासिनो सञ्चालक र जुवाको लत बसेकाहरूका लागि आईपीएललगायतका प्रतियोगिताहरू वैकल्पिक माध्यम बनिरहेका छन्। अझ क्यासिनोमा नेपालीको प्रवेशमा कडाइ गरएिपछि व्यावसायिक मन्दी खेपिरहेका क्यासिनोहरूका लागि त यस्तो सट्टेबाजी आम्दानीको वैकल्पिक स्रोत नै बनेको छ। पछिल्लो समय अन्ना, रोयललगायत क्यासिनोमा प्रहरी प्रशासनले कडा निगरानी राखेपछि भने यिनीहरूको कारोबार बाहिरबाटै चलिरहेको छ। प्रहरीको निगरानी कम भएका एभरेस्ट, क्यासिनो नेपाल, तारा क्यासिनोहरूमा भने सट्टेबाजहरूले गतिलै अखडा बनाएको प्रहरी स्रोत बताउँछ। प्रहरीले छापा मारहिाले पनि खासै प्रमाण नभेटिने र जुवा पनि खेलाउन पाइने भएकाले क्यासिनो सञ्चालकहरूका लागि सट्टाबजार गतिलो विकल्प बनेको छ।
एक अनुमान अनुसार क्यासिनोहरूबाट आईपीएलको सिजनमा मात्र दैनिक दुई करोडभन्दा बढी भारु बिदेसिने गरेको छ। स्थानीय एजेन्टहरूद्वारा खेलाइने स-साना खेलबाहेक पनि क्यासिनोका टेबुल सञ्चालक र उनीहरूसँग गाढा सम्बन्ध भएकाहरूले दिनहुँ ठूलो रकम आईपीएलमा लगाउने गरेका छन्। त्यस्तो सट्टेबाजी पनि भारुमै हुन्छ। क्यासिनोले कारोबार भने हुन्डीमार्फत गर्छन्।
प्रहरी प्रशासन हाकाहाकी भइरहेको यस्तो अवैध जुवा टुलुटुलु हेरेर मात्र बसिरहेको छ त ? प्रहरी नायब महानिरीक्षक तथा प्रवक्ता केशव अधिकारी भन्छन्, "त्यस्ता अवैध क्रियाकलापमाथि हामीले निगरानी राखिरहेका छौँ। अपुष्ट सूचनाहरू आइरहेका छन्, प्रमाण नभईकन समात्न मिल्दैन।"
सट्टेबाजसमेत हैरान
ँम्याच फिक्सिङ्’को बाछिटाले स्थानीय सट्टेबाजहरूको कारोबारसमेत प्रभावित हुन थालेको छ। उनीहरू यस्तो हर्कतले आफूहरू डुबेको गुनासो गर्छन्। १ जेठमा राजस्थान रोयल्सका तीन खेलाडीको गिरफ्तारीले पनि उनीहरूको आशंकालाई बल पुर्याउँछ। हुन पनि जारी आईपीएलका कतिपय नतिजा खेल पण्डितहरूलाई मात्र नभई सट्टेबाजहरूलाई समेत चकित र हैरान पार्ने खालका छन्। २३ वैशाखमा भएको रोयल च्यालेन्जर्स बैंगलोर र किङ्स-११ पन्जाबबीचको खेलले त्यस्तै अप्रत्यासित नतिजा दियो। सो खेलको नतिजापछि नेपाली सट्टेबाजहरूसमेत केही झस्किएका छन्। सो खेलमा तुलनात्मक हिसाबले कमजोर आँकिएको पन्जाबले अनपेक्षित जित हासिल गरेको थियो। यही कारण सट्टाबजारमा ठूलै उलटफेर भएको अनुमान गरिएको छ।
२२ वैशाखको चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्सबीचको खेलको नतिजालाई पनि सट्टेबाजहरूले शंकाको नजरले हेरेका थिए। आफ्नो गृहमैदानमा भएको उक्त खेल मुम्बईले दोस्रो चरणमा जानका लागि जित्नैपर्ने थियो। तर, उक्त खेल हेर्ने जोकोहीले पनि मिलेमतोको शंका गर्ने आधार भेटिन्थ्यो। मुम्बईले बनाएको १ सय ३९ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको चेन्नई फगत ७९ रनमा समेटिएको थियो। तर, जति शंका गरे पनि म्याच नै प्रभावित पार्ने हैसियत नभएका नेपाली सट्टेबाजहरूले म्याचको अनपेक्षित परिणामलाई स्वीकार्दै चुकचुकाउनुको विकल्प थिएन। त्यसैगरी, ३० वैशाखमा मुम्बईमै भएको सनराइजर्स हैदरावाद र मुम्बई इन्डियन्सबीचको खेलले पनि धेरै सट्टेबाजहरूलाई छक्कै बनायो। गृहमैदानकै खेल भएका कारण बाजी लगाउनेहरूका लागि पनि त्यस दिन मुम्बई इन्डियन ँफेभरेट’ नै थियो। त्यसैले बुकीहरूले त्यो म्याच सुरु हुनुअघि काठमाडौँमा मुम्बईको पक्षमा ६८ पैसा र हैदरावादको पक्षमा १ रुपियाँ ३० पैसाको बट्टा तोकेका थिए। हैदरावादले पेस गरेको १ सय ७८ रनको लक्ष्य पछ्याएको मुम्बई म्याचको अन्तिमतिर हार्ने निश्चित भइसकेको थियो। २४ बलमा ६२ रनको लक्ष्य मुम्बईका लागि असम्भवजस्तै देखिएको थियो। मुम्बई हार्ने करिब निश्चित देखेपछि सट्टेबाजहरूले उसको भाउ चार रुपियाँ र हैदरावादको ३५ पैसा पुर्याए। तर, किरन पोलार्डको १० बलमा ४८ रनको अप्रत्यासित इनिङ्ले मुम्बईले जितेपछि सट्टेबाजीको बजारमा ठूलै भूकम्प आयो।
साभार ; नेपाल साप्ताहिक
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !