
पोखराको नागढुंगानजिकैको चोकमा रहेको पोखराका पुराना घरहरु मध्येको एउटा घर यो सालको वर्षाले भत्किएको छ। यो पालि पोखरामा भयङ्कर वर्षा भएको छ। र, त्यही
वर्षाले यो पुरानो घरका केही भाग भत्कन पुगेको छ। पुरानो घर भएकोले ऐतिहासिक महत्वको भन्दै उपमहानगरपालिकाले यो घर भत्काउन दिएको थिएन। सडक फराकिलो पार्दासमेत यो घरलाई केही नगरी ढलसमेत घर भित्रबाट लगिएको थियो।

भत्काउन नदिए पनि संरक्षणमा ध्यान नदिएकैले त होला, घर भत्कियो।
हेर्नुस् भत्किनुअघिका केही फोटोहरु-
यसरी सडकपेटी र ढल घरभित्रबाट लगिएको थियो। सडक विस्तार हुँदा पनि यो घरलाई छुट दिइएको थियो।

घरमा पसल थियो केही वर्षअघिसम्म।
यस्तो थियो घर।
साभार : माई संसार
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !