CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » किन अंगालो मारे अमिताभ र सलमानले

किन अंगालो मारे अमिताभ र सलमानले

amitabh_bachchan_salman_khan_(एजेन्सी)–अमिताभ बच्चन र सलमान खान लामो समयपछि निकै आत्मीयताका साथ देखिए । अमिताभ बच्चनले सलमान खानसँग लिएको आफ्नो फोटो फेसबुकमा पनि शेयर गरेका छन् ।
मुम्बईमा आफ्नो फिल्म ‘भूतनाथ रिटन्र्स’ को सुटिङ भएको फेसबुकद्वारा बताएका छन् । उक्त फिल्मको सुटिङ भइरहेको
ठाउँ नजिकै सलमान खान र तब्बुको नयाँ फिल्मको पनि सुटिङ चलिरहेको थियो । त्यहाँ अमिताभ र सलमानले शुटिङकै दौरान भेटेर कुरा मात्र गरेनन् कि एक अर्कालाई अंगालो पनि हाले ।
हुन त अमिताभ बच्चन र सलमानको बीचमा केहि प्रकारको दुश्मनीको खबर छैन तर ऐश्वर्या राय बच्चन खानदानको बुहारी भइसकेपछि सार्वजनिक तरिकामा अमिताभ र सलमान सँगै देखिएका थिएनन् ।
अभिषेक बच्चनसँग विवाह गर्नुपूर्व ऐश्वर्या राय र सलमान खानको बीच कथित सामिप्यता र त्यसपछि दुबैको कथित झगडाले बिग बी र सलमानको बीच फाटो ल्याउने प्रमुख कारण भएको बताइएको छ ।
अमिताभ र सलमानले ‘बागबान’, ‘गड तुस्सी ग्रेट हो’ र ‘बाबुल’ जस्ता फिल्महरुमा सँगै काम गरेका छन् ।
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis