CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » रूखो र अशिष्ट प्रहरी ... किन ?

रूखो र अशिष्ट प्रहरी ... किन ?


  • अप्रिय व्यवहार र हेपाहा प्रवृत्ति मूल समस्या


बबरमहलस्थित प्रमुख जिल्ला अधिकारीको कार्यालयको प्रवेशद्वार, ६ कात्तिक अपराह्न ४.१० बजे। कुर्सीमा बसेका भण्डारी थरका एक प्रहरी हबलदार टेलिफोनमा व्यस्त छन्। सामान्य पहिरनका एक अधबँैसे निमित्त प्रमुख जिल्ला अधिकारी गोविन्दमणि भूर्तेलको कार्यकक्षको ढोका उघार्न पुग्छन्। टेलिफोनमा व्यस्त हबलदार कड्किन्छन्, "को हो ? किन त्यो ढोका खोलेको ?" "सर, एउटा तोक लगाउनु थियो," कीर्तिपुरबाट आएको बताउने ती अधबँैसे ढोका खोल्न छाडेर उनीतिर
फर्किएर जवाफ दिन्छन्। प्रहरी हबलदार च्याँट्ठिन्छन्, "यहाँ पुलिस देखिएन ? सोध्नु छैन, बुझ्नु छैन। हुन्छ नि तरकिा...।" उनको बरबराहट एकछिन चलिरहन्छ।

प्रजिअको कार्यकक्षबाहिर रहेका मानिस ती आक्रोशित प्रहरीको भावभंगिमामा आफ्नो नजर पुर्‍याउँछन्। त्यसपछि केही मत्थर भएका हबलदार भन्छन्, "ऊ त्यहाँ बस्नू। सीडीओ साप अहिले व्यस्त हुनुहुन्छ। सरासर जान कसले आदेश दियो ?"

- "ओइ, रोक...रोक...।" चालकले मोटरसाइकल रोक्छन्। "खोइ लाइसेन्स, ब्लुबुक ?" प्रहरीले सोध्छन्। "सर, कपाल काटेर आएको। घर नजिकै छ। लाइसेन्स बोकेको छैन। ब्लुबुकचाहिँ छ," चालकले जवाफ दिन्छन्। "ब्लुबुक निकाल्।" चालकले ब्लुबुक निकाल्छन्। त्यसलाई ओल्टाइपल्टाइ गरेपछि प्रहरी भन्छन्, "नक्कली रहेछ।" "नक्कली होइन सर। नोटरी पब्लिकले प्रमाणित गरििदएको हो," चालक अनुनय गर्छन्। प्रहरी फेर िकड्किन्छन्, "साले, नक्कली ब्लुबुक बोकेर नोटरी पब्लिकले प्रमाणित गरििदएको भन्ने ? मोटरसाइकल यहीँ राखेर लाइसेन्स र ब्लुबुक लिएर आउने कि बानेश्वर लगेर जाकिदिऊँ।"

९ असोज अपराह्न २ बजे मीनभवन-कोटेश्वर जोड्ने पुलछेउ देखिएको दृश्य हो यो। बा ५६ प १५०० नम्बरको मोटरसाइकलमा सवार सरोज गुभाजुलाई महानगरीय प्रहरी वृत्त बानेश्वरबाट गस्तीमा खटेका एक हबलदार तथा दुई जवान यसै गरी हायलकायल पाररिहेका थिए। एनसीआईटी कलेज, बालकुमारीमा स्नातक दोस्रो वर्षमा अध्यनरत गुभाजु र प्रहरीबीच संवाद चलिरहँदा पातलो ज्यानका एक जवान त हातपात गराँैलाझैँ गरी प्रस्तुत भए। अन्त्यमा चेतावनीको भाषामा भनियो, "आगामी दिनमा यसरी भेटियो भने छाडिन्न। एकपटकलाई माफ पाइस्। ल जा।"

प्रहरी आचरण र व्यवहार निम्न स्तरको छ भन्ने बुझाउने प्रतिनिधि घटना हुन् यी। प्रहरी व्यवहार र जनताप्रति उनीहरूको मनोविज्ञान बुझ्न यी दृश्य पर्याप्त छन्। सामान्यतया प्रहरीले अधिकांश नागरकिसँग गर्ने व्यवहार रूखो नै हुन्छ। परण्िााम, प्रहरीप्रति आमनागरकिको मनमा सम्मान होइन, त्रासको मनोविज्ञान हावी हुन पुगेको छ। नागरकिप्रति अपि्रय व्यवहार गरनिुको कारण के हो त ? बर्दी पहिरएिपछि जे गरे पनि हुन्छ भन्ने मनोविज्ञान वा आफूलाई फरक देखाउने शैली ?

सशस्त्र प्रहरी बलका पूर्वअतिरत्तिm महानिरीक्षक -एआईजी) रविराज थापाका भनाइमा प्रहरी आफूलाई सेवकभन्दा बढी शासक ठान्छन्। "जसले गर्दा उसले सर्वसाधारणसँग रफ व्यवहार गर्न पुग्छ," थापा भन्छन्। बेलायतीले भारतमा शासन गर्न थालेपछि त्यहीँका नागरकिलाई प्रहरीमा नियुक्त गरेर सर्वसाधारणलाई तह लगाउन सिकाइयो। 'तँ अरूलाई दबाउन, ठोक्न बसेको होस्, मैले जे भने पनि मान्' भन्ने अवधारणा अन्तर्गत सुरुआती दिनमा नेपाल प्रहरी पनि भारतबाटै प्रशिक्षित भयो। त्यस समयको मानसिकता अहिलेसम्म हट्न सकेको छैन। "संगठनभित्र कहाँ कहाँ त्रुटि छन् भनेर प्रहरी नेतृत्वले वर्क आउट गर्न सकेको छैन। राजनीतीकरणले थिलथिलो छ," थापा भन्छन्, "तल्लो तहमाथि चर्को शोषण छ। यी सबै कारणले प्रहरीको व्यवहार अपि्रय भएको हो।"

आफूहरूले तिरेको करबाट तलब खाएको हुनाले प्रहरीले सम्मानजनक व्यवहार गरोस् भन्ने नागरकिको चाहना हुनु अस्वाभाविक होइन। प्रहरीले चाहिँ त्यसविपरीतका स्वभाव देखाउँछन्। पछिल्लो समयमा सर्वसाधारणको मन जित्न भन्दै प्रहरीले नारा तय गरेको छ, 'मुस्कानसहितको प्रहरी सेवा।' तर, केही अपवादबाहेक त्यो केवल नारामै सीमित छ। प्रहरी व्यवहार यति तल्लो स्तरको छ कि अरूलाई अपहेलना गर्दै अशिष्ट शब्द बोल्दा रोमाञ्च महसुस गरेको प्रस्टै बुझ्न सकिन्छ। कतिसम्म भने प्रहरीले असामान्य कुरालाई सामान्य बनाएर टुंग्याइदिनुको साटो सामान्य विषयलाई असामान्य बनाएका घटना बग्रेल्ती छन्।

प्रहरी आचरणप्रति सर्वसाधारण विश्वस्त छैनन् भन्ने तथ्य प्रहरी स्वयंले गरेको सर्वेक्षणले समेत देखाएको छ। महानगरीय प्रहरी वृत्त बानेश्वरले करबि दुई महिनाअघि 'अपराधरहित समाज निर्माणमा तपाइर्ंको योगदान' शीर्षकमा ११ वटा प्रश्न राखेर आफ्नो क्षेत्रमा झन्डै तीन सयवटा फाराम वितरण गरेको थियो। जसमा 'तपाईंको टोलमा अनावश्यक होहल्ला गर्ने मानिस वा समूह छन् ? छन् भने को को हुन् ? गुन्डागर्दीमा संलग्न मानिस तथा समूह छन् ? छन् भने को को हुन् ?' जस्ता प्रश्न समावेश थिए। उत्तर भर्नेमध्ये धेरैले 'छन् तर भन्न चाहन्नँ' उल्लेख गरेका छन्। यति मात्र होइन, विवरणमा यसको कारण खोतल्दै उल्लेख गरएिको छ, 'किनभने, प्रहरीले पक्राउ गरे पनि कारबाही गर्दैन। घूस खाएर छोडिदिन्छ। गुन्डाहरूसँगै मिलेर दुःख दिन्छ।' प्रहरीप्रति आमजनताको धारणा प्रतिविम्बित गर्छ, यो सर्वेक्षणले।



तालिममै समस्या

पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) गोविन्दप्रसाद थापाको अनुभवमा खास गरी तीन कारणले प्रहरीले सर्वसाधारणसँग गर्ने व्यवहार अशिष्ट हुन्छ। पहिलो, प्रहरीलाई तालिमका क्रममा हुने व्यवहार। तालिममा प्रशिक्षार्थीहरूसँग यति क्षुद्र व्यवहार गरिन्छ कि उनीहरूले त्यसको रसि पछि कार्यक्षेत्रमा गएर जनतामाथि पोख्छन्। दोस्रो, आशंकित व्यक्तिलाई सोधपुछदेखि नै अपराधी नै हो भन्ने धारणा बनाएर व्यवहार सुरु गर्छन्, जसले गर्दा उनीहरू जो कसैसँग पूर्वाग्रही हुन्छन्। तेस्रो, नेपाली संस्कार अनुसार सरकारी सेवामा कार्यरतहरूले जनतालाई उपेक्षाको नजरले हेर्छन्। "प्रहरी पनि अपवाद हुने कुरै भएन," थापा भन्छन्, "बर्दी लगाएपछि कतिपय प्रहरीले मेरो दायित्व अरूको भन्दा बढी छ भन्ने कम सोच्छन्। बरू अरूलाई हेप्दा पनि हुन्छ भन्ने सोच विकास गरेको पाइन्छ।"

तालिममा गरनिे व्यवहारले 'फिल्ड'मा प्रभाव पानर्ेे नै भयो। कस्तो हुन्छ त अशिष्ट व्यवहार सिकाउने प्रहरी तालिम ? भर्खरै भरतपुर तालिम केन्द्र, चितवनबाट तालिम सिध्याएका एक जवानका भनाइमा तालिम गराउँदा एकदमै नमीठा शब्दहरू बर्साइन्छन्। कतिसम्म भने गाली सुन्दा तालिम नै छाडेर हिडौँ भन्नेसम्मको पीडा हुन्छ। ती जवान भन्छन्, "शालीनतापूर्वक प्रस्तुत हुने मानिस पनि तालिम गर्दा गर्दै गाली गर्न र फोहर शब्द बोल्न अभ्यस्त भइसक्छ।"

प्रहरीमा जवान, असई (सहायक निरीक्षक) र इन्स्पेक्टर (निरीक्षक)को तीन तहमा भर्ना लिइन्छ। तालिम गराउनका लागि तालिम निर्देशनालय नै छ। तर, तालिमचाहिँ जवान र हबलदारले गराउँछन्, जसलाई 'गुरु बा' भनिन्छ।

त्यति मात्र होइन, तालिम सकिएपछि पनि माथिल्ला तहका अधिकृतहरूले तल्ला तहकाहरूलाई गर्ने व्यवहार हेपाहा खालको भइसकेको हुन्छ। खास गरी सबैजसो उपल्ला तहकाहरूले जवानहरूलाई 'तँ', 'केटा' आदि शब्दले सम्बोधन गर्छन्। माथिल्ला अधिकृतहरूले गरेको व्यवहारको पुनरावृत्ति तल्ला तहका प्रहरीले नागरकिसँगको व्यवहारमा गर्छन्।

संगठनभित्रै तालिम अघि र पछि हुने व्यवहार त छँदै छ, त्यसअघिको भर्ना छनोटले पनि प्रहरीको व्यवहार असभ्य भएको बताउँछन् जानकारहरू। किनभने, प्रहरीमा योग्यभन्दा भनसुनका आधारमा छनोट गर्ने प्रवृत्ति हावी छ। बुझ्न गाह्रो छैन, भनसुनका भरमा सेवा प्रवेश गरेकाहरू नागरकिभन्दा आफूलाई जागिर दिलाइदिनेप्रति बफादार हुन्छन्। माथिकालाई रिझाए तलकालाई जे गरे पनि हुन्छ भन्ने उनीहरूको मानसिकता हुन्छ।

नागरकिसँग सबैभन्दा निकट हुने सरकारी निकाय हो प्रहरी। यसर्थ, उसबाट नागरकिले शिष्ट व्यवहारको अपेक्षा राख्नु स्वाभाविकै हो। खास गरी पीडित नभई वा मर्कामा नपरी प्रहरीको दैलो ढकढक्याउन कोही जाँदैनन्। प्रहरीनिकट पुग्दा रसिलो बोलीबचन, नरम आश्वासन र कारबाहीप्रति कडा प्रतिबद्धता मात्र जनाइदिए पनि नागरिकहरू प्रहरीप्रति सकारात्मक धारणा लिएर र्फकन्छन्। तर, प्रहरीको समीपमा पुगेदेखि नै रूखो बोली सुरु हुन्छ। शिष्ट व्यवहारपछि मात्र आश्वासन र कारबाहीप्रति प्रतिबद्धताको पाटो आउँछ। अशिष्ट व्यवहार गरेपछि जतिसुकै आश्वासन दिए पनि मानिस निराश हुन्छन्। सुरक्षा मामिलाका अध्येता चिरनजंग थापाको ठम्याइमा प्रहरीको बोलीवचनलाई ५० प्रतिशत, आश्वासनलाई २५ प्रतिशत र कारबाहीप्रतिको ढाडसलाई २५ प्रतिशतले विभाजन गरेर हेर्नुपर्ने हुन्छ। तर, प्रहरीको नजिक पर्नासाथ पहिलो पक्षले नै निराश बनाउँछ।

प्रहरी आचरणलाई नजिकबाट नियालेका पूर्वमन्त्री राधाकृष्ण मैनाली, जो ०२८ सालमा प्रहरीबाट पक्राउ परी संयोगले बाँचेका र १६ वर्ष जेल बसेका राजनीतिज्ञ हुन्, भन्छन्, "हामी जनताका सेवक हौँ भन्नेभन्दा कानुन हातमा लिएर शासन गर्ने शासक हौँ भन्ने सिकाइएकाले प्रहरी अशिष्ट भएका हुन्। समाजका दमितहरू प्रहरी सेवामा प्रवेश गरे, हाकिमले आफूमाथि गरेको अनादरको बदला तल्ला पदमा कार्यरतहरूले सर्वसाधारणलाई गाली गरेर लिन्छन्।"

प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक (डीआईजी) नवराज सिलवालचाहिँ व्यवहार शिष्ट बनाउनकै लागि भर्ना छनोटलाई पारदर्शी बनाउन थालेको दाबी गर्छन्। भन्छन्, "राम्रा भन्दा हाम्रा छिराउने प्रवृत्तिले पनि कतिपय प्रहरीको आचरण गलत भएको महसुस हामीले गरेका छौँ। त्यसैले हाम्रा घुसाउने प्रवृत्ति अन्त्य गर्न लागिपरेका छौँ।"



प्रमुखपिच्छेका व्यवहार

हुन त नेपाल प्रहरी अझसम्म पनि संस्थागत नभएर व्यक्तिगत स्वभाव र निर्देशनका आधारमा परचिालित छ। जस्तो कि, हालका प्रहरी महानिरीक्षक कुवेरसिंह रानाले महानगरीय प्रहरी आयुक्त छँदा मुस्कानसहितको प्रहरी अवधारणा ल्याए। जसको उद्देश्य प्रहरी व्यवहार शिष्ट बनाउनु थियो। तर, अहिले त्यो अवधारणा अलपत्र छ। त्यसबारेमा उनी आफैँलाई पनि हेक्का नहुन सक्छ।

कतिपय नायब उपरीक्षक (डीएसपी) उपरीक्षक (एसपी) कार्यालय प्रमुख भएर गएसँगै एउटा नियम बनाउँछन्। तर, सरुवासँगै त्यो नियम बेवारसिे बन्छ। चिरनजंग थापा भन्छन्, "अधिकांश प्रहरी हाकिमको तजबिजी अधिकारबाट चल्ने भएकाले पनि हाकिम जस्ता आएका छन्, सर्वसाधारणसँग त्यस्तै व्यवहार गर्छन्।"

 खास गरी राती चेकजाँचमा बसेका प्रहरीसँग दोहोरो संवाद गर्नु दुःख पाउनु हो भन्ने आमधारणा छ। प्रहरी व्यवहार मान्छे हेरेर, अझ उसको परचिय जानेको अवस्थामा बेग्लै हुन्छ। जस्तो ः प्रहरीको अशिष्टताबाट वाक्क भएका नेपाल कवाडी संघका अध्यक्ष पञ्च तामाङसँग जोडिएको घटनालाई नै लिऔँ। ११ साउनमा उनले डीएसपी तेजेन्द्र पौडेलसँग बदला नै लिए। कवाडी संकलन गरेर ल्याउँदा प्रहरीले दिनहुँ हेपाहा व्यवहार गर्ने, कवाडीमा आएका राम्रा सामान र पैसा मागेर दिक्क बनाउने गरेपछि आफूहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोग गुहारेको तामाङ बताउँछन्। भन्छन्, "प्रहरीले हामीलाई दिनहुँ यिनीहरूलाई जे गरे पनि हुन्छ भनेझैँ दुव्र्यवहार गर्छन्, पैसा माग्छन्। त्यसैले अख्तियारलाई गुहारेको।" पछि कलंकीस्थित रामेछाप भोजनालयमा ३५ हजार रुपियाँ घूस लिँदा लिँदै आयोगको टोलीले डीएसपी पौडेललाई नियन्त्रणमा लिएको थियो।

सुरक्षा मामिलामा कलम चलाउने पत्रकार टीकाराम राईका शब्दमा सामन्ती संस्कारको प्रभावका कारण प्रहरी व्यवहार असभ्य छ। भन्छन्, "तालिम दिने क्रममा सबैलाई त्रासबाट ठीक लगाउनुपर्छ भन्ने मनोविज्ञान प्रहरीमा घुसाइन्छ। त्यसैले प्रहरीको बोलीवचन शिष्ट नभएको हो।" प्रहरीको आचरण र व्यवहार बदल्ने, भाषाको स्तरोन्नति गर्ने हो भने राज्यले पर्याप्त लगानी गर्नुपर्ने उनको ठम्याइ छ।

नेपाल प्रहरीका पूर्वएआईजी अनन्तराम भट्टराई राजनीतिक भ्रष्टीकरणका कारण प्रहरी आचरणमा त्यसको छाप परेको बताउँछन्। भन्छन्, "प्रहरीमा देखिएको समस्या राजनीतिक दबाब र दण्डहीनताको विम्ब हो। तर, एकाध घटनालाई हेरेर सबै प्रहरीको व्यवहार अशिष्ट छ भनेर सामान्यीकरण गर्नुहुन्न।"

महानगरीय प्रहरी आयुक्त, एआईजी नवराज ढकालचाहिँ तनाव, कामको चाप र दबाबका कारण कहिलेकाहीँ असभ्य व्यवहार हुने तर्क गर्छन्। भन्छन्, "कतिपय अवस्थामा कानुन कार्यान्वयन गर्न/गराउन बल प्रयोग गर्नुपर्ने हुन्छ। यस्तो बेला प्रहरीले दुव्र्यवहार गर्‍यो भन्ने आरोप लाग्छ।" उनका अनुसार पछिल्लो समयमा प्रहरीको आचरण र व्यवहार शिष्ट बनाउने कुरालाई प्राथमिकतामा राखिएको छ। अशिष्ट व्यवहार देखाउनेविरुद्ध गुनासो आए छानबिन गरी कारबाही हुने र भइरहेको ढकाल बताउँछन्। तर, दुव्र्यवहार गर्ने र असभ्यतापूर्वक प्रस्तुत हुने प्रहरीमाथि कारबाही भएको उदाहरण उनीसँग छैन।

प्रहरीलाई आफ्नो व्यवहारले आमजनताको मन जित्न नसकेको जानकारी नभएको होइन। त्यसैले नागरकिमाथि हुने व्यवहारदेखि अन्य गुनासो सुन्न प्रत्येक प्रहरी कार्यालयमा गुनासो पेटिका पनि राखिएका छन्। तर, त्यहाँ उजुरी पर्दैनन्। त्यसको कारणबारे प्रहरी स्वयं नै जानकार छ। त्यो हो, गुनासो गरे पनि कारबाही हुँदैन भन्ने आममान्यता। महानगरीय प्रहरी वृत्त बानेश्वरका डीएसपी रेवती ढकालको अनुभव छ, "खासै कारबाही हुँदैन भनेर होला, धेरै गुनासा आउँदैनन्।"

मानव अधिकारलगायत सामाजिकीकरणसम्बन्धी प्रशिक्षण र तालिमको कमीले पनि प्रहरी उत्तेजित रूपमा प्रस्तुत भइरहेको अनुभव प्रहरी अधिकारीहरूको छ। बहुसंख्यक प्रहरी नरम र शिष्ट भएर प्रस्तुत भए अरूले हेप्छन् भन्ने मानसिकतामा छन्। प्रहरी प्रवक्ता सिलवालको भनाइमा समाजको नकारात्मक प्रवृत्तिको छाप प्रहरीमा पनि परेको हो। भन्छन् "रवाफ देखाउने, अरूलाई हेप्ने र पैसा कमाउने सोचले प्रहरी सेवा प्रवेश गर्नेहरू पनि होलान्। तर, प्रहरीको अपि्रय प्रवृत्तिलाई बिस्तारै सफा गर्दै कुहिएका आलु फालेर सद्दे आलु जोगाउने प्रक्रियामा छौँ।" तर, के मुखले भनेर मात्र प्रहरी आचरण सुधि्रएला र ?





देखाउने दाँत

प्रहरीको आचरण, प्रस्तुति र व्यवहारबारे अध्ययन गर्न प्रहरी प्रधान कार्यालयले प्रहरी वरष्िठ उपरीक्षक -एसएसपी)को नेतृत्वमा उजुरी छानबिन समिति गठन गरेको छ, जसले बेलाबेलामा छड्के चेकजाँच गर्ने प्रहरी अधिकारीहरू बताउँछन्। तर, हालसम्म सप्रमाण नियन्त्रणमा लिएर कसैलाई पनि नसियत दिएको छैन। यसर्थ, यो एकाइ कार्यक्षेत्रमा खटिएका प्रहरीको आचरण सुधार्नभन्दा देखाउन मात्र गठन गरएिको भन्ने भान पर्छ।

आचरणविपरीत कार्य गरेको अभियोगमा आर्थिक वर्ष ०६९/७० मा १ हजार ८ सय ३९ प्रहरीलाई प्रधान कार्यालयले बर्खास्ती, निलम्बन, ग्रेड रोक्कालगायत कारबाही गरेको छ। यति धेरै प्रहरी कारबाहीको भागीदार भए पनि जनतासँग अशिष्ट व्यवहार गरेकामा एक जना पनि कारबाहीमा परेका छैनन्। प्रहरी संगठनले भन्दा बरू अदालतले प्रहरीको त्रुटि औँल्याइदिएको छ।

उदाहरणका लागि बुटवल इलाका प्रहरी कार्यालयका तत्कालीन निरीक्षक रामेश्वर कार्की र स्थानीय चौकीका तत्कालीन असई होमनाथ अधिकारीले स्थानीय एक किशोरलाई पक्राउ गरी चरम यातना दिएको अभियोगमा रूपन्देही जिल्ला अदालतमा मुद्दा परेको थियो। सामान्य विषयमै प्रहरी कार्यालयमा ल्याएर जथाभावी गालीगलौज गर्दै मरणासन्न हुने गरी कुटपिट गरेको भन्दै मुक्त भएपछि ती युवाले प्रहरीद्वयविरुद्ध अदालतमा मुद्दा दायर गरे। ११ असार ०७० मा न्यायाधीश बोलेन्द्र रूपाखेतीको इजलासले निरीक्षक कार्की र असई अधिकारीलाई विभागीय कारबाही गर्न फैसला गर्‍यो। र, उनीहरू कारबाहीका भागीदार भए।

साभार : नेपाल 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis