प्रेम बिनाको सेक्स पीडादायी हुन्छ ।
- भवानी राणा, उद्यमी
सेक्स बिनाको प्रेम नि ?
बाबुराम भट्टराईबाट अझै आशा छ ।
- करिश्मा मानन्धर, अभिनेत्री
तपाईंले पनि राजनीतिमा लाग्ने विचार गर्नुभएको हो र ?
विवाह अघिको सेक्स "नट ब्याड" Û
- सुमिना घिमिरे, नायिका
अनुभवीलाई के भन्नु र खै !
चलचित्र "राजनीति" ले राजनीति गर्न सिकायो ।
- कोमल वली, गायिका
भनेपछि तपाईँ पनि चुनावमा उम्मेदवार बन्ने पक्का भयो !
म आफ्नो पार्टीप्रति प्रतिबद्ध छु ।
- भुवन केसी, अभिनेता
कुन पार्टी, जुन पार्टीले टिकट दिन्छ, त्यही पार्टी त भन्नु भा' होला ।
अरू र ममा फरक छ ।
- रेखा थापा, नायिका
के-के फरक छ, त्यो पनि भन्ने कि ?
हाम्रो मिसन बहुमत ल्याउने हो ।
- केशरबहादुर विष्ट, नेता
मिसन इम्पोसिवल !
रेखा थापाको नृत्यमा "अदा" देखिन्छ ।
- कलम राई, नृत्य निर्देशक
बाँकी नायिकाको नृत्यमा चाहिँ के देख्नु हुन्छ नि !
सहमति नभए सत्र साल दोहोरिनेछ ।
- देव गुरुङ, नेता
अनि त्यसको श्रेयचाहिँ तपाईंलाई नै जानेछ !
महिला पत्रकारले पनि अवसरको उपयोग गर्नुपर्छ ।
- बबिता बस्नेत, पत्रकार
कसले छेकेको छ र !
कांग्रेसमा पैसा लिएर टिकट वितरण गरिएको छ ।
- सुजता कोइराला, नेतृ
क्रेता र विक्रेताको नाम पनि भन्ने कि ?
साभार : साप्ताहिक

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !