चीनको झेजियाङ प्रान्तस्थित जिनहुवामा रहेको एक आवासीय घरमा शनिवार यो घटना भएको हो । उक्त घरकै बासिन्दाले ट्वाइलेट मुनि बच्चा रोएको सुनेपछि प्रहरीलाई खबर गरे । त्यसपछि उद्दार अधिकारीहरु त्यहाँ आए । कमोटभन्दा केही तल बच्चा थियो । ऊ ४ इन्च गोलाइको पाइपमा अडि्करहेको थियो र रोइरहेको थियो । उद्दारकर्मीले निकै होसियारी पर्ूवक त्यो पाइपलाई जडानबाट फुकालेर नजिकैको अस्पतालमा पूराए । अस्पतालमा पाइप चिरेर त्यसभित्र रहेको बच्चा निकालियो ।
त्यो बच्चाको अनुहार, आखा तथा सरीरभरी फोहोरले ढाकिएको थियो । बच्चाको अवस्था स्थीर रहेको र त्यो बच्चालाई पाएर फाल्ने आमाको खोजी भैरहेको बताइएको छ ।
उक्त बच्चाको नाम बेबी नम्बर ५९ राखिएको छ । यो दर्दनाक घटना र्सार्वजनिक भएपछि सामाजिक संजालमार्फ कडा टिप्पणी भैरहेका छन् । एकजनाले टि्वटरमा भनेका छन्, त्यसो गर्ने बाउआमाको हृदय त ढलको पाइप भन्दा पनि फोहोर रहेछ ।
साभार : अन्लाईन खबर

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !