CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » एकदिन भुवन केसी र रजनीकान्त बाटोमा हिँड्दै रहेछन्

एकदिन भुवन केसी र रजनीकान्त बाटोमा हिँड्दै रहेछन्

एकदिन भुवन केसी र रजनीकान्त बाटोमा हिँड्दै रहेछन्, यत्तिकैमा अचानक रजनीकान्त करायो।

रजनीकान्त ः मेरो ब्याग हरायो 

भुवन केसी ः पैसा थियो हो, त्यसमा ?


रजनीकान्त ः होइन।

भुवन केसी ः मोबाइल थियो हो ?

रजनीकान्त ः होइन, जाबो मोबाइल भा'को भए त्यस्तो टेन्सन हुन्थ्यो र ?

भुवन केसी ः अनि के थियो त ? 

रजनीकान्त ः होइन नि, राजेश दाइको अटोग्राफ थियो त्यसमा।

भुवन केसी ः साले, त्यस्तो बहुमूल्य कुरा पनि हराउँछन् ? धिक्कार छ तँलाई। 

०००

एक दिन भारतबाट एउटा ठग नेपालमा नक्कली नोटको तस्करी गर्न आएछ, त्यसले टन्नै नेपाली नोट बनाउने क्रममा १५ रुपैयाँको नोट बनाएछ, अब त्यो ठगलाई के थाहा, नेपालमा १५ को नोट हुँदैन भनेर, पछि पो बुझ्दै जाँदा १५ को त नोट नै हुँदो रहेनछ भनेर उसले थाहा पाएछ, अनि नभा'को बुद्धि लगाएर त्यो एउटा टाढाको गाउँमा गएछ, गाउलेहरूलाई १५ को नोट हुँदैन भन्ने के थाहा भनेर त्यो गाउँमा छिरेर एउटा पसलमा गएर भनेछ ः साहूजी यो नोट साटिदिनुस न।

संयोगवश त्यो पसल राजेश हमालको रहेछ, राजेश हमालले त्यो नोट लिएर उसको हातमा दुईवटा नोट राखिदिएछन्।

एउटा ७ र अर्को ८ को नोट।

-ठग सेन्टिफ्लाट)

०००

एकदिन राजेश दाइको घनिष्ठ मित्रको मानसिक सन्तुलन बिगि्रएछ, र उसलाई पाटन मेन्टल हस्पिटलमा एडमिटेड गरिएछ, साथीलाई भेट्न राजेश हमाल हस्पिटल जानुभएछ। 

दाइलाई देखेर उसले सोधेछ ः बाबु तिमी को हौ ?

राजेश दाइ ः लौ तिमीले मलाई बिर्सिएको ? म राजेश हमाल के त, तिम्रो बच्चादेखिको साथी ।

हमाल दाइको कुरा सुनेर मानसिक सन्तुलन बिगि्रएको साथी मरी-मरी हाँसेछ र भनेछ ः सुरु-सुरुमा यहाँ आउँदा म पनि भुवन केसी थिएँ, दुई-चार दिन बस, ठीक हुन्छ।

०००

राजेश दाइले जिन्दगीमा जम्मा दुई पटक मात्र दीपावली मनाए ती दुई दीपावलीलाई मानिसहरूले के भनेर चिन्छन्, थाहा छ ?

प्रथम विश्व युद्ध र द्वितीय विश्व युद्ध।

०००

एक दिन एउटा बच्चाले राजेश दाइसँग सोधेछ ः मैले यो बनाको कागजको प्लेन राम्रो भएन, तपाईलाई राम्रो बनाउन आउँछ ?

राजेश दाइले आउँछ भन्नुभएछ र बनाएर दिनुभएछ, अनि बच्चाले उडाइदिनु भनेछ र राजेश दाइले त्यो प्लेन उडाइदिनुभएछ। त्यो कागजको प्लेनले अमेरिकाको टि्वन टावरमा गएर धमाका मच्चाएको पनि १० वर्ष नाघिसकेछ। 

०००

राजेश हमाल ः कपाल काटेको कति रुपैयाँ हो भाइ ?

हजाम ः ६० रुपैयाँ हो हजुर

राजेश ः अनि सेभ गरेको नि ?

हजाम ः जम्मा २० रुपैयाँ हो हजुर

राजेश ः ल त्यसो भए मेरो टाउको सेभ गर्देऊ न। 

०००

महादेव ः ब्रह्मा, तिमीले हामीभन्दा पनि शक्तिमान मानिस बनायौ रे हो ?

ब्रह्मा ः हो प्रभु, मैले आज राजेश हमाल नामक मनुष्य बना'को सत्य हो।

महादेव ः राजेश हमालले शक्तिको दुरुपयोग गर्‍यो भने के गर्ने नि ?

ब्रह्मा ः त्यसो हुने छैन प्रभु, मैले सम्झाएर पठा'को छु।

महादेव ः उसले त नगर्ला तर उसका छोरा नातीले शक्तिको दुरुपयोग गरे भने नि ?

ब्रह्मा ः त्यसको चिन्ता 

लिनुपर्दैन प्रभु, मैले राजेशलाई मनुष्यसँग विवाह नगर भनेको छु, समय आएपछि उहाँको पनि एउटी अप्सरासँग विवाह त होला, तर उनको हातलगायत सबै अंग फलामका छन्, फलामका।

०००

राजेश दाइलाई चाउमिन खान मन लाग्दा शिव मन्दिर जानुपर्छ, किन थाहा छ ? 

भक्त -महादेवसँग) ः प्रभु तपाईंको त्रिशूल खोइ त ?

महादेव ः राजेश हमालले लगेको छ।

भक्त ः किन ?

महादेव ः चाउमिन खान चाहियो रे।

०००

अन्र्तवार्ताकार ः एप्पल र अरेन्जमा के फरक छ ?

राजेश हमाल ः अरेन्जको कलर अरेन्ज नै हुन्छ तर एप्पलको कलर एप्पलजस्तो हुँदैन।

०००

राजेश दाइको वर्कसप बाहिर बोर्डमा लेखिएको थियो ः

यहाँ सबै चीजमर्मत गरिन्छ, सियोदेखि लिएर टेलिभिजन, कार, हेलिकप्टर, रकेट, स्याटलाइट आदि आदि।

कृपया पसलभित्र छिर्दा ढोका ढक-ढक ढप्क्याउनुहोला, डोरबेल बिगि्रएको छ। 

०००

चिनियाँ, जापानी र नेपालीको बीचमा तलवारबाजी प्रतियोगिता चल्दैथियो।

चिनियाँले सुन्तला हावामा फाल्यो र ५ टुक्रा पारिदियो।

जापानीले अंगुर हावामा फाल्यो र १० टुक्रा पारिदियो।

नेपालका तर्फबाट चाहिँ हाम्रो राजेश दाइ हुनुहुँदो रहेछ। राजेश दाइले लामखुट्टेलाई हावामा उडाउनुभयो र तरवार नचाउनु भो, तर अचम्म लामखुट्टे टुक्रा भएन, त्यत्तिकै उडेर गयो।

यो देखेर चिनियाँ र जापानीले राजेश दाइलाई जिस्काउँदै भने ः खै त केही पनि गर्न सकिनस् तैंले।

राजेश दाइले आफ्नो स्टाइलमा भन्नुभो ः हे.............................ई याद राख, यो लामखुट्टे अब कहिल्यै बाउ बन्न सक्दैन। 

०००

राजेश हमाल ः रजनी, एउटा प्रश्न सोधौं ?

रजनीकान्त ः सोध् न।

राजेश हमाल ः मेरी सासूकी एक मात्र छोरीको छोराको बाउ को हो ?

रजनीकान्त ः कति गाह्रो प्रश्न सोधेको, उत्तर आफैं भन्।

राजेश हमाल ः त्यो त मै हो नि।

घरमा बूढीसँग रजनीकान्त ः बूढी, एउटा प्रश्न सोधौं ?

बूढी ः सोध्नु न।

रजनीकान्त ः मेरी सासूकी एक मात्र छोरीकी छोराको बाउ को हो ?

बूढी ः तपाईं हो नि।

रजनीकान्त ः होइन, राजेश हमाल हो। 

०००

रजनीकान्त ः म उडिरहेको चराको आँखा फुटाउन सक्छु ।

राजेश दाइ ः म त्यो चराको आँखाको रेटिनाको ब्लड भेसलको आरबीसी हेमोग्लोबिनको प्रोटिनको सेक्थ एमिनो एसिडको हाइड्रोजन बन्ड फुटाउनु सक्छु बुझिस।

रजनीकान्त ः गुरु, तपाई त सिरियस पो हुनुभो, मैले त मजाक मात्र गरेको।

०००

पि्रन्सिपल ः यदि कुनै केटा लेडिज होस्टलतर्फ गए पहिलो पटक १ हजार रुपैयाँ तिर्नुपर्नेछ। दोस्रो पटक गए २ हजार रुपैयाँ र तेस्रो पटक गए ५ हजार रुपैयाँ.... ।

राजेश दाइले हात उठाएर भन्नुभयोः महिनाभरिका लागि कति हर्जाना तिर्नुपर्ने हो सर ?

०००

राजेश दाइको लाइटर हराएको हुँदा दाइले आज सिग्रेट तान्नै पाउनुभएन, पछि पो पत्ता लाग्यो, दाइको सल्काउने फ्लेम त ओलम्पिक टर्च बाल्न लन्डन पो लगेका रहेछन्। 

०००

हिटलर ः दियर इज नो वर्ड लाइक इम्पोसिबल इन माइ डिक्सनरी ।

राजेश दाइ ः अब भनेर के फाइदा ? किन्ने बेलामा डिक्सनरी चेक गर्नुपथ्र्यो नि।

०००

बिल गेट्स -फुर्ती लगाउँदै) यदि बिहान म आफ्नो कारमा घरबाट निस्किए भने बेलुकासम्म पनि आफ्नो पूरै प्रोपर्टी घुम्न भ्याउँदिनँ।

राजेश दाइ -हाँस्दै) ः मसँग पनि पहिले त्यस्तै थोत्रो कार थियो, मैले त बेचिदिएँ।

०००

जब राजेश हमालले कसैलाई पन्च हान्छन् तब गुगलले पनि त्यसलाई सर्च गर्न सक्दैन।

०००

राजेश दाइको फलामको हातको कन्सेप्ट चोरेर हलिउडले आइरन म्यान बनायो, डलर छाप्यो, यता नेपाली निर्माताहरू भारतिय बी ग्रेडका चलचित्र खोज्दै चोरिरहेका छन्। 

०००

राजेशदाइले एकपटक महेन्द्रसिंह धोनीको किडन्याप गरेछन्, उसलाई पासा दिँदै भनेछन्, यदि तैंले २, ३, ४ र ५ मध्ये कुनै एउटा नम्बर ल्याइस भने तँ मरिस्।

धोनीले सोधे ः दाइ ६ वा १ आयो भने 

राजेश दाइ ः तैंले लुडो खेलेको छैनस्? फेरी फ्याल्ने नि।

०००

राजेश दाइ र रेखा थापाको संवाद

राजेश दाइ ः रेखा, तिमी कति राम्रो गाउँदी रहेछौं।

रेखा ः होइन म त बाथरुम सिंगर मात्र हो। 

राजेश दाइ ः ए हो र, बोलाऊ न हामीलाई पनि कहिलेकाहीं, तिम्रो लाइभ प्रोगाममा।

०००

राजेश हमाल ः थाहा छ, आज टिभीमा ३० फिटको सर्प देखाउँदै छ नि।

भुवन केसी ः ए हो, तर म त हेर्न पाउँदिनँ।

राजेश हमाल ः किन नि ?

भुवन केसी ः मेरो टिभी २१ इन्चको मात्र छ, त्यसैले। 

०००

करिश्मा ः राजेश तिम्रा आँखा त मलाई ताराझैं लाग्छन्।

राजेश -मख्ख पर्दै), धन्यवाद त्यस्तो चमक छ, मेरो आँखामा ?

करिश्मा ः कहाँ हुनु, एक-अर्काबाट त्यति टाढा छन् पो भनेको त ?

साभार : साप्ताहिक ०००
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis