बिबिसी अनलाइनले जनाएको छ । सन् २००४ मा अराफातको मृत्युपछि भएको अनुसन्धानले जारी गरेको प्रतिवेदनमा अराफातको हत्या नभएर रगतमा देखिएको खराबीका कारण मृत्यु भएको उल्लेख थियो । तर, बिहीबार अल जजिराले खुलासा गरेको रिपोर्टअनुसार उनको शरीरमा अत्यधिक पोलिनियम देखिएकाले हत्या भनिएको दाबीलाई सहयोग मिलेको विश्लेषण छ ।
अराफातको मृत्युको विषयमा विभिन्न शंका गरिएको थियो । अधिकांश प्यालेस्टाइनी जनताले उनलाई इजरायलले विष दिएर मारेको बताए पनि इजरायलले सो दाबीको खण्डन गर्दै आएको छ । उता, केही मानिस उनलाई एड्स, क्यान्सरलगायतका रोग भएको पनि अनुमान गर्छन् । तर, स्विट्जरल्यान्डको बोदुवा विश्वविद्यालयमा गरिएको अराफातको मेडिकल जाँचले उनको मृत्यु पोलिनियमका कारण भएको बताएको छ । सन् २००४ मा फ्रान्सको एक अस्पतालमा उपचार गराउँदा मृत्यु भएपछि अराफातको शरीरका विभिन्न कोषको स्विट्जरल्यान्डमा जाँच सुरु भएको थियो । नोभेम्बर २०१२ मा अराफातको समाधिस्थल खोतलेर अनुसन्धानका लागि उनका विभिन्न अंग स्विट्जरल्यान्ड लगिएको थियो ।
३५ वर्षसम्म प्यालेस्टाइन मुक्ति संगठनको नेतृत्व गरेका आराफात १९९६ मा प्यालेस्टाइनका राष्ट्रपति चुनिएका थिए । अक्टोबर २००४ मा बिरामी भएपछि उनलाई फ्रान्सको अस्पताल लगिएको थियो, जहाँ ११ नोभेम्बरमा उनको मृत्यु भयो ।
एजेन्सी, स्विट्जरल्यान्ड, साभार : नया पत्रिका

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !