CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » वियर वा रक्सी नपिई यौन इच्छा नै नहुने ?

वियर वा रक्सी नपिई यौन इच्छा नै नहुने ?

म २७ वर्षकी भएँ। म गुरुङकी छोरी हुँ। मैले एकजना बाहुन केटासँग २ वर्षअघि प्रेमविवाह गरेकी हुँ। मेरा श्रीमान् ३० वर्षका छन्। यौन सम्बन्ध राख्नु अघि उनी वियर वा रक्सी पिउन रुचाउँछन्। वियर वा रक्सी नपिई यौन इच्छा नै नहुने बताउँछन्। अहिलेसम्म हाम्रो
सम्बन्धमा कुनै असर परेको छैन तर यस्तो व्यवहारले भविष्यमा असर पर्न सक्छ कि भन्ने डर लाग्छ। के मेरो डर साँचो हो ?

बी.

तपाईंको प्रश्नले 'वियर गुगल' को सम्झना गरायो। 'वियर गुगल' मनोविज्ञानको क्षेत्रमा प्रयोग हुने चर्चित पदावली हो। 

केही समयअघि मध्यपान गर्ने व्यक्तिहरूबीच गरिएको सर्वेक्षणमा एउटा रमाइलो तथ्य देखाइएको थियो। सर्वेक्षणमा सहभागी व्यक्तिहरूलाई बियर वा रक्सी पिउन दिएपछि तस्बिर हेर्न लगाई केही व्यक्तिको प्रतिक्रिया लिइएको थियो। बियर वा रक्सी पिएर र नपिएको अवस्थामा व्यक्तिमा एउटै तस्बिरलाई हेर्दा देखिने प्रतिक्रियाका आधारमा एउटा नतिजा निकालियो। उक्त अध्ययनलाई नै अन्तर्राष्ट्रिय जगतमा बियर गुगल भनिन्छ। 

रक्सीे वा वियरको सेवनले यौन व्यवहारमा अनेकन असर गर्न सक्छ। यसको प्रभावले यौन क्रियाकलाप घटाउँछ। आफ्नो लाजलाई लुकाउन खोज्दा मनोवैज्ञानिक असर पर्छ। क्षणिक रूपमा उत्तेजित भैसकेपछिको अवस्थामा मादक पदार्थ सेवन गर्दा दिक्दारीपन बढ्छ। रक्सी सेवनपछि शारिरीक प्रणालीको सन्तुलनमा प्रतिकूल असर पर्न थाल्छ। प्रायजसोको धारणामा रक्सी सेवनले खुसी-रमाइलो हुन्छ भन्ने पाइन्छ। यद्यपि यसको सेवनले दिक्दारीपन वा रिस बढ्न सक्छ। सन्तुलन वा समन्वयमा पनि नकारात्मक असर पर्न सक्छ। मादक पदार्थ सेवनले स्खलनमा समस्या ल्याउने मात्र नभै नपंुसकता बढाउँदै लान्छ। रक्सीको असरले आत्मवल घटाउँछ। परिणाम ? पुरुषको यौन व्यवहारमा नाटकीय रूपमा असर पार्छ। अनुसन्धानहरूले देखाए अनुसार, धेरै-थोरै पनि मादक पदार्थ सेवनले अण्डकोशबाट उत्पादन हुने टेस्टोसटेरोन हार्मोनमा कमी ल्याउँछ।् टेस्टोसटेरोन हार्मोन यौन उत्तेजनाका लागि महत्वपूर्ण मानिन्छ। त्यसकारण रक्सी सेवनले पुरुषको यौन क्रियाकलापमा असर पार्छ। अनुसन्धानको परिणामअनुसार यौन सन्तुष्टि, यौन उत्तेजना, वीर्य स्खलन र चरम आनन्दमा पनि यसले कमी ल्याउँछ। 

यौन सम्पर्क गर्नुभन्दा अघिको रक्सी सेवनले विभिन्न जोखिममा परिने सम्भावना हुन्छ। जस्तैः- असुरक्षित यौन सम्बन्ध, अनिच्छित गर्भ धारण, बलात्कार साथै यौन रोगको पनि उच्च जोखिम हुन्छ। यद्यपि कतिपय युवाहरू यसलाई स्वीकार गर्दैनन्। सेक्सपियरको एउटा पुरानो भनाइअनुसार यसले इच्छालाई त बढाउँछ तर दक्षतालाई घटाउँछ।  

यौन सम्पर्क गर्नुभन्दा अगाडि थोरै मात्राको रक्सी सेवनले लाजलाई केही घटाएर आफ्नो अगाडि भएको व्यक्तिसँग खुल्न सजिलो बनाउँछ तथा रोमान्टिक महसुस गर्न मद्दत पुर्‍याउँछ। जुन पुरुष यौन सम्बन्धलाई लिएर नर्भस हुन्छन् उनीहरूलाई यौन आनन्द लिन र शीघ्रस्खलनलाई कम गर्न मद्दत गर्छ तर रक्सी नै ती समस्याको दीर्घकालीन समाधान भने होइन। 

यदि तपाईंका श्रीमान्ले यौन सम्बन्धभन्दा अघि रक्सीलाई नै मुख्य रूपमा सहयोग हुने तत्वका रूपमा लिनुभएको छ भने त्यसले लामो समयपछि उहाँको शारीरिक तथा मानसिक स्वास्थ्यमा असर पुर्‍याउन सक्छ। अर्को कुरा यसले तपाईंहरूको आत्मीय सम्बन्धमा पनि असर पार्छ। माथि उल्लेख भएअनुसार विस्तारै यौन दक्षतामा कमी मात्र ल्याउँदैन, एक-अर्काप्रतिको सम्मानमा पनि कमी आउँछ।
करूणा कुँवर, मनोविद्
साभार : साप्ताहिक 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis