हलिउडमा सेलिब्रेटीको प्रेम र विछोडलाई क्षणभरको खेलका रूपमा लिइन्छ। आज एक जनासँग नाम जोडिएको सेलिब्रेटी भोलिपल्ट अर्कै कलाकारसँग रोमान्स गरिरहेको भेटिन्छ। कतिपय रोमान्टिक जोडी आमा-बुवा भैसक्दासमेत आधिकारिक रूपमा विवाह नगरी बसेका
छन्। हलिउडको एउटा अनलाइन पत्रिकाले वर्ष २०१४ मा केही रोमान्टिक जोडीले विवाह गर्ने सम्भावना भएको सामग्री प्रकाशित गरेको छ। हलिउडका ती रोमान्टिक जोडी यस्ता छन् ः
एन्जेलिना जोडी र ब्राड पिट
एन्जेलिना र ब्राडको जोडीलाई हलिउडमा मात्र होइन, विश्वभर नै आदर्शका रूपमा लिइन्छ। लामो समयदेखिका यी प्रेमी-प्रेमिकाले वर्ष २०१४ मा आएर विवाह गर्ने निर्णय गरेको बताइन्छ। उनीहरूले विवाह गर्ने भनेर इन्गेजमेन्ट गरेकै दुई वर्ष बितिसकेको छ। यो जोडीले अमेरिकामा समलिंगी विवाहले कानूनी मान्यता पाएपछि मात्र विवाह गर्ने घोषणा गरेको थियो। एउटा अन्तर्वार्तामा ब्राडले भनेका छन्— 'यतिबेला हामी विवाहको अन्तिम तयारीमा छौं भन्दा फरक पर्दैन, हामी दुवै जना विवाहका लागि सकारात्मक छौं।' उनीहरूले आफ्ना छ जना सन्तानको उपस्थितिमा फ्रान्समा विवाह गर्ने तयारी गरेका छन्। उनीहरूले वैवाहिक समारोहलाई सकेसम्म गोप्य राख्ने भएका छन्।
जेनिफर एनिस्टन र जस्टिन थेरोक्स
जेनिफर र जस्टिनको जोडी वर्ष २०१२ को अगस्टमै बाँधिएको हो। उनीहरूको प्रेमसम्बन्धका चर्चाहरू समाचारका रूपमा प्रकाशित भैरहेकै छन्। पछिल्लो समय जेनिफर गर्भवती छिन्। जस्टिनले जेनिफर आफ्नो सन्तानको आमा बन्न लागेकाले पनि उनीहरूको सम्बन्धका बारेमा नकारात्मक टीकाटिप्पणी गर्नेहरूको बोली बन्द भएको प्रतिक्रिया दिइसकेका छन्। 'सबै कुरा सामान्य भएपछि मात्र हामी विवाह गर्नेछौं, विवाहका लागि अहिले हामी हतारमा छैनौं, जेनिफरले भनेकी छिन्— 'हामी दुवै जना यतिबेला दुई अलग-अलग चलचित्रमा व्यस्त छौं। दुवै चलचित्रको काम सम्पन्न भएपछि हामी विवाहबन्धनमा बाँधिनेछौं।' दुवैले एउटा निजी आइल्यान्डमा वैवाहिक समारोह आयोजित गर्ने बताएका छन् जहाँ उनीहरूका नजिकका साथी तथा परिवारका सदस्यहरू उपस्थित हुनेछन्।
लरेन कोन्राड र विलियम टेल
रियालिटी शोबाट फेसन डिजाइनरका रूपमा स्थापित भएकी लरेन र गिटारिस्ट विलियमले विवाह गर्ने निर्णय गरेको धेरै भएको छैन। गत अक्टोबरमा इन्गेजमेन्ट गरेको यो रोमान्टिक जोडीले वर्ष २०१४ को अन्त्यसम्ममा विवाह गर्ने घोषणा गरिसकेको छ। 'हामी अहिले प्रेमी-प्रेमिकाका रूपमा खुसी छौं, लरेनले भनेकी छिन्— 'सबै कुरा मिल्यो भने यही वर्ष विवाह पनि गर्नेछौं।'
किम कार्दशिन र केनी वेस्ट
रियालिटी स्टार किम र संगीतकर्मी केनीको जोडीलाई हलिउडमा 'हट' पनि भनिन्छ। गत अक्टोबरमा इन्गेजमेन्ट गरिसकेको यो रोमान्टिक जोडी प्रायः कामुक फोटोसेसनका कारण चर्चामा आइरहन्छ। उनीहरूले वर्ष २०१४ को समरमा विवाह गर्ने निर्णय गरिसकेका छन्। उनीहरूको वैवाहिक समारोहलाई भव्य बनाउने जिम्मा अमेरिकाकी उत्कृष्ट वेडिङ प्लानर स्यारोन स्याक्सले लिइसकेकी छिन्। विवाहका लागि केनीले एउटा बेसबल स्टेडियम नै भाडामा लिएका छन्। रमाइलो कुरा के छ भने किमको यो तेस्रो विवाह हुनेछ भने केनीको पहिलो। उनीहरूले विवाह समारोहको भिडियो भने बिक्रीका लागि राख्ने निर्णयसमेत गरेका छन्। उनीहरूको विवाह समारोहमा उनीहरूकै छोरी नोरी तथा किमका पूर्वश्रीमान्बाट जन्मिएका सन्तान पेनेलप र मासन पनि उपस्थित हुनेछन्।
जेसिका सिम्पसन र इरिक जोन्सन
निकोल 'स्नूकी’ पोलिज्जी र जिओन्नी लाभेल
एमटिभीबाट प्रसारण भएको अमेरिकी रियालिटी श्रृंखला 'जर्सी शोर' को यो जोडी पनि लामो समयदेखि प्रेममा छ। प्रेमी-प्रेमिकाका रूपमा रहँदै उनीहरू एउटा सन्तानको अभिभावक बनिसकेका छन्। निकोलले वर्ष २०१२ को अगस्टमै छोरा लोरेन्जोलाई जन्म दिएपछि उनीहरूको वैवाहिक समारोह समयमै सम्पन्न हुन सकेन। 'स्नूकी र ज्वो' शीर्षकको रियालिटी शोको निर्णायकमा दुवै जोडी सहभागी भएपछि यतिबेला उनीहरू फुर्सदमा छन्। कार्यक्रमबाट फुर्सद पाएपछि यतिबेला उनीहरू वैवाहिक समारोहको तयारीमा छन्। उनीहरू विवाह गर्ने स्थानको छनाैट गर्नेदेखि लिएर वेडिङ प्लानरसँग छलफलसमेत गरिरहेका छन्।
नाया रिभेरा र बिग सिन
सोफिया भेर्गारा र निक लियोब
गत वर्षको जुलाई महिनामा औंठी साटेर एक-अर्कालाई जीवन साथी मानिसकेको सोफिया र निकको जोडीले केही अघि आफ्नो सम्बन्धका बारेमा चलेको हल्लाका कारण मानसिक तनाब समेत झेल्नुपर्यो। सामाजिक सञ्जालहरूमा ब्रेकअपको हल्ला चलेपछि त्यसलाई साम्य पार्न उनीहरूले कडा मेहनत गर्नुपर्यो। उनीहरूले हालै मात्र मेक्सिकोमा बिदा मनाउने क्रममा आफ्नो जोडी चाँडै वैवाहिक जीवनमा बाँधिने घोषणा गरेका हुन्। 'द मोर्डन फेमिली' चलचित्रबाट चर्चामा आएकी नायिका सोफियाले पनि आफ्नो ध्यान यतिबेला वैवाहिक समारोहलाई कसरी सफलतापूर्वक सम्पन्न गर्ने भन्नेमा केन्दि्रत भएको स्पष्ट पारेकी छिन्।
मिला कुनिस र एस्टन कुचर
केटी पेरी र जोन मेयर
गायिका केटी पेरी र जोन मेयर प्रेमी-प्रेमिकाका रूपमा चिनिएको करिब दुई वर्ष भयो। सन् २०११ मा संगीतकर्मी रसेल ब्रान्डसँग डिभोर्स गरेपछि केटी मेयरसँग नजिकिएकी हुन्। हालै प्रकाशित एउटा अन्तर्वार्तामा केटीले आफू मेयरसँगको प्रेममा पागल भएको उल्लेख गरेकी थिइन्। यसबीच मेयरले केटीलाई उपहारका रूपमा दिएको मुटुको आकारको नेक्लेस पनि चर्चामा छ। दुवै जना यतिबेला सांगीतिक यात्राको तयारीमा छन्। 'सांगीतिक टुरका क्रममा हामीले अझ बढी समय सँगै बिताउन पाउनेछौं,' केटीका अनुसार उनीहरूलाई विवाहका बारेमा भने अहिले नै मिति तय गर्न गाह्रो भैरहेको छ।
साभार ; साप्ताहिक

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !