जानकी मन्दिरको
सम्पत्तिको दुरुपयोग
१–२–३ जनकपुर–१० स्थित ११५ अरगजा पोखरीको चारैतर्फको डिलमा कित्ता नम्बर ११५ को र दूरसंचार कार्यालयको दक्षिण पर्खालसँग जोडिएको जग्गामा पक्की घर, सटर–कबल र फुसको घर बनाई भाडामा लगाइएको ।
४–५ जनकपुर–१० स्थित कि.नं. ११७ को २ कट्ठा, कि.नं. १३५ को मडहा पोखरी र कि.नं. १६३ को तेलहा पोखरीको ५ धुर जमीन बिक्री, जसमा हाल फर्निचर पसल सञ्चालन । बाँकी जग्गामा घर– टहरा निर्माण ।
६ जनपा–१० स्थित कि.नं. ८० को पाकवती पोखरीको दक्षिण पश्चिम कुनाको तीन धुर जग्गामा पक्की सटर निर्माण ।
७ जनपा–१० स्थित कि.नं. १८९ तथा १९० को खाल्डो जमीन बिक्री । त्यहाँ हाल घर निर्माण ।
८ जनपा–१० स्थित कि.नं. ६५ को जग्गामा पक्की घर निर्माण ।
९ जनपा–१० स्थित १८५ देखि १९२ सम्म र २८२, २८३, २८४ मा विभिन्न व्यक्तिबाट घर निर्माण ।
१०–११ जनपा–८ स्थित कि.नं. ९ को ६ धुर जग्गा तथा कि.नं. ५८ र कि.नं. ५५ को जग्गामा घर निर्माण ।
१२ जनपा–६ स्थित जानकी मन्दिरको कम्पाउन्डछेउको जग्गा बिक्री भई घर निर्माण ।
१३–१५ जनपा–९ स्थित सरस्वती माध्यमिक विद्यालयको पूर्व र उत्तरतर्फका १७, ३१, ५३, ९४ देखि ९९ र १३४ कित्ता नम्बरका जग्गामा घर निर्माण ।
१४ जनपा–९ स्थित कि.नं. १८ र २० को जग्गामा घर निर्माण ।
१६ जनकपुर अञ्चल अस्पताल जनस्वास्थ्य कार्यालय भन्दा पूर्वतर्फको कि.नं. २ देखि २३ सम्मका जग्गा विभिन्न व्यक्तिले मनखपमा लिई घर बनाई बिक्री ।
मन्दिरबाट करोडपति
धनुषाको परवाहा–१ का वसन्त झका तीन छोरामध्ये माहिलो रामतपेश्वर (५५) गुजारा गर्न समेत कठिन हुने विपन्न परिवारमा जन्मिएका थिए । बाबुआमा मुरही कचरीको पसल थापेर जीविकोपार्जन गर्थे । काका खर्तन झ र दाइ पर्ने फेकन झको सम्बन्ध गुठी र मठमन्दिरका महन्तहरुसँग राम्रो भएकाले उनले जानकी मन्दिरको महन्तको सेवा गर्ने काम पाए । काम गर्दा मन्दिर सञ्चालनको जानकारी पाए भने महन्तको विश्वास पनि जिते । महन्तका विश्वासिला दुई चेलाले विवाह गरेपछि अविवाहित उनले महन्तको उत्तराधिकारी हुने मौका पाए । अस्पताल रहेको जमीनको कट्ठाको रु.१५ लाखको दरले साढे ६ बिघाको रु.१९ करोड र त्यसमा बनेको भवनको कम्तीमा रु.२० करोड जोड्दा महन्त रामतपेश्वर मालिक रहेको अस्पतालको भौतिक सम्पत्ति रु.३९ करोड हुने देखिन्छ । वर्षेनि करीब रु.२ करोड भेटी चढ्ने गरेको जानकी मन्दिरको सम्पत्ति कति छ र केमा प्रयोग भएको छ भन्ने पारदर्शी छैन । महन्तले मन्दिरको सम्पत्ति नातेदारहरुलाई लगानी गरेको जनकपुरवासी बताउँछन् ।
मन्दिरको करीब २० बिघा जग्गा बिक्री गर्दा र कैयौं घरटहरा बनाएर भाडा लगाउँदा उनले अरू करोडौं रुपैयाँ आर्जन गरेको देखिन्छ । (हे. नक्शा विवरण) प्राचीन मणिमण्डप संरक्षण समितिका अध्यक्ष नारायण राउत मन्दिरको अरू जमीन पनि बिक्री हुने प्रक्रियामा रहेको बताउँछन् । जानकी मन्दिर अन्तर्गत रहेको मणिमण्डपको १८ बिघामध्ये दुई बिघा पनि महन्तले बिक्री गरिसकेको र स्थानीयको विरोधपछि बाँकी जमीनको बिक्री रोकिएको उनको भनाइ छ । जमीन बिक्रीबाट आएको अधिकांश रकम महन्तले आफन्तहरूको नाममा राख्ने गरेको स्रोतहरू बताउँछन् ।
तर, मन्दिरको सम्पत्ति व्यक्तिगत बनाउने महन्तको अभियानलाई रोक्न अहिलेसम्म कोही अघि सरेको देखिंदैन । गुठी संस्थानले कुनै पनि मठ–मन्दिरको महन्तलाई एक पटकमा पाँच वर्षको लागि मात्र नियुक्त गर्ने र पाँच वर्षपछि म्याद थप नगरेको भए उसको पद स्वतः अवैध हुने गुठी संस्थान ऐन २०३३ को दफा १६ (२) ले व्यवस्था गरेको भए पनि वर्तमान महन्त १२ वर्षदेखि यो पदमा छन् । २७ साउन २०५३ मा पूर्व महन्त रामशरण दासको उत्तराधिकारी बनेका रामतपेश्वरको एकपटक पनि म्याद थप भएको छैन ।
जानकी मन्दिर स्वामित्वको अरगजा पोखरीको डिलमा महन्त दासले अनधिकृत रूपमा निर्माण गरेका पसल कबल ।
जनकपुरमा विभिन्न मन्दिरका नाममा रहेका गुठीका जग्गा कब्जा गर्न विभिन्न दलका नेता–कार्यकर्ता, सरकारी कर्मचारी र सशस्त्र समूह पनि प्रत्यक्ष/अप्रत्यक्ष रूपमा संलग्न देखिन्छन् । (हे. आवरण–मिथिलामा माफियाराज, हिमाल, १८ चैत २०६९) ।
महन्त नियुक्ति विवाद
तस्वीरहरुः मनिका झा
महन्त रामतपेश्वर दासद्वारा सञ्चालित आयुर्वेद शिक्षण अस्पताल ।
यसैबीच, २१ भदौमा वारेस अमृत साह मार्फत सर्वोच्चमा लिखित जवाफ दिंदै महन्त दासले आफूमाथि लगाइएको आरोप झुटा र कपोलकल्पित रहेकोले मुद्दा खारेज गर्न माग गरेका छन् । विपक्षी बनाइएको गुठी संस्थानका तर्फबाट निमित्त प्रशासक हेमराज सुवेदी, शाखा कार्यालय जनकपुरका प्रमुख मनोजकुमार शर्माको तर्फबाट जनकपुर–९ की अमृता साहले पनि रीट निवेदन खारेज गर्ने माग गर्दै लिखित जवाफ पेश गरेकी छिन् । उनको लिखित जवाफमा ‘जानकी मन्दिरलाई ट्रष्टमा लैजाने विषयमा आवाज उठेको र त्यसबारे मन्त्रालयमा पत्राचार भएको, गुठी संस्थान केन्द्रीय कार्यालयले शाखा कार्यालयलाई मन्दिरका महन्तको म्याद सकिएकाले पुजारी मार्फत पूजा अर्चना गराउने व्यवस्था मिलाउन निर्देशन दिएको र महन्तको म्याद सकिएको विषयमा स्थानीय भद्रभलादमी र प्रशासनसँग परामर्श गरी गुठी संचालक सहयोग समितिसँग समेत परामर्श गरेर सिफारिश पठाउन निर्देशन दिएको’ उल्लेख छ ।
साभार ; हिमाल खबर

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !