काठमाडौं महानगरपालीकाले निःशुल्क पार्किङ स्थल बनाएर व्यवस्थित गर्न नसक्दा उनीहरुजस्ता महिलाहरुलाई आफ्नो सवारी पार्किङ गर्न र निकाल्न मुस्किल पर्न थालेको छ । ‘सशुल्क पार्किङको व्यवस्था हुँदा उनीहरुले नै स्कुटर पार्किङ गरिदिने र बाहिर ल्याइदिने गर्थे’ पुजा थापाले भन्नुभयो- ‘अहिले निःशुल्क पार्किङको सुविधा भएर के गर्नु, स्कुटर राख्न र निकाल्न नै सकिदैन् ।’
Parking
निःशुल्क पार्किङ स्थलहरुमा आफ्नो सवारी आफै पार्किङ गर्ने र निकाल्ने गर्नुपर्छ । महानगरले पार्किङ स्थल व्यवस्थित गराउन कर्मचारी खटाउने भने पनि अधिकांश ठाउँहरुमा कर्मचारी राखिएको छैन् । कर्मचारी राखिएका स्थानहरुमा पनि सवारी धनी आफैले आफ्नो सवारी पार्किङ गर्ने र निकाल्ने गर्नुपर्छ । जुन कार्य महिला तथा कमजोर व्यक्तिहरुलाई असहज हुन थालेको गुनासो आउन थालेको छ ।
महानगरपालीकाले अधिकांश स्थानहरुमा एक लाइनमात्र पार्किङ गर्न पाइने बताएपनि २/३ लाइनसम्म पार्किङ गरिएको भेटिन्छ । महानगरीय प्रहरीहरुलाई अहिले सवारी पार्किङ व्यवस्थित गराउन धौ-धौ परिरहेको छ भने सवारी धनीहरुलाई पार्किङको समस्याले सताउन थालेको छ । तोकिएको स्थानभन्दा बाहिर पार्किङ गरेको भन्दै महानगरले बाइक गाडीमा हालेर लैजान थालेपछि बग्गीखाना समेत भरिन थालेको छ ।
काठमाडौं उपत्यकामा सवारी पार्किङ दीर्घकालीन समस्याको रुपमा विकास हुँदै गइरहेको छ । त्यसमा पनि न्यूरोडको पार्किङ समस्याका बारेमा भनिरहनु पर्दैन् । पहिला पार्किङ गर्न पाइने स्थानहरुमा अहिले पार्किङ गर्न नपाइने व्यवस्था गरेपछि न्यूरोडमा जाम समेत हुन थालेको छ । अहिले सवारी धनी र महानगरिय प्रहरीबीच भनाभन हुने गरेको भेटिन्छ ।
Parking-6
महानगरपालीकाका प्रहरीले जवरजस्ती गर्न खोजेको न्यूरोड ताम्राकार कम्पलेक्स अगाडी पार्किङ गर्न लागेका कलंकीका सौगात मल्लले अनलाइनखबरसँग गुनासो गर्नुभयो । पार्किङ गर्ने स्थान नभएपछि सवारी धनीले बाटोमै मोटरसाइकल राख्न थालेका छन भने महानगरपालीकाका प्रहरीहरुलाई सम्झाउनमै ठिक्क भइरहेको छ ।
महानगरपालीकाले महानगर क्षेत्रका ७३ स्थानहरुलाई निःशुल्क पार्किङ गर्ने व्यवस्था गरेको छ । महानगरपालीकाले उक्त स्थानमा रेखात्मक चिन्ह लगाएर चिन्ह बाहिर पार्किङमा राखिएका सवारीहरुलाई एक हजार जरिवाना गर्ने बताएको छ । पहिला २ देखि ३ लाइनसम्म पार्किङ गरिरहेको स्थानमा अहिले एक लाइनमात्र पार्किङ गर्ने व्यवस्था हुँदा पार्किङ अभाव भएको उषा महर्जनले बताउनुभयो ।
Parking-2
Parking-7
Parking-8
Parking-10
Parking-11
साभार : अनलाईन खबर
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !