तस्वीरहरुः ऋषिराम कट्टेल
नारायण पौडेल
गरेर अर्को शहर ओशाका पुग्दा समेत काम नपाएका पौडेल भन्छन्, “काम नपाएर अलपत्र परेको त्यो बेला पानी मात्र पिएर तीन दिन कटाउनु पर्यो, नेपालीले नै मलाई ठग्यो।” सालो पशुपति कँडेलको रेष्टुरेण्टमा केही समय काम गरेका पौडेल अहिले दुई महीनादेखि काम खोजिरहेका छन्।
पोखराकै चक्रपाणि सुवेदीलाई रु.१३ लाख बुझाएर जापान पुगेका ललितपुर, इमाडोलका शंकर थापा पनि आठ महीनासम्म बेरोजगार रहे। चक्रपाणिबाट पैसा फिर्ता लिन प्रयास गरिरहेका शंकर भन्छन्, “इमिग्रेसनबाट भिसा क्यान्सिल गराएपछि मात्र आधा पैसा फिर्ता दिन्छु भनेर उल्टो उसले धम्क्यायो।” मासिक २ लाख जापानी येन पाउने आश्वासनमा त्यहाँ पुगेका उनी लामो समयपछि त्यहीं रहेका आफ्नै भतिज दीपक थापाले खोलेको रेष्टुरेण्टमा काम गरिरहेका छन्। उनी भन्छन्, “भतिजले पनि रेष्टुराँ बेच्ने भन्दैछ, नेपाल फर्कौं कि भन्दैछु।”
नारायण र शंकर जस्तै रु.१२ देखि रु.१५ लाख तिरेर जापान पुगे पनि काम नपाएका वा भने जति पारिश्रमिक नपाएका थुप्रै नेपाली जापानको टोकियो वा अरू शहरमा भेटिन्छन्। कूक भिसामा जापान पुगेकाहरूले काम नपाएर अत्यन्तै कम पारिश्रमिकमा भुईं पुछ्ने र भाँडा माझने जस्ता काम गर्नुपरेको छ भने सीप नभई कूक भिसामा त्यहाँ पुगेकाहरूको दुःख अरू चर्को छ। गैरआवासीय नेपाली संघ जापानका अध्यक्ष ओम गुरुङ भन्छन्, “कूक नजानी कूक भिसामा यहाँ आएका नेपालीहरूको कन्तबिजोग छ।” (हे. बक्स) जापानी भाषा नसिकेकाहरूले काम नपाउने हुँदा भाषा र सीप नसिकी दलाललाई पैसा खुवाएर आएकाहरूले दुःख पाएको उनी बताउँछन्।
ठगी धन्दा
सुवास कँडेल।
नेपालबाट कूक लैजान मात्र रेष्टुरेण्ट खोल्नेको समूह नै जापानमा बनेको छ। उनीहरूका रेष्टुरेण्ट कूक भिसा निकाल्नासाथ बन्द हुन्छन् र अरू कूक बोलाउन नयाँ रेष्टुरेण्ट खोल्छन्। कूक भिसाकै निम्ति रेष्टुरेण्ट खोलेकाहरूको माध्यमबाट जापान पुग्दा साँच्चिकै कूकले काम पाउँदैनन् भने नक्कली कूकले त काम पाउने कुरै भएन।
टोकियोमा 'कालिका किचन' चलाइरहेका नवलपरासीका प्रेम कँडेल भन्छन्, “रु.१२ लाख कमाउनु बाहेक उनीहरूको कुनै उद्देश्य हुँदैन।” नेपाली जनसम्पर्क समिति जापानका उपाध्यक्ष पासाङ शेर्पाका अनुसार, नेपालीहरूको यो प्रवृत्ति थाहा पाएर जापान सरकारले पछिल्लो समय कूक भिसामा पनि कडाइ गर्न थालेको छ।
जापानस्थित नेपाली रेष्टुरेण्टमा काम गर्दै नेपाली कूक।
दुई वर्षअघि रु.१३ लाख तिरेर कूक भिसामा जापान पुगेका बाग्लुङ, विहुका सुवास कँडेल भन्छन्, “कूक भिसामा आएका हामी जस्ता धेरै अहिले मासु काट्ने र गाउँको खेतीमा काम गर्दैछन्।”
'ठग्ने नेपाली नै हुन्'
दक्ष कूकलाई जापान ल्याउँदा एक पैसा लाग्दैन; बरु, कूक बोलाउनेले सबै खर्च तिर्नुपर्छ। तर, रु.१२―१५ लाख लिएर बोलाउने गरिएको छ। रु.२४ लाख दलाललाई तिरेर कूक भिसामा यहाँ आएको नेपाली पनि मैले भेटेको छु। त्यसरी आएका धेरैको कन्तबिजोग छ। पहिले त कामै पाउँदैनन्, पाए पनि न्यून तलब पाउँछन्। गोरु जोतिए जसरी काम गर्दा पनि अत्यन्तै न्यून तलब पाउँदा काम छाड्न बाध्य हुन्छन्। त्यसपछि रेष्टुरेण्ट मालिकलाई अर्को रु.१२ लाख कमाउने बाटो खुल्छ।
यहाँ आउनुअघि जापानी भाषा र सीप नसिकी नआउनुस् भन्ने मेरो अनुरोध छ। भाषा र सीप भएको मानिसलाई यहाँ धेरै समस्या पर्दैन। नेपाली व्यवसायीलाई पनि दाजुभाइ नठग्न अनुरोध गर्छु।
- ऋषिराम कट्टेल जापान, टोकियो,
हिमाल खबर साभार

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !