CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » बैरो विभागः वल्लो घरको नरे पल्लो घर सरे

बैरो विभागः वल्लो घरको नरे पल्लो घर सरे

forenar employment departmentकाठमाडौं। जनसम्पर्क हुने कार्यालयमध्ये सबैभन्दा बढी आर्थिक चलखेल हुने बैदेशिक रोजगार विभागमा कर्मचारीको शाखा परिवर्तन भएको छ। २०७० जेठ २१ गतेदेखि लागू हुनेगरी भएको शाखा परिवर्तनमा महानिर्देशक विनोद केसीले अन्य शाखामा भन्दा अन्तिम स्वीकृति शाखालाई बढी प्राथमिकतामा राखेको देखिएको छ। अन्तिम स्वीकृति शाखालाई मात्र
केन्द्रविन्दु बनाएर महानिर्देशक केसीले विश्वासिला कर्मचारीहरूलाई मात्र त्यहाँ राखेको कुरा कर्मचारी सूत्रबाट थाहा भएको छ। उनले त्यो शाखाबाट मात्र आर्थिक लेनदेन गर्दा गोप्यता कायम गर्नेगरी कर्मचारी परिवर्तन गरेका छन्।
लामो समयदेखि अन्तिम स्वीकृतिमा कार्यरत निर्देशक रमेशकुमार मैनालीलाई त्यहीँ थमौती गरिएकाले पनि महानिर्र्देशकमाथि विभागकै कर्मचारीहरूले औंला ठड्याएका छन्। विभागका कर्मचारीको शाखा परिवर्तन निर्देशक मैनालीकै तजबिजअनुसार भएको विभाग सूत्रले बतायो। सूत्रका अनुसार, अन्तिम स्वीकृति जस्तो घुसको खानीबाट अरु शाखामा जानुपरेकोमा अधिकृतद्वय जनक पन्त, ज्ञानेन्द्र शर्मा, नासु बासु भेटवाल लगायतका कर्मचारीहरू बेचैन भएका छन्। शाखा परिवर्तन भएपछि उनीहरूको रुवाबासी हेर्नलायक थियो।
अन्तिममा महानिर्देशकको मन
अन्तिम स्वीकृति शाखाका निर्देशक रमेश मैनालीलाई शाखा परिवर्तन नगरेका महानिर्देशक केसीले सो शाखामा अर्का विश्वासिला अधिकृत दीपक खतिवडालाई ल्याएका छन्। २४ (घ१) बाट अधिकृत भएका खतिवडा सामान्य प्रशासन मन्त्रालयमा महानिर्देशक केसीसँगै काम गरेकाले अन्तिममा ल्याइएको छ। शाखा अधिकृत मन्जु सुवेदी पनि महानिर्देशक केसीकै ठाडो आदेशमा अन्तिम स्वीकृतिमा पुगेकी छिन्। विभागमा केसी आएपछि अन्तिम स्वीकृति शाखाबाट गोप्य रुपले सिन्डिकेट चलाई दैनिक लाखौं रुपैयाँ घुस संकलन हुने गरेको विभाग सूत्रको दाबी छ। सूत्रका अनुसार व्यक्तिगत स्वीकृतिका फाइलहरू अन्तिम स्वीकृतिबाट धमाधम सदर भइरहेका छन्।
दुवईको नाममा श्रम स्वीकृति लिएर इराक पठाउने धन्दा विभागमा जारी छ। अन्तिम स्वीकृतिमा पैसा कम दिए निर्देशक मैनालीले एयरपोर्टमै पुगेर कामदार अफलोड गर्छन्। महानिर्देशकका विश्वासपात्र घुस संकलकको आरोप लाग्दै आएका मैनाली हरेक दिन बेलुका एयरपोर्टमै पुगेर पनि घुस असुल्ने गरेको उजुरी पनि मन्त्रालयसम्म पुगेको बतान्छ। कर्मचारी सूत्र भन्छ–मैनालीको नयाँबानेश्वर सहकारी प्रशिक्षण केन्द्रको पछाडि रहेको घरमा दैनिक बिहान बेलुका दलालहरूको भीड लाग्ने गरेबाट पनि उनको चरित्रको स्पष्ट हुन्छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी)विभागमा अनुगमन गर्न खटिए पनि घर घर र मदिरालयमा घुुसको कारोबार हुन थालेकाले उनीहरूको प्रयास खेर गएको छ।
विभागको पूर्वस्वीकृति शाखाका नासु रोशन ओझाको पनि शाखा परिवर्तन भएन। महानिर्देशक केसी र उनको सम्बन्धका कारण उनले शाखा अधिकृत र निर्देशकलाई टेर्न छाडेको बताइन्छ। विभाग सूत्रका अनुसार सिधै महानिर्देशकसँग सम्पर्क छ भनी उनले व्यवसायीहरूसँग घुस लिने गरेको आरोप छ। तर ठूलो हिस्सा आफैंले राखी थोरैमात्र अधिकृत जगदिशचन्द्र शिवाकोटी, भीम भट्टराई र निर्देशक इन्द्र बस्याललाई दिने गरेको कुरा पनि कर्मचारी सूत्र बताउछ। घुसको समानुपातिक बितरण हुन नसक्दा शाखाका कर्मचारीबीच नै मनमुटाव र मनोमालिन्यको अवस्था छ।
संस्था शाखामा घुसको मौसम
प्रत्येक बर्षको यो अवधिमा संस्था दर्ता शाखामा नवीकरणका लागि भीड लाग्ने गर्दछ। संस्था नवीकरण गर्दा घुस असुली गर्न पाइने भएकाले यो सिजनमा त्यो शाखामा जान कर्मचारीहरूबीच प्रतिस्पर्धा हुने गर्दछ। तर सबैलाई उछिनेर विभागका रैथाने अधिकृत विष्णुहरि उपाध्यायले संस्था शाखामा जाने मौका पाएका छन्। उनी रोजेरै उक्त शाखामा गएका हुन्। अभिमुखीकरण शाखामा अधिकृत उपेन्द्र न्यौपाने, दीपक दाहाल र नासु भीम बस्नेत गएका छन्। तालिम नै नदिई विभागमै झोलामा अभिमुखीकरण तालिम लिएको प्रमाणपत्र कामदारलाई बिक्री गर्ने झोले व्यवसायीहरूबाट घुस लिएर संरक्षण गर्ने काम यो शाखाबाट हुने गरेको गुनासो छ। तत्कालीन महानिर्देशक पूर्णचन्द्र भट्टराईले झोलेहरूलाई व्यवस्थित गर्ने प्रयास गरे पनि सफलता पाइनसक्दै उनी सरुवा भए। उनी गएपछि झोलेहरू पुनः सल्बलाएका छन्।
घुस लिनेलाई महानिर्देशकको साथ
विभागमा अघिल्ला महानिर्देशक पूर्णचन्द्र भट्टराईले संस्थागत घुसखोरी हुन दिएका थिएनन्। व्यवसायीले नै व्यक्तिगत श्रम स्वीकृति लिएर कामदार विदेश पठाउँदा धेरै कामदार खाडी मुलुकमा विचल्लीमा परेको कुरा रोक्न सफलता पाएका थिए। तर अहिलेका महानिर्देशक केसीलेक घुस लिएको आफ्नै आँखाले देखे पनि ती कर्मचारीलाई केही करबाही नगरेको खुलासा भएको छ। विभाग सूत्रका अनुसार २०७० बैशाख २० गते महानिर्देशक केसीले रिइन्ट्री शाखामा एक एजेन्टले झोलाभरी पासपोर्ट ल्याएको र पैसा दिंदै गरेको प्रत्यक्ष देखे। उनले ती पासपोर्ट त समाते तर घुुस लिने कर्मचारीमाथि कुनै कारबाही त के सामान्य स्पष्टीकरण समेत सोध्ने हिम्मत नगरेकाले महानिर्देशक र घुसखोर कर्मचारीको सम्बन्ध रहस्यमय मानिएको छ। यही उदाहरणले नै विभागमा घुसखोरी संस्थागत भएको छ भन्ने कुरालाई प्रष्ट पारेको छ।
विभागमा टाठाबाठा कर्मचारीहरूको शाखा परिवर्तन नहुने, तिनैले मात्र घुसको ठूलो हिस्सा लिने र सोझा कर्मचारीलाई थोरै दिएको गुनासो आउने गरेको छ भने अर्कोतिर विभागका कर्मचारीले पछिल्लो पटक अध्यागमन कार्यालयको काम समेत बैदेशिक रोजगार विभागबाटै गर्ने गर्दैआएको समाचार छ। केही कर्मचारी दिनको ५० हजार रुपैयाँ घुस आम्दानी नभए छटपटीमा पर्ने र बेलुका मदिरालयमा व्यवसायीहरूलाई सुरापान गर्न बोलाएर पीडा पोख्ने गरेका छन्। कम्तीमा दैनिक ५० हजार रुपैयाँ घुसमा पल्किएका विभागका कर्मचारीहरूमा रमेशकुमार मैनाली, जनक पन्त, ज्ञानेन्द्र शर्मा, विष्णुहरि उपाध्याय, पेशल कोइराला, भीम बस्नेत र देवराज भट्टराई लगायत छन्। यी मध्ये कतिपय शाखा परिवर्तन भएपछि दैनिक आम्दानी घट्ने चिन्तामा परेको सूत्रले बतायो।उता, विभागमा धाउने केही पत्रकारहरूका अलावा सीआइबीबाट अनुगमनमा जानेहरूलाई पनि कर्मचारीहरूले भागबण्डा दिएर भुलाउन थालेका छन्।
http://sanghu.weeklynepal.com/2013/06/11/article-item01370929031/
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis