प्रबर्द्धनका लागि मोडलिङ गराएको फोटो पत्रपत्रिकाहरूमा सार्वजनिक गरेको छ। एनसेलले महानगरीय प्रहरी आयुक्तको कार्यालयलाई ट्राफिक व्यवस्थापनका लागि बीसवटा बजाज मोटरसाइकल र एघारवटा ल्यापटप कम्प्युटर दिएबापत आइजीपीलाई नै आफ्नो व्यापारको मोडेलका रुपमा पस्किएको छ। नेपाल प्रहरीका आइजीपी सहित उच्च अधिकृत एनसेलको ब्यापार प्रवर्द्धनमा मर्यादा नै भुलेर सहभागी भएका थिए। सहयोग आदानप्रदान गनर्ेे कुरालाई सहज रुपमा लिइए पनि आइजीपी जस्तो पदलाई विज्ञापनको बस्तु बनाइनु हुँदैनथ्यो, एक प्रहरी अधिकृतले भने।
आइजीपीलाई सुरक्षाफौजको मर्यादा र आचारसंहिता विपरीत एनसेलको मोडल बनाइएकोमा प्रहरीभित्रै यसलाई राम्रो कार्य मानिएको छैन। प्रहरी नेतृत्वलाई सहयोग गरेकै भरमा कुनै व्यापारिक संस्थाको स्वार्थमा आइजीपी प्रयोग हुनु राम्रो होइन, आइजीपीलाई विज्ञापनको मोडल बनाउन जसजसले सल्लाह दिए यो संगठनको हितमा छैन भन्ने टिप्पणी भइरहेछ। आइजीपी राना सशस्त्र प्रहरी बलका पूर्वडीआइजी महेन्द्र भट्टचनको डिजाइनमा एनसेलको मोडल बनेको बताइन्छ। भट्टचन हाल एनसेलको सुरक्षा प्रमुखका रुपमा काम गर्दछन्। एनसेलको ब्यापारिक स्वार्थमा आइजीपी प्रयोग हुनु पदीय दुरुपयोग पनि हो, एक उच्च प्रहरी अधिकृतले भने।
एनसेलले नेपाल प्रहरीलाई तीनबर्षभित्र साठीवटा मोटरसाइकल दिने प्रतिबद्धता पनि गरेको महानगरीय प्रहरी आयुक्त कार्यालयका एसपी धिरजप्रताप सिंहले जानकारी दिए। उनले भने, अहिले एघारवटा ल्यापटप र बीसवटा मोटरसाइकल दिएको छ। ‘सहयोगीहरूसँग हातेमालो गर्ने नेपाल प्रहरीको नीति अनुसार एनसेलबाट ती सामान स्वीकार गरिएको’ बताए।
स्रोत :http://www.weeklynepal.com/2013/05/28/igp-model-banda-police-lai-dhakka/

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !