माइसंसारको समर्थनमा उठेका हात
(सहयोग गर्नेहरुको नाम र उहाँहरुले गर्नुभएको सहयोग रकमको जानकारी प्रकाशन गर्ने वा नगर्नेबारे उहाँहरुसँग अनुमति नलिएको हुनाले छोटकरी नाममात्र राखिएको छ। ४८ घण्टासम्म सहयोग गर्नुहुने सबैको उपलब्ध इमेलमा सहयोग प्राप्त भएको सूचनासहित जानकारी पठाइसकिएको छ। प्राप्त रकम र खर्चको बारेमा जानकारी पनि यथासंभव सोही इमेलमा दिइनेछ।)
K. Adhikari (सबैभन्दा बढी $ १५५)
B. Gautam
P. Prasai
A. Shrestha
S. Karki
K. Dixit
M.K. GURUNG
D. L. tamang
S. Shrestha
V. K.C
S. Niraula
L.S.Kandel
R. Koirala
N. Rai
M.Shakya
C.Thapa
B. Gurung
P.Shrestha
M. Pradhan
R. Dangol
D. Dhakal
B. SUBEDI
S.Shrestha
M. Pradhan
B. Dahal
S.Musyaju
PB Shahi
B. Pun
K.Shrestha
B. Rajbhandari
P. Shrestha
S. Niraula
N.Khadka
D. Adhikari
BuildCircuit
P.Acharya
S. Niroula
U. Poudel
N.Prasai
T.Poudel
B.Shrestha
P.Rijal
A. Shrestha
A. Lamsal
B.Nepal
K. Adhikari (सबैभन्दा बढी $ १५५)
B. Gautam
P. Prasai
A. Shrestha
S. Karki
K. Dixit
M.K. GURUNG
D. L. tamang
S. Shrestha
V. K.C
S. Niraula
L.S.Kandel
R. Koirala
N. Rai
M.Shakya
C.Thapa
B. Gurung
P.Shrestha
M. Pradhan
R. Dangol
D. Dhakal
B. SUBEDI
S.Shrestha
M. Pradhan
B. Dahal
S.Musyaju
PB Shahi
B. Pun
K.Shrestha
B. Rajbhandari
P. Shrestha
S. Niraula
N.Khadka
D. Adhikari
BuildCircuit
P.Acharya
S. Niroula
U. Poudel
N.Prasai
T.Poudel
B.Shrestha
P.Rijal
A. Shrestha
A. Lamsal
B.Nepal
एकै जनाले एकै पटक $ १५५ सहयोग गर्नुहुनेले इमेलमा पठाएको भनाई जस्ताको तस्तै
सालोक्य जी,यो कलियुग हो र गलत असल जे कार्य गरे पनि यही युगमा त्यस्को नतिजा
देखिनेछ। यी सहयोगी हातहरु त्यसै उठेका छैनन्। सोचे होलान ती पापीहरुले कि
mysansar.com को एउटा स्रोत बन्द गर्दैमा तपाईंको हात काटिनेछ। ती
पापीहरुको सोचाइ कति गलत छ भनेर यी उठेका सहयोगी हातहरुले देखाइसके।
तपाईं निडर हुनुहोस्। परेको बेला जे नै गर्न परे पनि हामी तपाईंको साथमा
छौं।म आफै पनि एउटा वेबसाइट सन्चालन गर्ने भएकाले मलाई ज्ञान छ यसका
प्राविधिक कठिनाई र खर्चको बारेमा। त्यो माथि mysansar.com कुनै संस्था वा
मान्छेसँग बिकेर उनीहरुको जयजय कार गाउने न्युज साइट नभै पाठक सामु
निस्पक्ष जस्ताको त्यस्तै समाचार पस्किने एउटा ब्लग हो। हो, यो दौरान
धेरै दुश्मन कमाउनु भयो होला। असल काम गर्दा यो देशमा मात्र नभै बिश्वको
जुनै कुनामा पनि यस्तो हुन्छ। तर नबिर्सनुस् कि ती दुश्मन आइ लागे
तपाईंको साथ दिनको लागि कयौँ पाठकहरु पनि कमाउनु भएको छ। निस्पक्ष
समाचार दिन्छु भन्ने धेरै पत्रिका र वेबसाइटहरु छन् तर बिज्ञापन नपाउने
डरले वा राजनैतिक डरले वा अरु केही स्वार्थले आफूले लिएको जिम्मेवारी
धेरैजसोले पूरा गरेको देखिदैन। सत्य तथ्य जान्न पाउने हाम्रो अधिकार
mysansar.com ले नै पुरा गरेको छ। यो ब्लग तपाईं एक्लोको हैन। अब त यो
ब्लग सबै नेपाली जनताको हो। अब त झन तपाईंको जिम्मेवारी पनि बढेको छ।
मैले सहयोग स्वरुप $१५५ पेपालमा पठाएको छु। भबिस्यमा पनि सक्ने र
मिल्नेको आर्थिक र बाँकी नैतिक हातहरु अबस्य उठ्नेनै छन। आफ्नो स्थान
बाट कत्ति पनि नडग्मगाइ सधैं झै सत्य तथ्यको खोज गर्दै हामी सामु राख्न
सक्नुहोस्। तपाईंलाई शुभकामना। साथै mysansar.com परिवार र सम्पूर्ण
पाठकहरुमा विजया दशमी २०७० को शुभकामना।
देशमा खुशी छओस।
नेताहरुलाई सद्बुद्दी आओस।
जनताहरु घुस्खोरी नेताको पछि लाग्न छोडुन्।
युवाहरु बिदेशको कमाइ भन्दा आफ्नो देशको बिकास रोजुन।
जय नेपाल।
केय्रुन अधिकारी
माइसंसारको कमजोर मोर्चामा शत्रुको प्रहार
Published on: Oct 9, 2013 @ 1:26
एन्टोनियो ग्रामसीले भनेका थिए- युद्धको मैदानमा अक्सर दुश्मनको सबैभन्दा कमजोर मोर्चामा प्रहार गर्ने प्रयास गरिन्छ। त्यस किसिमको रणनीतिबाट लडाइँ जितियो भने रणनीति त सफल मानिन्छ तर बौद्धिक हिसाबमा विजयको यस्तो तुच्छ उपायलाई उचित मानिन्न। बौद्धिक हिसाबमा त दुश्मनको सबैभन्दा मुश्किल मोर्चामा प्रहार गरी जितिएको युद्धलाई मात्र सही अर्थको विजय मानिन्छ।
माइसंसारको लोकप्रियता र यसको बढ्दो प्रभावबाट जल्नेहरुले धेरैअघिदेखि यसलाई विभिन्न किसिमले प्रहार गरिरहेका थिए, गर्न खोजिरहेका थिए। उनीहरुले पनि आखिर त्यही कमजोर मोर्चामा प्रहार गरेका छन्। र, अन्ततः सफल पनि भएका छन्।
माइसंसारका नियमित र असल पाठकहरुलाई राम्रैसँग थाहा छ- यसको सबैभन्दा कमजोर पक्ष भनेकै आर्थिक पक्ष हो। अरु कुनै पनि पक्षमा यो कमजोर साबित भएको छैन, बरु एक्लैले ठूला मूलधारका मिडियालाई समेत कतिपय अवसरमा चुनौति दिएको छ। तर यसको भविष्यमा प्रश्नचिह्न उठाउने कारण आर्थिक नै हुन आउनेछ।
यही आर्थिक मोर्चालाई केही हदसम्म भरथेग गरिरहेको गुगलको विज्ञापन त्यही माइसंसारका शत्रुहरुको निशानामा परेको छ। उनीहरुको केही दिनदेखिको यो प्रयास अन्ततः आज सफल भएको छ। र, आजदेखि गुगलका विज्ञापन यो साइटमा बन्द भएका छन्।
त्यसो त यो अप्रत्याशित थिएन। केही दिनदेखि निरन्तर आएका धम्कीपूर्ण कमेन्टहरु, इमेलहरुबाट मैले अनुमान लगाइसकेको थिएँ। तर बिचराहरुलाई थाहा भएन, सात वर्षअघि पनि यस्तै प्रहारबाट माइसंसार गुज्रिसकेको छ। पाठकको भरथेगबाट सन् २००५ देखि आठ वर्षसम्म माइसंसार कहिल्यै पनि कसैसँग झुकेको छैन। भविष्यमा पनि झुक्ने छैन।
विगत केही समयदेखि माइसंसारले लगातार ठूला भनाउँदाहरुको गैर व्यवसायिक र गलत कामको पर्दाफास गर्दै थियो। वाइवाइको नेपाल गुणस्तर चिह्नको होस् कि रारामा भेटिएका घुन किरा हुन्; अथवा कतारका सप्लाइ ‘दलाल’। माइसंसारले कुनै गलत लेखेको थिएन। त्यसैले वैधानिक बाटोबाट उनीहरुले विरोध गर्नै सकेनन्। फलस्वरुप उनीहरुले रोजे- कमजोर मोर्चामा प्रहार। तर यी मध्ये कुन चाहिँले गरेको रहेछ त प्रहार ? यो थाहा पाउन खुल्दुली लागिरह्यो। आफ्नो सम्पूर्ण विवरण पठाएर मैले गुगलसित जानकारी मागेँ। अहिले भर्खरै जवाफ आयो, जसमा कसैले कम्प्लेन पठाएकोले छानबिन गर्दा यस्तो कदम चालिएको लेखिएको छ। के रहेछ त कम्प्लेनमा ? इमेलको केही अंश हेरौँ-

जुन पेजका लागि कम्प्लेन आएको थियो, त्यसको वेब ठेगाना यो हो-
http://www.mysansar.com/2013/09/7731/
http://www.mysansar.com/2013/09/7731/
‘बाठोले तीन बल्ड्याङ खान्छ’ भन्ने उखान जसरी नै माइसंसारको कमजोर मोर्चामा प्रहार गर्ने शत्रुले अलिकति चलाखी नअपनाउँदा उसले आफ्नो पर्दापछाडिको अनुहारको संकेत छाड्न सफल भयो। अर्थात् जसलाई माइसंसारको काम मन परेको थिएन, उसलाई सबैभन्दा बढी पीडा माथिको पेजले भयो। के छ त त्यो पेजमा ?
त्यो पेजको शीर्षक यस्तो छ-
टेलिकमको मोबाइल बन्द हुनु बदनियत कि लापरवाही?
त्यो ब्लगमा गत सेप्टेम्बर २८ मा बिहान ६ बजेदेखि ९:३० सम्म देशभर नेपाल टेलिकमको जीएसएम मोबाइल सेवा अवरुद्ध भएपछि बदनियतको कारणले हो कि लापरवाहीको कारणले हो पत्ता लगाउन सरकारले छानबिन आयोग गठन गरेको बारे लेखिएको थियो। त्यसैमा नेपाल टेलिकमका कर्मचारी नै प्रतिस्पर्धी एनसेलले किनेर राखेको र उनीहरुले जानाजानी आफ्नै संस्थाको गुणस्तर बिगार्न उद्दत रहेको आरोप लाग्ने गरेको पनि लेखिएको थियो। त्यसमा लेखिएको थियो- ‘केही अघि बानेश्वरमा आफ्नो अप्टिकल फाइबर एनसेलले नै काट्न लगाएको प्रमाण नै सञ्चार मन्त्रीलाई देखाएको र पनि केही कारबाही नभएको दुखेसो टेलिकमका महानिर्देशक अमरनाथ सिंहले पत्रकारहरुलाई सुनाएका थिए।’ यही ब्लगमा एउटा कडा वाक्य पनि लेखिएको थियो- ‘विज्ञापनका कारण फिटिक्क केही नकारात्मक लेख्न नसक्ने मिडिया, सोसल मिडियामा खित्तिक्क केही नकारात्मक कुरा कसैले लेखे आक्रमण गर्न तम्तयार रहने भाडाका टट्टुहरु परिचालन गर्न सक्ने क्षमता भएको एनसेल चुप लागेर बस्छ भनेर सोच्नु मूर्खता मात्रै हुनेछ।’
गुगलले आफूलाई जुन पेजका लागि कम्प्लेन आएको हो, त्यसबारे दिएको जानकारीले के संकेत गर्छ, त्यो स्पष्टै छ। विज्ञापनले किन्न नसकेपछि विज्ञापन नाकाबन्दी लगाएर सत्य कुरा उजागर गर्नबाट कसैलाई रोक्न सकिन्छ भन्ने सोच कसैले राखेको भए त्यो भ्रमबाट मुक्त भए हुन्छ। कुनै पनि ठूला हाउसका विज्ञापन र हन्डी नलिएरै माइसंसारले वैकल्पिक पत्रकारिता गरी नै रहनेछ। जसलाई यस्तो पत्रकारिता समाजमा आवश्यक छ भन्ने हुन्छ, उनीहरुले सहयोग गरेरै पनि माइसंसारलाई जोगाइ नै रहनेछन्।
हो, कमजोर मोर्चामा माइसंसारले कमजोरी गरेकै हो। गुगलको नियम अनुसार नेपाली भाषाको वेबसाइटमा गुगलको विज्ञापन राख्न पाइन्न। तर अधिकांशले राखिरहेकै छन्। कसैले उजुरी नगरेसम्म विज्ञापन हटाइँदैन। उजुरी परेपछि छानबिन हुने रहेछ। माइसंसारको केसमा पनि यस्तै भयो, कसैलाई रिस उठ्यो, कसैको बोली बन्द गर्छु भन्ने भ्रम भयो, र उजुरी गर्यो। पेट पाल्न नियमित समयमा गर्नुपर्ने जागिर, त्यसबाट फूर्सदको समयमा बिहानको ३/४ बजेसम्म जागै भएर माइसंसारका लागि गरिने ब्लग र भविष्यमा व्यवासायिक ब्लगर बन्ने मेरो निश्चयलाई अनि मेरो लगनलाई पनि केही हदसम्म खर्च धानेर सहयोग गरेको थियो गुगलको विज्ञापनले। अब त्यो स्रोत बन्द भएको छ।
उनीहरुलाई थाहा थियो- सबैभन्दा कमजोर मोर्चा यही हो। र त उनीहरुले यसैलाई प्रहार गरे। आज पक्कै पनि माइसंसारका सयौंको संख्यामा रहेका शत्रुहरुका लागि खुसीको दिन हो। तर उनीहरुको खुसीको दिन धेरै रहने छैन। किनभने मलाई विश्वास छ- माइसंसारका शत्रुको तुलनामा मित्रको संख्या पक्कै पनि बढी छ। म आफैलाई पनि विश्वास छ, कमजोर मोर्चामा गरिएको प्रहारबाट क्षणिक विजयको अनुभूति गरे पनि उनीहरुले माइसंसारलाई झन् कठोर रुपमा प्रस्तुत भएको देख्नेछन्। जसले प्रहार गरे उसले के बुझेन भने माइसंसारलाई गुगलको विज्ञापनको पैसाबाट कोही स्टाफ पाल्नु छैन, माइसंसारमा कुनै तलबी कर्मचारीले काम गरेका छैनन्। प्राविधिक काम हेरिदिने साथी प्रमेय र कमेन्ट मोडरेसन गर्ने साथीहरुको स्वयंसेवी समूह बाहेक माइसंसारमा कोही पनि तलबी कर्मचारी छैनन्। त्यसैले विज्ञापन रोकेर बोली रोक्छु भन्ने दिवास्वप्न मात्रै हो।
म आशा गर्छु, माइसंसारका असल पाठकहरुले सक्षम भए आर्थिक रुपमा र नसक्नेहरुले नैतिक रुपमा भए पनि माइसंसारलाई सुचारु राख्न योगदान दिनु हुनेछ। तपाईँको सहयोग बिना माइसंसार यही गतिमा जान सक्दैन। अहिलेलाई माइसंसारलाई कम्तिमा मासिक १५० डलर होस्टिङ सर्भरको खर्च तपाईँहरुबाट आवश्यक हुनेछ। मैले यसमा लगाउने समय अरुभन्दा पनि मेरै रुचिका कारण हो। राम्रो काम भए तपाईँहरुले दिने तालीमा नै म सन्तुष्ट हुनेछु। त्यसैले प्राविधिक खर्च धानिएसम्म माइसंसारका अशुभचिन्तकहरुले चिताएको कुरा कहिल्यै पूरा हुनेछैन, माइसंसार बन्द हुनेछैन। माइसंसारले सचेत गराउने क्रम जारी राख्नेछ।
माइसंसारको प्राविधिक खर्च धान्न सहयोग गर्ने इच्छा हुनेका लागि पेपाल ठेगाना
donation@mysansar.comक्रेडिट कार्डबाट दिन यहाँ क्लिक गर्नुस्
नैतिक सहयोगका लागि
तल कमेन्ट लेख्नुस्। अथवा आफू वरपर भएका घटना/फोटोलाई माइसंसारमा पठाउनुस्- blog@mysansar.com मा
अपडेटः आर्थिक र नैतिक सहयोगका लागि धन्यवाद। सहयोग गर्नेहरुको सूचि पनि यहाँ राख्नेछौँ। केही साथीहरुले नेपालबाटै सहयोग गर्ने उपायबारे पनि सोध्नुभएको रहेछ। नेपालमा जम्मा भएको रकम अमेरिकाको होस्टिङ कम्पनीलाई तिर्न गाह्रो हुने हुँदा त्यो विकल्प नराखिएको हो। माइसंसारप्रति ऐक्यवद्धताका लागि सहयोग गर्न चाहनुहुन्छ भने तलको ब्याङ्क ठेगाना प्रयोग गर्न सक्नुहुन्छ। यो रकम इन्टरनेट लगायत अन्य प्राविधिक खर्चका लागि उपयोग गरिनेछ।
A/C Name: Umesh Shrestha
Bank Name: Nabil Bank
A/C Number: 0110017503962
A/C Name: Umesh Shrestha
Bank Name: Nabil Bank
A/C Number: 0110017503962

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !