अधिकांश नेपालीका लागि ६ जेठ पनि उस्तै सामान्य दिन हो, जुन बाँकी ३ सय ६४ दिनजस्तै आउँछ, जान्छ। तर, काभ्रे, धुलिखेलका श्यामबहादुर तामाङ, ५४, का लागि भने ६ जेठ आफ्नो जीवनको सबैभन्दा महत्त्वपूर्ण र बिर्सनै नसक्ने दिने हो। गृह मन्त्रालय अन्तर्गत कारागार शाखामा पियनसरहको शव चिर्ने 'वार्ड
६ जेठ उनका लागि के कारण अविस्मरणीय र विशेष महत्त्वको बनेको हो भने दासढुंगा सवारी दुर्घटनामा ज्यान गुमाएका एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रतिको शव पोस्टमार्टम गर्नुअघि उनैले चिरेका थिए। उनले नेताद्वयको मृत शरीरलाई नुहाइदिन पाए, उनीहरूको शरीर चिरेर अंगप्रत्यंग नियाल्न पाए र अन्तिम बिदाइका लागि दशरथ रंगशाला लैजानुअघि अन्तिम स्पर्श गर्न पाए।
पार्टीसम्बद्ध महिला संगठनको राष्ट्रिय भेलाका लागि पोखराबाट ३ जेठ ०५० मा भण्डारी र आश्रति चितवनतर्फ जाँदै थिए। तर, उनीहरू सवार जिप दासढुंगानिर नारायणी नदीमा खस्यो। आश्रतिको शव दुर्घटनास्थलमा पानीमा डुबेको स्थानमै गाडीभित्र भेटियो। तर, महासचिव भण्डारीको शव दुर्घटना भएको तेस्रो दिन ५ जेठमा मात्र चितवनको गुञ्जनगरमा फेला पर्यो।
गाडी चालक अमर लामा सकुशल भएकाले पनि एमाले पंक्तिले त्यसलाई सुनियोजित हत्या भन्न थालिसकेको थियो। भण्डारीको शवको चितवनमै सामान्य पोस्टमार्टम गरएि पनि त्यसको पूर्ण पोस्टमार्टम आवश्यक थियो। केन्द्रीय कारागार त्रिपुरेश्वरका वार्ड कुल्ली श्यामले ६ जेठको बिहान दुवैको शव पोस्टमार्टमका लागि चिर्नुपर्ने भयो। उनको दरबन्दी गृह मन्त्रालय अन्तर्गतको कारागारमा थियो। तर, शव चिर्नचाहिँ वीर अस्पताल जानुपथ्र्याे। भन्छन्, "पोस्टमार्टम डाक्टरले गर्ने भए पनि चिर्ने त हामीले नै हो।"
पोस्टमार्टमका लागि एमालेसम्बद्ध डा भरत प्रधान वीर अस्पतालका अन्य ६ डाक्टरका साथ खटिएका थिए। तर, डा प्रधान र एमालेका तत्कालीन पोलिटब्युरो सदस्य राधाकृष्ण मैनालीबाहेक अरू एमाले नेतालाई श्यामले वीर अस्पतालमा देखेनन्। पोस्टमार्टम गर्दा आवश्यक पर्ने सामग्री सम्बद्ध पक्षले आफँै किनेर ल्याइदिनुपथ्र्याे। आवश्यक पर्ने ती सामग्री ल्याउन शोकाकुल मैनालीको दौडधुप उनले अझै बिर्सेका छैनन्।
राष्ट्रवादी छवि, आक्रामक तर सुमधुर वक्तृत्व क्षमताका कारण भण्डारी लोकपि्रयताको शिखर चढ्दै थिए। उनलाई मन पराउने लाखौँ युवामध्येमा श्याम पनि एक थिए। तर, त्यस दिन उनै भण्डारीको मृत शरीरमाथि छुरा चलाउनुपर्यो। उनी त्यो क्षण सम्झन्छन्, "मदनको शव कुहिन थालिसकेको थियो, ज्यादै गन्ध आएको थियो। पहिले दुवैको शव राम्रोसँग पखालेँ र छुरा चलाउन थालेँ।" उनको शवमा पटक-पटक गन्ध मार्ने औषधी छकर्ंदै शरीर चिर्नुपरेको थियो। बिहान सुरु भएको पोस्टमार्टम साँझ मात्र सकियो।
१७ वर्षे जागिरे जीवनमा श्यामले त्यस्ता दर्जनौँ शव चिरेका थिए, जुन नदीबाट उद्धार गरी ल्याइएका थिए। तर, यीभन्दा फरक थियो, भण्डारीको शरीर र उनले लगाएका कपडाको स्थिति। भन्छन्, "उनको शरीर मोटो थियो, पाइन्ट लगाउँथे। पाइन्टको बटम लगाएको छ भने मानिस पानीमा परे पनि पाइन्ट खस्दैन, खस्यो भने अन्डरवेयर पनि सँगै खस्छ। तर, मदनको शरीरमा पाइन्ट थिएन, खुुकुलो इलास्टिकवाला अन्डरवेयरचाहिँ जस्ताको तस्तै थियो। पाइन्ट फुत्किने तर खुकुलो इलास्टिक भएको अन्डरवेयर सुरक्षित रहने, यो कसरी भयो ? मैले अहिलेसम्म बुझ्न सकेको छैन।"
आश्रतिको शव गाडीभित्रै भेटिएकाले भण्डारीको जस्तो नाजुक अवस्थामा थिएन। कतिसम्म भने अक्सर चस्मा लगाएर सार्वजनिक कार्यक्रममा देखिने उनले जीवनको अन्तिम क्षणमा चाहिँ चस्मा लगाउनुको साटो खल्तीमा हालेका रहेछन्। उनी भन्छन्, "चस्मा सर्टको देब्रे खल्तीमा राख्नुभएको रहेछ। पोस्टमार्टम सुरु गर्नुभन्दा अगाडि मैले उहाँको खल्तीमा भिजेको डायरी र कलमका साथमा चस्मा भेटेँ।"
एमालेले दासढुंगा दुर्घटनालाई अस्वाभाविक मानेको छ तर पटक-पटक सरकारको नेतृत्व गर्दा पनि यससम्बन्धी छानबिन गर्नचाहिँ उसले महत्त्व दिएको छैन। यद्यपि, यो दुर्घटनालाई हत्याका रूपमा अथ्र्याएर उसले त्यतिबेला तत्कालीन सरकारविरुद्ध देशव्यापी रूपमै सडक-ताण्डव मच्चायो। एमाले पंक्तिले षड्यन्त्रका रूपमा व्याख्या गर्दै छानबिनको माग उठाइरहेको थियो। त्यसैले, चिकित्सकहरूले दुवै नेताको शरीरका केही अंगका टुक्रा निकालेर राख्ने निर्णय गरेका थिए। ताकि, तिनको जाँच गरेर नेताद्वयको मृत्यु स्वाभाविक थियो वा अस्वाभाविक भन्ने कुराको अनुसन्धान गर्न सकियोस्। श्यामले आवश्यक अंगहरू निकाल्ने निर्देशन चिकित्सकहरूबाट पाए। त्यसैले निर्देशनबमोजिम दुवै नेताको मुटुको सानो टुक्रा, दुवै मिर्गौलाको आधा-आधा भाग, आधा किलो जति कलेजो, गिदी र रगत शरीरबाट सिरन्िज -सुई)बाट निकाले।
सिरन्िजबाट नेताद्वयका अंगका यी टुक्रा -भिसेरा)हरू निकालेपछि चिरएिका भाग सिलाउने काम भयो। यो काम पनि उनैले गरे। शव र निकालेका अंगहरूको मुचुल्का तयार पारयिो। निकालिएका शरीरका अंगका टुक्राहरू परीक्षणका लागि अस्पतालमै राखियो। सर्वोच्च अदालतका न्यायाधीश प्रचण्डराज अनिलको अध्यक्षतामा गठित छानबिन आयोगको प्रतिवेदनको एमालेले विरोध गरेपछि सर्वाेच्चकै न्यायाधीश त्रिलोकप्रताप राणाको अध्यक्षतामा अर्को आयोग गठन भएको थियो। त्यस आयोगले भिसेरा परीक्षणका लागि बेलायत पठायो। तर, नेताद्वयको शरीरमा कुनै पनि शंकास्पद रसायन भेटिएन। ती अंग खुमलटारस्थित विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय अन्तर्गत राष्ट्रिय विधिविज्ञान प्रयोगशाला विकास समितिमा सुरक्षित छन्।
मृत शरीरबाट भिसेराका रूपमा निकालिने अंगको मुचुल्का जुन रूपमा बनाइन्थ्यो, त्यही रूपमा भिसेरा अनुसन्धान गर्ने निकायमा पुग्थ्यो। लाहाछापसमेत लगाइएको त्यस मुचुल्कामा पोस्टमार्टममा खटिएका चिकित्सक, प्रहरी र श्यामसमेतले हस्ताक्षर गरेका थिए। श्यामका अनुसार जब राणा आयोगले अनुसन्धान अगाडि बढायो, भिसेरा मुचुल्कामा उल्लेख भए अनुसार सिरन्िजमा होइन, भाइल -सिसाका बोतल)मा फेला परेछन्। उनको अनुमान के छ भने मुचुल्का बाँधेरै सिरन्िजमा पठाइएका शरीरका ती टुक्रा बिनामुचुल्का सिसाका बोतलमा भेटिएपछि आयोगभित्र हल्लीखल्ली भयो। त्यसैले आयोगले भिसेराको अवस्थितिबारे बुझ्न श्यामलाई बोलायो। आयोगका पदाधिकारीहरूले दोहोर्याएर उनलाई 'सिरन्िजमै राखेका थियौ ?' भनेर सोधेछन्। सिरन्िजमै राखिएको र मुचुल्का पनि त्यही अनुसार बनाएर सबैले हस्ताक्षर गरेको जवाफ उनले दिएका थिए। यो जवाफपछि आयोगका पदाधिकारीहरू मुखामुख गरेर हिँडेछन्। मुचुल्का बाँधिएका नेताद्वयको शरीरका ती अंग रहस्यमय ढंगले सिरन्िजबाट सिसाका बोतलमा किन सारयिो भन्ने विवाद सार्वजनिक भएन।
हाजिर गर्न केन्द्रीय कारागार पुग्ने र शव चिर्न वीर अस्पताल आउने उनको दैनिक रुटिन जारी थियो। संयोगवश भण्डारी र आश्रति सवार दुर्घटनाग्रस्त गाडीका चालक अमर लामा त्यही मुद्दाका कारण केन्द्रीय कारागारमा कैदीका रूपमा आइपुगे। दुवैको उमेर मिल्दोजुल्दो। श्याम अमरको निकट हुन थाले, ताकि दुर्घटनाबारे जान्न सकियोस्। अमरसँग भएका कुराकानी सम्झे, "शरीरको तल्लो भागमा खुकुलो कट्टु बाँकी रहेर पाइन्टचाहिँ फुत्कने हुन्छ भनेर सोधेँ। उनले कहिल्यै चित्त बुझ्दो जवाफ दिएनन्। घटनालाई रहस्यमै राखेर उनले पनि संसार छाडे।"
नष्ट गरिँदै भिसेरा
मदन भण्डारी र जीवराज आश्रतिको मृत्यु भएको २० वर्ष भइसके पनि दिवंगत नेताद्वयको मुटु, कलेजो, मिर्गौला, फोक्सोलगायत महत्त्वपूर्ण अंग -भिसेरा) अझै सुरक्षित छन् भन्ने धेरैलाई थाहा नहुन सक्छ। तर, हालसम्म सुरक्षित राखिएका ती अंगलाई निकट भविष्यमै नष्ट गरनिे भएको छ। विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय अन्तर्गत भिसेरा राखिएको राष्ट्रिय विधिविज्ञान प्रयोगशाला विकास समितिका प्रमुख भिनुशोभा तुलाधर भन्छिन्, "हामीले प्रहरीको विधिविज्ञान प्रयोगशालालाई लगेर नष्ट गर्न केही दिनअघि पत्राचार गरसिकेका छौँ। लामो समय भएकाले ती काम लाग्दैनन्, त्यसैले नष्ट गर्ने प्रक्रिया सुरु गरएिको हो।"
खुमलटारस्थित समितिको प्रयोगशालामा प्रहरीले परीक्षणका लागि पठाउने मानव अंगहरू बढीमा तीन महिनाका लागि राखिन्छन्। तर, आफू सरकारमा गएपछि दासढुंगा दुर्घटनाको पुनः छानबिन गर्ने नेकपा एमालेका नेताहरूले उतिबेला बताएकाले अहिलेसम्म ती अंग राखिएका थिए। तुलाधर भन्छिन्, "हामीले पटक-पटक भिसेरा लैजान पत्राचार गरसिकेका छौँ, कानुन अनुसार आफँैले नष्ट गर्न नसक्ने भएकाले मात्र भिसेरा सुरक्षित रहेका हुन्। जुन प्रयोजनका लागि भिसेरा राखिएको थियो, त्यो प्रयोजन नै पूरा नहुने भएपछि राखिरहनुको अर्थ छैन।" उनका अनुसार समितिबाट लगिएका यस्ता भिसेरा प्रहरीको विधिविज्ञान प्रयोगशालाले लैजानासाथ जलाएर वा गाडेर नष्ट गर्छ।
एमालेले गरेको माग अनुरूप गठन भएका सर्वाेच्च अदालतका न्यायाधीश प्रचण्डराज अनिल र त्रिलोकप्रताप राणाको अध्यक्षतामा गठित दुवै उच्चस्तरीय आयोगले घटनालाई सडक दुर्घटना ठहर गरेका थिए। अनिल आयोगले भिसेरा परीक्षणका लागि नयाँदिल्लीस्थित केन्द्रीय विधिविज्ञान प्रयोगशालामा पठाएको थियो भने राणा आयोगले बेलायतस्थित फरेन्सिक साइन्स सर्भिस ल्याबोरेटरीमा। दुवै आयोगले नेताद्वयको मृत्यु विषादी प्रयोगबाट नभएको प्रतिवेदन दिए। तैपनि, एमालेले असन्तुष्टि जनाइरह्यो। त्यसयताका २० वर्षमा एमालेले तीनपटक सरकारको नेतृत्व गर्यो भने झन्डै आधा दर्जनपटक सरकारमा सहभागी भयो। तर, पुनः छानबिन गर्ने आफ्नै मागको स्मरण एमालेले कहिल्यै गरेन।
साभार :नेपाल साप्ताहिक
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !