केपी शर्मा ओली, मुस्कान पासा, खड्काजीजस्ता २७ वटा चरित्रमा सफल अभिनय देखाइसकेका सीताराम एउटा कुरामा भने असफल छन्। त्यो हो, उनको आफ्नै ग्यास्टि्रक। हास्यव्यंग्य विधामा आफूलाई अब्बल बनाए पनि आफ्नै ग्याष्ट्रिकले भने आफूलाई पछारेको तर्क सीतारामको छ। नेपालका नाम कहलिएका डेढ दर्जनभन्दा बढी एलोप्याथिक एवं आयुर्वेदिक चिकित्सक एवं सबै स्थानका धामी-झाँक्री, ज्योतिष, महात्मा, बाबा, तान्त्रिककहाँ पुगे पनि उनको ग्यास्टि्रक निको भएन। चरित्रमा डुबेर अभिनय गर्दा ग्यास्टि्रक बढ्ने क्रम अझ तीव्र भएपछि उनी असाध्यै तनावमा छन्। धुर्मुस भन्दै थिए— ग्यास्टि्रक निको पारिदिनेलाई उपचार खर्चबाहेक ५० हजार रुपैयाँ राखेर ढोग्ने थिएँ।
साभार : साप्ताहिक

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !