CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » मेरो तल ठूलो भएर नै उसको लिङ्ग पूरै न खुलेको त होइन ? के गर्दा उसको लिङ्ग पूरै खुल्छ ?

मेरो तल ठूलो भएर नै उसको लिङ्ग पूरै न खुलेको त होइन ? के गर्दा उसको लिङ्ग पूरै खुल्छ ?

म २३ वर्षीया युवती हुँ। मेरो केटा साथीको उमेर पनि त्यस्तै हो। कुरा के हो भने मेरो केटा साथीको लिङ्ग  पूरै खुलेको छैन। अझै तल टाँसिइएको छ। हामीले ८-१० पटक यौनसम्पर्क गरिसक्यौं, अझै पनि उसको लिङ्ग छुट्टिएको छैन। यसको कारण के होला ? ऊभन्दा पहिले मेरो अर्को केटा साथी थियो, ऊसँग पनि यौनसम्पर्क
हुन्थ्यो तर अहिलेको केटा साथीको म पहिलो प्रेमिका हुँ र उसले पहिलोपटक मसँग नै यौनसम्पर्क गरेको हो। मलाई डर लागिरहेको छ, मेरो तल ठूलो भएर नै उसको लि· पूरै न खुलेको त होइन ? के गर्दा उसको लि· पूरै खुल्छ ?

    ९५९७ 

तपाईंको केटा साथीलाई के भएको हो ? 

हामी सबैलाई थाहा छ, हाम्रो लिङ्ग छालाले ढाकिएको हुन्छ। बाल्यकालमा यो छाला लिङ्गको मुण्डसँग टाँसिएको हुन्छ तर ठूलो हुँदै गएपछि छुट्टिएर आए पनि यसको एक भाग भने तलतिर टाँसिएको हुन्छ। यो सामान्य हो, वयस्क भएपछि अग्रचर्मलाई पछाडि फर्काउन कुनै अप्ठ्यारो पर्दैन। तपाईंको केटा साथीको अग्रचर्म तलतिर मात्र टाँसिएको हो र फर्काउँदा पूरै लिङ्गमुण्ड देखिन्छ भने कुनै चिन्ता लिनुपर्दैन। 

यद्यपि कसैकसैको अग्रचर्मको प्वाल सानो हुन्छ र पछाडि फर्काउन सकिंदैन। यस्तो अवस्थालाई एजimयकष्क भनिन्छ। प्रायः यस्तो अवस्था जन्मजात नै हुन्छ तर कहिलेकाहीं यस्तो अवस्था लामो समयसम्म उक्त भागको संक्रमण हुँदा पनि हुन सक्छ। यो बाहिरी छालाको प्वाल साँगुरिएको भए पनि अलि बल प्रयोग गरेर पछाडि फर्काएर फेरि अगाडि ल्याउन सकिएन भने समस्या उत्पन्न हुनसक्छ। छालाको यस्तो साँगुरो भएको भागले लिङ्गको मुण्डमा कसिलो ब्यान्डजस्तै बनेर दबाब दिन्छ र उक्त भाग सुन्निन्छ। यस्तो अवस्थालाई एबचबउजimयकष्क भनिन्छ। तुरुन्तै यो अवस्थाको उपचार गर्न सकियो भने शल्यक्रियाबिना नै पनि उपचार सम्भव छ। धेरै सुन्निसकेको छ भने यो कसिलो ब्यान्डलाई काट्नुपर्ने हुन्छ। कहिलेकाहीं लिङ्गको छालामा भएको प्वाल निकै सानो हुन्छ र पिसाबको धारा पनि राम्रोसँग आउँदैन। यदि मुण्डलाई जहिले पनि छोपिराख्ने अवस्था छ भने आवश्यक सरसफाइ हुन सक्दैन र संक्रमण तथा अन्य गम्भीर अवस्था आउन सक्ने खतरा हुन्छ। एजimयकष्क भएको हो भने अष्चअumअष्कष्यल भनिने एक किसिमको साधारण शल्यक्रिया गरी उपचार गर्न सकिन्छ। 

के तल ठूलो भएकाले नखुलेको हो ? 

तपाईंले तल ठूलो भन्नुको अर्थ योनि खुकुलो भन्नुभएको होला भनेर बुझेका छौं। तपाईंले किन यौनसम्पर्क गरेपछि पुरुषको अग्रचर्म पूरै खुल्छ भनेर सोच्नुभयो थाहा भएन। तपाईंले पहिले पनि यौनसम्पर्क राख्नुभएकाले पहिलेको केटासाथीको लिङ्ग अनि त्यसको अग्रचर्म कस्तो थियो भन्ने पक्कै थाहा पाउनुभएको हुनुपर्छ। कतिपय समुदायमा अग्रचर्म बाल्यअवस्थामै काट्ने चलन हुन्छ र त्यसैले अग्रचर्म नभएको लिङ्ग हुन्छ। तपाईंले यस्ता अग्रचर्म नभएको लिङ्ग यौनचित्र वा चलचित्रमा पनि देख्नुभएको हुनुपर्छ। नेपालमा धेरैजसोले अग्रचर्म काट्दैनन्। 

यदि कसैको अग्रचर्म नभएको लिङ्ग देख्नुभएको भए उक्त यौनसम्पर्क गरेका कारणले खुलेको होइन। तपाईंले के बुझ्नुपर्छ भने केटा र केटीको यौनाङ्गमा आधारभूत भिन्नता हुन्छ। कतिपय केटीमा योनिद्वारमा भित्रीछालाको पातलो झिल्ली अर्थात योनिच्छद हुन्छ र यो पहिलो यौनसम्पर्कमा च्यातिन सक्छ तर पुरुषको हकमा भने त्यस्तो हुँदैन।  

फेरि तपाईंलाई थाहै छ कि योनि एक अति नै लचिलो मांसपेसीले बनेको नली आकारको अङ्ग हो। यौन उत्तेजनापछि योनिबाट प्रशस्त योनिरस आउँछ र योनिद्वार केही खुल्छ र योनिले विभिन्न मोटाइका यौनाङ्गलाई सजिलै ग्रहण गर्न सक्छ। हल्का घर्षण मात्र हुँदा पनि यौन आनन्द प्राप्त हुन्छ। योनि सुख्खा हुँदा पनि यौनसम्पर्क पीडा दायक बन्छ। तपाईंले सोच्नुभएजस्तो पुरुषको लिङ्गको अग्रचर्म च्यातिने गरी योनि सँागुरो तथा कडा हुने यौनसम्पर्क स्वाभाविक रूपमा सम्भव हुँदैन। छाला च्यातिने गरेर योनिमा पसाउन खोज्दा हुने पीडाले नै कुनै व्यक्तिले सामान्य अवस्थामा यौन सम्पर्कलाई निरन्तरता दिँदैन। 

तपाईंको समस्या के हो ?

खुलेर लेख्नु भएको त छैन, तर पनि सतही रूपमा हेर्दा एक सामान्य जिज्ञासाजस्तै लागे पनि कुरा केही फरक भएजस्तो लाग्छ। तपाईंको अहिलेको केटासाथीको तपाईं पहिलो प्रेमी तथा यौनसाथी तर तपाईंको भने पहिले नै अन्य केटासँग यौनसम्पर्क रहिसकेको कुराले पनि तपाईंलाई असहज वा ग्लानि वा दोषीपनको भाव रहेजस्तो देखिन्छ। आफूले चाहे वा नचाहे पनि परिस्थितिवश सम्बन्धहरू बन्छन् र टुट्छन्। निरन्तरता दिन नसकिएका बेला त्यसैलाई समातेर सधैं दुःखी भएर बस्नुको कुनै औचित्य हुँदैन। तपाइर्ंमा पहिलेको केटा साथीसँगको यौनसम्पर्कको कारणले योनिमा खुकुलोपन आएकाले कतै अग्रचर्म पूरै नखुलेको हो कि भन्ने शंकाले पिरोलेको जस्तो पनि देखिन्छ। यो कुरामा सत्यता छैन भन्ने पक्कै बुझिसक्नुभएको हुनुपर्छ, त्यसैले यस विषयमा अनावश्यक चिन्ता नलिनुभए हुन्छ। फेरि अर्को कुरा के हो भने योनि एकदमै लचिलो नली आकारको अङ्ग भएकाले र लिङ्गलाई राम्रोसँग समाउन सक्ने भएकाले लिङ्गले खुकुलो भएको थाहा पाउँदैन। 

तपाईंलाई अग्रचर्मका बारेमा थप अध्ययन गर्न अनुरोध गर्छु र यसका बारेमा आफ्नो केटा साथीसँग पनि छलफल गर्नुभए हुन्छ। तपाईंको केटासाथीको अग्रचर्म असामान्य लाग्छ भने चिकित्सकबाट परीक्षण गराउनु बेस होला।
साभार : साप्ताहिक 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis