CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » दोहोरी साँझमा छिरेका थिए, यी तीन नेता: टिकट पीडित (वक्रासन)

दोहोरी साँझमा छिरेका थिए, यी तीन नेता: टिकट पीडित (वक्रासन)

सुन्धाराको दोहोरी साँझमा छिरेका थिए, यी तीन जना जिल्लास्तरीय नेता। तीनै जना एकदम पराजित मुखमुद्रामा थिए, सर्वस्व हारेको जुवाडेझैँ। एक महिनासम्म आ–आफ्ना शीर्ष नेताका द्वारमा लम्पसार परेका थिए उनीहरू। दोस्रो संविधानसभा निर्वाचनमा टिकट उछिट्याउन राजधानी आएका थिए। तर, क्यै सीप लागेन। टिकट नपाएको चोटले उनीहरू रनथनिएका थिए। 'गम' भुलाउन दोहोरी साँझ छिरेका थिए। तर, यो प्रेमको गम थिएन। टिकटको गम थियो। प्रेमको गम त अर्की मायालु भेटेपछि मेटिनसक्थ्यो। अथवा, भावुक र वियोगात्मक गीत सुनेर पनि भुलाउन सकिन्थ्यो। विडम्बना, टिकटको गम भुलाउने खालका गीत कसैले लेखेको छैन, कसैले गाएको छैन।
कांग्रेसका वृक्षबहादुरको जरोमुरो उखेलिएको थियो। 

एमालेका सूर्यबहादुरको सूर्यास्त भएको थियो। 

एनेकपा माओवादीका हथौडाबहादुरको बिँड फुक्लिएको थियो। 

संयोगले उनीहरू एउटै जिल्लाका थिए। जिल्ला कुन होत्यो महŒवपूर्ण थिएन। महŒवपूर्ण त तीनै जनाले टिकट नपाउनु थियो। उम्मेदवार घोषणा नभइसके पनि उनीहरूले टिकट पाउने सम्भावना सकिएको थियो। 

तीनै जनामा केही समानता थिए। उनीहरूका अनुसार उनीहरूले पार्टीका लागि अभूतपूर्व योगदान गरेका थिए। उनीहरूका अनुसार उनीहरू टिकटका सच्चा र वैधानिक हकदार थिए। उनीहरूका अनुसार उनीहरूमाथि ऐतिहासिक अन्याय भएको थियो। (अरूका अनुसार निअरूको जिम्मा कसले लिइराखोस्?)

तीन जनाले एउटा टेबल कब्जा गरे। 

वेटर सेवामा हाजिर भयो। 

'म भोड्का खान्छु,' वृक्षबहादुरले भन्यो। 

'म बियर खान्छु,' हथौडाबहादुरले भन्यो। 

सूर्यबहादुरले टाउको कन्यायो, 'भोड्का खाऊँ कि बियर खाऊँ?'

'तपाईंहरूको यो अन्योलमा पर्ने र ढुलमुल गर्ने पारा देख्दा वाक्क लागिसक्योयार,' हथौडाबहादुरले कसेर एक खेप व्यंग्य दियो। 

'सबैका नैसर्गिक चरित्र हुन्छन्,' वृक्षबहादुरले सूर्यबहादुरको पक्ष लियो, 'तपाईं भोड्कै खानुस्। तपाईंहरूले आखिर कांग्रेसकै पुच्छर समाउने त हो।'  

सूर्यबहादुर आफ्नो बचाउमा केही भन्न खोज्दै थियोदोहोरी गायकले उनीहरूलाई सम्बोधन गर्‍यो, 'आज हाम्रो बीचमा फलानो जिल्लाका प्रमुख पार्टीका नेताहरू आउनुभएको छ। उहाँहरू टेबल नं १२ मा बसिरहनुभएको छ। उहाँहरूलाई जय नेपाल र लाल सलामको अभिवादन टक्य्राउँछु। आज देश अस्तव्यस्त भइरहेको छ। यस्तो बेलामा उहाँहरू एउटै टेबलमा हुनु ऐतिहासिक महŒवको कुरा हो। हाम्रा सबै नेता यसैगरी मिले नयाँ नेपाल अवश्य बन्थ्यो।'

गायकले 'सार्वजनिक हितका लागि जारीभनेजसरी उपदेश दिन भ्यायो। नेतालाई अर्ती र उपदेश नदिने यो देशमा को होला र?

'अब प्रस्तुत हुने भाका आज यहाँ पाल्नुभएका नेताज्यूहरूप्रति समर्पित छ,' गायकले भन्यो। 

तीनै जनाले मञ्चतिर हेरे। मञ्चको सजावट कस्तो थियो भने उहिलेउहिले ट्रक ड्राइभरले आफू बस्ने खण्ड झिलिमिली पार्थे निहो त्यस्तै थियो। 

दोहोरी रेस्टुरेन्ट गुञ्जियो–  

बोतलको पानीलेआँखा सन्काई नानीले

इज्जत गयो पिउने बानीले।

वृक्षबहादुर झसंग भयो। हथौडाबहादुरको कानैमा मुख पुर्‍याएर चर्काे आवाजमा भन्यो, 'के होयो गायक त 'टिकट गयो पिउने बानीलेभन्छ नि।'

'मैले पनि 'टिकट गयोनै सुनेँ,' हथौडाबहादुरले भन्यो, 'पख्नुस् हैफेरि सुनौँ।'

फेरि दुवैले 'टिकट गयोनै सुने। 

'साँच्ची तपाईंले के सुन्नुभो?' वृक्षबहादुरले सूर्यबहादुरलाई सोध्यो। 

'खैमैले त के सुनेँके सुनेँ। टिकट पनि सुनेँइज्जत पनि सुनेँ,' सूर्यबहादुरले फेरि टाउको कन्यायो। हथौडाबहादुर मुस्कुरायोअभिप्रायसहित।     

त्यो गीत नसिद्धिञ्जेल उनीहरूले 'टिकट गयोनै सुने। सूर्यबहादुरले के सुन्योत्यसको चाहिँ जिम्मा लिन सकिन्न। 

त्यसपछि उनीहरूको ध्यान गीतमा गएन। तीनै जनाको खोपडी र मुटुमा टिकट अड्केको थियोतेर्साे परेर। (कति न एक्सरे गरेर हेर्‍या जस्तो गरी भनिटोपल्ने म!) 

'म अब सन्न्यास लिन्छु राजनीतिबाट,' वृक्षबहादुरलाई भोड्का चढिसकेको थियो। उसको घोषणामा गहिरो दुःख थियो। 

'म त विद्रोह गर्छुविद्रोह,' हथौडाबहादुरले आफ्नो नाम र स्वभावसुहाउँदो उद्घोष गर्‍यो र सूर्यबहादुरलाई सोध्यो, 'तपाईं चाहिँ के गर्नुहुन्छ नि?'

'खोइ के गरूँके गरूँ?' सूर्यबहादुरले उही चिरपरिचित पारा देखायो, 'सन्न्यास लिऊँ कि विद्रोह गरूँ?'

सूर्यबहादुरका लागि निर्णय गरिदिन वृक्षबहादुर फेरि अघि सर्‍यो, 'मैले लिएपछि तपाईंले पनि सन्न्यासै लिनुपर्‍यो नियार।'

तीनै जना टिल्ल भए। 

बहस सुरु भयो– चुनावमा कुन दल पहिलो हुन्छ?

'हामी पहिलो हुन्छौँहामी,' वृक्षबहादुरले भन्यो। हथौडाबहादुर झन् के कमऊ पनि चर्कियो, 'हामी हुन्छौँहामी।यस मामिलामा सूर्यबहादुर कुनै अन्योलमा थिएन, 'हामी हुन्छौँहामी।'

वृक्षबहादुर तर्क गर्दै थियो, 'हामी पुरानो दल। प्रजातन्त्र र लोकतन्त्रका लागि लडेका सुरवीर हामी। हामी बाघका सन्तान हौँबाघका।'

हथौडाबहादुरले एउटा प्रसिद्ध चुट्किला झट्ट सम्भि्कहाल्यो र त्यसलाई वृक्षबहादुरको तेजोवध गर्न प्रयोग गरिहाल्यो, 'बाघको सन्तान हौँ भन्नुहुन्छ अनि आमा जंगल जानुभा'को कि बाघ घरमै आउनुभा'को?'

तरवृक्षबहादुरले कुरा बुझेन। जाँडको कारण पनि होला। उसको रटान जारी थियो, 'हामी पहिलो हुन्छौँपहिलो। हामी पुरानोहामी पहिलो!'

हथौडाबहादुर दब्ने कुरै भएन। 'हामी हुन्छौँ एक नम्बर। पहिला पनि भएकै हौँअहिले पनि हुन्छौँ।'

सूर्यबहादुर पनि कुनै दुविधामा थिएन, 'हामी हुन्छौँ शीर्ष। हामी नम्बर वान्!'

चर्काचर्की परे पनि अप्रिय स्थिति भने आएन किनभने उनीहरू टिकट पीडित थिए। 

'जसले जिते पनि के भो र हामीलाई?' वृक्षबहादुरले बुद्धिमत्ता देखायो, 'हामी त चुनाव नलडीकनै हार्‍यौँ।'

उनीहरूसँगैको टेबलमा पनि तीनै जना थिए। 

उनीहरू पनि टिकटकै कुरा गर्दै थिए। 

'घर जान खोजेको। बसको टिकटै पाइएनयार। यो दसैँ पनि खल्लै हुने भो। पाँच वर्ष भइसक्यो बाआमाको हातको टीको नलागाको,' टिकट पीडित नागरिकले भन्यो। 

'कालोबजारीले गर्नु गर्‍यो,' अर्काे टिकट पीडित नागरिकले राष्ट्रियस्तरको कुरा उठायो। 

हथौडाबहादुर जुरुक्क उठ्यो र कालोबजारीको उल्लेख गर्ने टिकट पीडित नागरिकलाई हेर्दैहातको गिलास टाउकोभन्दा माथि उठाउँदै भन्यो, 'ठीक भन्नुभोभाइ। कालोबजारीले गर्नु गर्‍यो।उसलाई वृक्षबहादुर र सूर्यबहादुरले पनि साथ दिए, 'कालोबजारीले देश ध्वस्त पार्‍यो।'

तरतीनै जनाले देश उच्चारण गरिरहँदा टिकट नै सम्भि्करहेका थिए। केहीका निम्ति देशले चुनावी टिकटभन्दा बढी के नै अर्थ राख्छ र?
साभार : नागरिक न्युज 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis