CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » आइफोन किन्न चीनमा छोरीको बिक्री

आइफोन किन्न चीनमा छोरीको बिक्री

आइफोन किन्न चीनमा छोरीको बिक्री
सांघाई– चीनमा एक दम्पत्तिले आइफोन किन्न छोरीको बिक्री गरेको खुलासा भएको छ। छोरी बिक्री गर्ने दम्पत्तिले अहिले आफ्नो अपराधको सजाय भोगिरहेको शुक्रबार त्यहाँका सरकारी समाचारमाध्यमले जनाएका छन्।सांघाईका सरकारी वकिलले दम्पत्तिलाई मानव बेचविखनको आरोपमा मुद्दा चलाएका थिए। दम्पत्तिले आफ्नो तस्रो सन्तानलाई गैरकानुनीरुपमा अनलाइनमार्फत् पैसा लिएर तेस्रो व्यक्तिलाई बेचेका थिए।

अनुसन्धानले उसको आमाले छोरीको बिक्रीबाट प्राप्त पैसा आइफोन, स्पोर्टस् जुत्ता र अन्य समाग्री किन्न खर्च गरेको पता लगाएको थियो। समाचारले ती महिलाको नाम भने खुलाएका छैनन्।

एप्पलका उत्पादन चीनमा निकै लोकप्रिय छन्। चीनका युवाले आइफोन वा आइप्याड किन्न आफ्नो मृगौलासमेत बिक्री गरेका तत्थ्य अघिल्लो वर्ष सार्वजनीक भएका थिए।

छोरी बिक्री गरेको आरोप लगेका दम्पत्तिले प्रहरीसमक्ष आफ्न दुई सन्तान भइसकेकाले र तेस्रो सन्तान हुर्काउन नसक्ने हुनाले राम्रो भविष्यका लागि तेस्रो ब्यक्तिलाई दिएको बयानमा भनेका छन्।

सांघाइ प्रहरी र सरकारी वकिलले भने यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन्। दम्पत्तिले कति रुपैयाँ प्राप्त गरे भन्नेबारे मिडियाले खुलाएका छैनन्।
साभार : नागरिक 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis