CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » » मुक्तिनाथमा राजेशले झ्याइँ पार्ने

मुक्तिनाथमा राजेशले झ्याइँ पार्ने

rajes hamalकाठमाडौं। महानायक राजेश हमालको बिहेको चर्चा विगत एक दशकदेखि हुँदै आएको छ। आफ्नो व्यक्तिगत जीवन निकै गोप्य राखेका नायक हमालले आफ्नो सात वर्षे लामो पेम सम्बन्धबारे केही समय यता मात्र खुलासा गरे। उनको विहेको प्रसंग चल्दा, उनको नाम महिले कोमल
वलीसँग त कहिले दिपाश्रीसँग जोडिन थालेपछि उनले आफ्नी प्रेमिका मधु भट्टराईलाई स्पटलाइटमा ल्याए। यही वर्ष वैशाख महिनामा लगनगाँठो कस्ने बताएका राजेशको विहे माघ महिनाको लागि सरेको छ। आउँदो माघमा हुने विहे उनले मुक्तिनाथमा गएर गर्ने तयारी गरिराखेको स्रोतको भनाई छ। शान्त वातावरण मन पराउने भएकोले मुक्तिनाथ रोजेको हुनसक्छ। उनले आफ्ना नातेदार र इष्टमित्रलाई पनि हेलिकप्टर चार्टर गरेर मुक्तिनाथ लैजाने भएका बताइन्छ। मुक्तिनाथमा विहेको तयारी निर्माता राजेन्द्र ठकुरीले गरिराखेका छन्। उमेरले पाको नायकलाई घरपरिवारबाट गृहस्थी बसाउन निकै दबाब भइराखेको र त्यसमा पनि पनि प्रेमिका मधुले पनि माघ महिनामा जसरी भएपनि विहे गर्न दबाब दिइराखेकी बताइन्छ। लामो समयसम्म नेपाली सिनेमामा राज गरेका राजेश हिजोआज फिल्मबाट सुस्ताएका छन्। उनी अहिले फिल्म भन्दा पनि समाजसेवा र टिभी कार्यक्रममा केन्द्रित रहन थालेका छन्।
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis