। कारण, उनीहरूको धर्ममा महिलाले फोटो खिच्नु र खिचाउनु वर्जित रहेछ। प्रार्थनास्थल पनि पुरुष र महिलाका लागि भिन्नाभिन्नै हँुदो रहेछ। पुरुषलाई महिलाको प्रार्थना गर्ने ठाउँमा जानसमेत बन्देज रहेछ।
र्फकने क्रममा मस्जिद प्रांगणमा थियाँै। बाहिरसम्म छाड्न आएका पदाधिकारीहरूले लामो समयदेखि नेपालमा शरणार्थीका रूपमा रहेका पाकिस्तानीलाई नेपाल सरकार र अन्तर्राष्ट्रिय संघसंस्थाले विभेदपूर्ण व्यवहार गरेको गुनासो गरे। सबैको गुनासो उही थियो- हामी न पाकिस्तानी रह्याँै, न नेपालमा शरणार्थीर् नै हुन सक्याँै। हामीसँग परचिय खुल्ने कागजात पनि छैन। त्यसैले नेपालमा काम गर्न वा लगानी गर्न पनि गाह्रो छ।
मस्जिदको प्रांगणमा मोटरसाइकल खचाखच थिए। सहकर्मी साथीले सोधे, "तपाइर्ंहरू मोटरसाइकल कसरी किन्नुहुन्छ त ?" यस्तो प्रश्नले उनीहरू अलमलमा परे। एक युवकले फुर्तिलो स्वरमा मिल्ने नेपाली साथीको नाममा मोटरसाइकल किन्ने गरेको जवाफ दिए। भने, "हम अपने अच्छे नेपाली दोस्त के नाम पर खरदिते हैँ।" मैले तत्कालै उनलाई प्रतिप्रश्न गरेँ, "लाइसेन्स कसरी लिनुहुन्छ नि?" उनी अत्तालिए र कुनै दिन बताउँछु भन्दै टाप कसे।
साभार : नेपाल

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !