काठमाडौं - पाल्पा बौघागुम्बा–५ का गुमानसिंह राना मलेसिया गएको ८ वर्ष भयो। उनी मलेसियातिर लाग्दा छोरा ५ वर्ष र छोरी चार महिनाका थिए। अहिले छोरा कक्षा आठमा पढ्छन्, छोरी पाँचमा। बाबा एक्कासि घर आइपुगे दुवै छोराछोरीले चिन्दैनन्। सायद बाबुले पनि।
विडम्बना, २०६२ सालमा तीन वर्षको 'वर्किङ भिसा' लिएर मलेसिया पुगेका गुमानसिंह परिवारको सम्पर्कमा छैनन्। सुरुका चार वर्ष पत्नी र छोराछोरीसँग नियमित टेलिफोन सम्पर्कमा रहेका गुमानसिंह एकाएक सम्पर्कविहीन भए। उनी कहाँ छन्, के गर्दैछन्, परिवारलाई पत्तो छैन। मलेसियामा सँगै काम गर्ने साथीभाइ फर्केर आइसके। तिनले पनि केही खबर ल्याएनन्। यसबीच पाल्पामा रहेका उनकी आमा सिकिस्त बिरामी भइन्, बुबालाई प्यारालाइसिस भयो तर उनी फर्केनन्।
तै आस मरिसकेको छैन। गुमानसिंहकी पत्नी छलिसरा दैनिक उनकै बाटो हेर्छिन्।'उहाँ (गुमानसिंह) सँग कुराकानी नभएको चार वर्ष भयो। भिसा सकिएपछि फर्किनु भनेको थिएँ, उतै बस्नुभो। अहिले कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, केही पत्तो छैन। सँगै काम गर्ने साथीहरू लुकेर काम गरिराख्नुभाछ भन्छन्। उहाँले भने फोनै गर्नुभको छैन,' गला अवरुद्ध भएपछि छलिसरा रोकिइन्।
सम्पर्कविहीन भएको चार वर्षसम्म पति घर नफर्केपछि छलीसराले जीवनसाथी खोजी गरिदिन आप्रवासी नेपाली समन्वय समितिलाई आग्रह गरेकी छन्।
छलिसरा मात्र होइन, मलेसियामा बेपत्ता भएका आफ्ना छोरा, पति, बुवा खोजिदिन आग्रह गर्दै समितिमा निवेदन दिनेको संख्या ६ हजार नाघेको छ। पाल्पा जिल्लाबाट मात्र ३४ निवेदन परेका छन्।
झापा दमक–६ का कमल दवाडी २०६१ सालमा मलेसिया लागेका थिए। जाँदा १६ महिने छोरीको फोटो साथै लिएर गएका उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र पसेदेखि परिवारको सम्पर्कमा छैनन्।
सँगै गएका साथीहरू 'मलेसिया पुगेलगत्तै कमल भागेर अर्कै कम्पनीमा गएपछि सम्पर्क नभएको' बताउँछन्। त्यसपछि उनलाई 'मलेसियामा देखेँ' भन्ने आजसम्म कोही भेटिएको छैन। उनलाई निर्मल न्यौपाने भन्ने एजेन्टले एसओएस म्यानपावर कम्पनीबाट मलेसिया पठाएका थिए। उनको अवस्था बुझ्न फोन गर्दा एजेन्ट निर्मल सम्पर्कमै आएनन्।
एक दिन एमाले नेता केपी ओली उनको गाउँ पुगेका थिए। कमलकी श्रीमती शकुन्तलाले त्यही बेला नेता ओलीसँग आफ्नो व्यथा सुनाउँदै सहयोगको याचना गरिन्। काठमाडौं पुगेपछि सहयोग गर्ने बचन दिई ओली फर्किए। काठमाडौं फर्केपछि उनले पनि बिर्से।
'मेरो बाबा कहिले फर्किनुहुन्छ भनेर छोरी सधैं सोधिरहन्छे,' श्रीमान फर्कने आसमा रहेकी शकुन्तलाले निवेदनमा लेखेकी छन्, 'कहिलेकाहीँ मेरो श्रीमानलाई पठाउने म्यानपावरमा गएर आत्महत्या गरुँ कि जस्तो लाग्छ। छोरी सम्झेपछि यस्तो विचार मनबाट हट्छ।'
कमलकी छोरी अनुशा ११ वर्षकी भइन्। बुवा मलेसिया गएको उनले हजुरआमाको मुखबाट सुन्दै आएकी छन्। उनका साथीभाइ सोध्ने गर्छन्, 'तिम्रो बुवा धेरै पैसा कमाएर कहिले आउनुहुन्छ?' उनीसँग कुनै जवाफ छैन।
'हजुरआमा तिमी नै मेरो छोरा हो भन्नुहुन्छ। म केवल तिम्रै लागि बाँचेकी छु छोरी, आमा भन्नुहुन्छ,' समितिलाई दिएको पत्रमा अुनशाले लेखेकी छन्।
झापाको दमक नगरपालिकाबाट मात्र १३ जनाले मलेसियामा बेपत्ता भएका आफन्त खोजिदिन समितिमा निवेदन दिएका छन्। मलेसिया पुगेर बेपत्ता हुनेहरू पाल्पा र झापामा मात्र सीमित छैनन्। देशका ७५ वटै जिल्लाबाट कसैका छोरा, कसैका श्रीमान् त कसैका बुवा मलेसियामा हराइरहेका छन्। मोरङको एउटै सिजुवा गाविसका मात्र १ सय ३० जना मलेसियामा बेपत्ता छन्। उनीहरू सबैका परिवार समिति धाएका धायै छन्। सरकारले भने उनीहरूलाई खोज्नु त परको कुरा, हराएकाको तथ्यांकसमेत राख्न भ्याएको छैन।
'वैदेशिक रोजगार सिलसिलामा मलेसिया पुगेर बेपत्ता तथा परिवारको सम्पर्कमा नआउनेको संख्या हाम्रो अध्ययनले ६ हजार २ सय देखाउँछ,' मलेसियामा हराइरहेका नेपालीको अनुसन्धानमा सन् २००९ देखि संलग्न आप्रवासी नेपाली समन्वय समितिका अध्यक्ष महेन्द्र पाण्डेले नागरिकसँग भने, 'यीमध्ये १ हजार २ सय बेपत्ता छन्। न उनीहरू परिवारको सम्पर्कमा छन्, न मलेसियामा खोज्दा नै भेटिन्छन्। उनीहरू मरे कि बाँचेका छन्, पत्तो छैन।'
समितिले बेपत्ता तथा सम्पर्कविहिन रहेकाको खोजी गर्न बारम्बार मलेसिया र नेपालस्थित उनीहरूका घर पुगेर तथ्यांक संकलन गर्ने गरेको छ। समितिको अनुसन्धानअनुसार परिवारसँग सम्पर्कमा नरहेका झन्डै ५ हजारले विदेशी महिलासँग बिहे गरी घरजम गरेका छन्।
'त्यसमध्ये २ हजार नेपालमा बिहे गरी परिवार भएकाहरू छन्,' अध्यक्ष पाण्डेले भने, 'नेपालमा रहेका आफन्तले उताको बिहेवारी थाहा पाउलान् भनेरै उनीहरू सम्पर्कबाहिर बसेका हुन्।'
मलेसियामा बिहे गरी बसेका नेपालीमध्ये ९० प्रतिशतले इन्डोनेसियन केटीसँग घरजम गरेको अनुसन्धानले देखाएको छ। बाँकी १० प्रतिशतले फिलिपिनो र अन्यसँग बिहे गरेका छन्। उनीहरू अधिकांश मलेसियामै लुकेर बसेका छन् भने कोही श्रीमतीको देशमा बसोबास गरिरहेको पाण्डेले जानकारी दिए। अनुसन्धान क्रममा एक नेपाली इन्डोनेसियामा हलो जोत्दै गरेको भेटिएका थिए। मलेसिया गई बेपत्ता तथा सम्पर्कविहिन हुनेमा २५ वर्षअघि पुगेकासम्म छन्।
सन् २०१२ मा प्रकाशित एक मलेसियन अखबारले त्यहाँ लगभग ११ हजार नेपाली कामदार हराइरहेको उल्लेख गरेको थियो। अध्यक्ष पाण्डेले भने पत्रिकाले उल्लेख गरेको संख्या आफ्नो अनुसन्धानमा नभेटिएको बताए। उक्त अखबारले मलेसियाका १३ राज्यमध्ये सबहामा मात्र नेपालीलगायत आप्रवासी कामदारले बिहे गरी जन्माएका बच्चाको संख्या ३६ हजार उल्लेख गरेको थियो।
'मलेसिया पुगेका कामदार उतै बिहे गरी स्वदेश नफर्कंदा उनीहरूका परिवारले विभिन्न आर्थिक तथा सामाजिक समस्या भोग्नुपरेको छ,' अनुसन्धानको निष्कर्ष उनले सुनाए।
मलेसिया पुगेर परिवारसँग सम्पर्कविहिन हुनेहरू तीन किसिमका भएको अनुसन्धानमा उल्लेख छ। पहिलो, 'केटी जिस्काइयो, लभ पर्योि, बिहे गरियो, बच्चा जन्मियो अनि यतै भुलियो' भन्नेहरू। दोस्रो, 'घरबाट खाली पैसा–पैसा भन्छन्, बरु सम्पर्कै नगरी यतै बसे ढुक्कै' भन्नेहरू। तेस्रोमा 'इच्छा नहुँदानहुँदै फसियो' भन्नेहरू छन्।
हालसम्म सम्पर्कविहिन बसेका १७ जनालाई मात्र नेपाल फर्काउन सकिएको अध्यक्ष पाण्डेले जानकारी दिए। अनुसन्धान चरण सकिएकाले सम्पर्कविहिन बसेकालाई स्वदेश फर्काउन आउँदो सेप्टेम्बरबाट मलेसियाका ९ राज्यमा विशेष अभियान चलाइने उनले बताए। अवैध रूपमा बस्दै आएकालाई समेत स्वदेश फर्काउन मलेसियाको बार एसोसिएसनसँग समझदारी गर्न लागेको उनले जनाए।
'सन् २०१४ भित्र परिवारसँग सम्पर्कविहिन बनेका दुई हजारलाई नेपाल फर्काउने हाम्रो लक्ष्य छ,' अध्यक्ष पाण्डेले भने, 'उनीहरूसँग फर्कन पैसा छैन भने त्यसको व्यवस्थासमेत हामी मिलाउँछौ।'
सरकारी तथ्यांकअनुसार वैदेशिक रोजगारका लागि मलेसिया नेपालीहरूको आकर्षक गन्तव्य हो। वैदेशिक रोजगार सिलसिलामा हालसम्म सबभन्दा बढी नेपाली मलेसिया पुगेका छन्। आर्थिक वर्ष २०६९/७० सम्म श्रम स्वीकृति लिई मलेसिया जानेको संख्या ९ लाख ३२ हजार १ सय ५२ रहेको वैदेशिक रोजगार विभागले जनाएको छ। यीमध्ये ६ हजार २ सय बेपत्ता तथा परिवारसँग सम्पर्कविहिन छन्।
गत आर्थिक वर्षमात्र श्रम स्वीकृति लिई १ लाख ५८ हजार २ सय १२ जना नेपाली मलेसिया पुगेका थिए। वैदेशिक रोजगार सिलसिलामा आर्थिक वर्ष २०५०/५१ देखि हालसम्म श्रम स्वीकृति लिई २९ लाख १९ हजार २ सय ४२ जना नेपाली विभिन्न देश पुगेका छन्।

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !