CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » घर भत्केकोमा भन्दा टि भी मा देखिने मा खुसि

घर भत्केकोमा भन्दा टि भी मा देखिने मा खुसि

टेलिभिजनमा मरिहत्ते 

प्रसंग केहीअघिको हो। जुन बेला बाबुराम भट्टराई सरकारको सडक विस्तार अभियान जोडतोडले चलिरहेको थियो। हामी पोखरा, पाल्पा र चितवनको यात्रा गरी फकर्ंदै थियौँ। काठमाडौँ भित्रिन ३० किलोमिटर बाँकी छँदा देखिएको दृश्यले मेरो ध्यान तान्यो। बाटोछेउमा लहरै घरहरू भताभुंग थिए। हेर्दा लाग्थ्यो, कि ती घरहरू
युद्घका तोपका गोलाहरूले ध्वस्त भएका हुन् वा प्रलयकारी भुइँचालोले भत्किएका हुन्। 

मैले मोटरसाइकल रोकी भत्किएका घरहरूको फोटो खिच्न थालेको मात्र के थिएँ, केही स्थानीयले सहकर्मी उपहारजंग शाह र मलाई घेरा हाले। "किन खिच्नुभएको ? केका लागि ?" हामीमाथि आक्रोश मिसिएका प्रश्नहरू ओइरएि। हामीले 'कान्तिपुर पब्लिकेसन्सबाट' भनेका के थियौँ, उनीहरूको अनुहार फेरयिो। प्रतिक्रियामा उनीहरू आफूहरूलाई पनि टेलिभिजनमा देखाइदिन भन्न थाले। घरभित्र रहेको सामान नै निकाल्न नदिई डोजर लगाएर घर भत्काएको गुनासो पनि उनीहरूले गरे।

मैले उनीहरूलाई आफूहरू टेलीभिजनको नभएको र सँगै रहेको क्यामराले फोटो मात्र खिच्ने बताएँ। तर, उनीहरूले विश्वास गरेनन्। एउटाले भन्यो, "यहाँको रपिोर्टरले योभन्दा सानो क्यामराले खिचेको टेलिभिजनमा आउँछ। तपाईंको क्यामरा त यत्रो ठूलो छ।" उनीहरू बाटोपारि रहेकाहरूलाई समेत 'आइज, आइज भरे टीभीमा आउँछ' भन्दै बोलाइरहेका थिए। कसरी उम्कने त ? हामीले उपाय निकाल्यौँ र भन्यौँ, "हामी अफिस पुगेर टेलिभिजन क्यामरा पठाइदिन्छौँ।" उनीहरू खुसी भए, हामीचाहिँ हुँइकियौँ।  साभार : नेपाल 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis