CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » भिसाको लोभमा हजारौँ डलर मात्र गुमेन, नेपालीहरुले पाए ज्यान मार्ने धम्कीसमेत

भिसाको लोभमा हजारौँ डलर मात्र गुमेन, नेपालीहरुले पाए ज्यान मार्ने धम्कीसमेत

singaporeवर्क भिसा मिलाइदिन्छु भनी नेपाली विद्यार्थीहरुबाट हजारौँ डलर कुम्ल्याउने तर भिसा मिलाइदिन नसकेपछि सम्झौतास्वरुप रकम फिर्ता नदिने मात्र हैन, ज्यान मार्ने धम्कीसमेत दिएको खुलासा भएको छ। अस्ट्रेलियाको एबिसी टेलिभिजनमा सोमबार प्रसारण भएको लेटलाइन कार्यक्रममा दुई नेपाली छात्रा छवि भुसाल लामिछाने र शिव निरौलाले आफूहरु
ठगिएको बताए। त्यस्तै एक नेपाली छात्रले आफूलाई ज्यान मार्ने धम्की आएको भ्वाइस रेकर्ड नै प्रस्तुत गरे।
kang
नेपालीहरुलाई ठग्ने यो कम्पनी रहेछ सिङ्गापुर आयल। यसका प्रमुख रहेछन् एड्डी काङ्ग।
छवि भुसालले पाँच वर्षअघि नेपाल छाडेकी थिइन्। पढ्न अस्ट्रेलिया आएकी उनले कमर्सियल कुकरी र बिजनेसमा डिप्लोमा हासिल गरिन् र आफूलाई रेजिडेन्सीका लागि स्पोन्सर गर्न सक्ने रोजगारदाताको खोजी थालिन्।
अनलाइनमा खोज्दा उनले नर्थ सिड्नीको सिङ्गापुर आयल भेटिन् र अप्वाइन्टमेन्ट लिइन्।
काङ्गले २० हजार डलरमा ४५७ भिसा दिने वाचा गरे। ४५७ भिसापछि फेरि २५ हजार डलर तिर्नुपर्ने थियो। काङ्गको एउटा कम्पनी आइकन प्यासिफिकमा कस्टमर सर्भिस म्यानेजरको रुपमा काम दिने वाचासहितको सम्झौता पत्रमा हस्ताक्षर गरिन्।
chhabi
तर काङ्गले भोलि भोलि भन्दाभन्दै काम गर्ने ठाउँ कहिल्यै देखाएनन्। भिसा पनि रिजेक्ट भयो। त्यो सानो कम्पनीमा कम्तिमा चार जना कस्टमर सर्भिस म्यानेजर स्पोन्सरसिप गर्न खोजेका कारण भिसा रिजेक्ट भएछ।
अब न भिसा छ हातमा, न काम। डलर पनि फिर्ता पाएकी छैनन्।
उनी एक्ली हैनन् यसरी पीडित हुने। ४०० जनासम्म शिकार भएको हुनसक्ने कार्यक्रममा बताइयो।
फोन उठाउनेको परिचय नखुलाइएको एक फोन वार्तामा काङ्गले तँलाई मारिदिन्छु, तँ कहाँ छस् भन्दै अश्लील गाली गरेका छन्। तर कार्यक्रममा अन्तर्वार्ता दिँदै काङ्गले दोहोरो झगडा भएको र ग्राहकले पनि आफूलाई नेपाली माफिया लगाइदिने धम्की दिएको दावी गरे।
कार्यक्रममा अर्की पीडितका रुपमा देखाइएकी नेपाली छात्रा थिइन् शिव निरौला। हेयर ड्रेसर हुन् उनी। काङ्गकै अर्को कम्पनी एडेलाइड पेट्रोलियम एन्ड हस्पिटालिटीमा काम गर्नका लागि उनले कन्ट्रयाक्टमा साइन गरेकी थिइन् जनवरीमा। १५ हजार डलर पनि तिरेकी थिइन् उनले। तर अध्यागमन विभागले भिसा दिन मानेन।
shiva
निरौला भन्छिन्, मेरो कुनै गल्ती थिएन। मलाई स्पोन्सर गर्ने बिजनेस अथराइज्ड थिएन। निरौलाका अनुसार काङ्गले उनलाई अझै ९ हजार डलर तिर्न बाँकी छ। ब्याजसहितको हिसाब गर्ने हो भने त ११ हजार।
लेटलाइन कार्यक्रममा अर्का एक विदेशी विद्यार्थीले कुकका रुपमा काम गर्न १५ हजार डलर तिरेको तर काम गर्न भनेर रेस्टुरेन्टमा जाँदा त रेस्टुरेन्ट नै अस्तित्वमा नरहेको फेला पारेको बताए।
[अस्ट्रेलियामा रहेका माइसंसारका साथीहरु, के तपाईँले पनि यसरी नै नेपालीहरु भिसाका लागि पीडित भएको देख्नु/सुन्नुभएको छ? आफ्नो अनुभव तल कमेन्टमा लेख्नुस्।]
साभार : माई संसार 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis