हामी विदेशका जासुसी संस्थाबारे खुबै कुरा सुन्छौँ। भारतको ‘र’, पाकिस्तानको ‘आइएसआइ’ बारम्बार समाचारमा आइरहेको हुन्छ। फिल्महरुमा पनि ‘र’ र ‘आइएसआइ’ देखाइएको हुन्छ। अमेरिकाको सिआइए, बेलायतको एमआई फाइभको त झन् के कुरा गराइ भो र। हाम्रो नेपालको राष्ट्रिय
अनुसन्धान विभागको हालखबर चाहिँ के छ त ?
अहिले भइरहेको नेपाल साहित्य महोत्सवको अपराध लेखन सत्रमा एक दर्शकले यही प्रश्न एसएसपी रमेश खरेलसँग राख्दा उनले भने- यो त अहिले निस्क्रिय जस्तै अवस्थामा छ। ‘२०४६ सालपछि यसमा चरम राजनीतिकरण छिर्यो, नेताहरु, इलिटहरुले आफ्ना मान्छे भर्ना गर्ने भाँडो बनाए’, उनले भने।
‘हेर्नुस् न अब दाङका मान्छे मात्रै धेरै राष्ट्रिय अनुसन्धान विभागमा। अनि कसरी यो निस्क्रिय हुँदैन ? ऊ कोप्रति वफादार हुन्छ ? दाङकै मान्छेप्रति वफादार हुन्छ, सय किलो फूलको माला लगाउनेप्रति वफादार हुन्छ’, एसएसपी खरेलले नामै नलिई खुमबहादुर खड्काको यसरी आलोचना गरे।
सुन्नुस् उनको भनाईका अंश भिडियोमा-
यसमा कान्तिपुर संवाददाता सरोजराज अधिकारी र नागरिक संवाददाता केपी ढुंगानाको पनि प्रतिक्रिया सुन्न सकिन्छ।
यसमा कान्तिपुर संवाददाता सरोजराज अधिकारी र नागरिक संवाददाता केपी ढुंगानाको पनि प्रतिक्रिया सुन्न सकिन्छ।
साभार : माई संसार

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !