अध्ययनले के देखाएको छ भने पुरुषहरूले महिलासँग गाँस्ने मित्रताको उद्देश्य भनेकै यौनिक आकर्षण हो। अध्ययनअनुसार चाहे पुरुष विवाहित किन नहोस् अरू महिलासँगको उसको मित्रताको मुख्य ध्येय यौन चाहना पूर्तिमा लक्षित हुन्छ, तर महिलाको हकमा भने यस्तो यौनिक स्वार्थ लागू हुँदैन। उनीहरू पुरुषसँगको सम्बन्धका मामिलामा बढी आदर्शवादी हुन्छन् र जबसम्म सम्बन्धमा
समस्या आउँदैन त्यो बेलासम्म उनीहरूले त्यसभन्दा बढी अपेक्षा पनि गरेका हुँदैनन्।
अनुसन्धानकर्ताहरूका अनुसार काम एवं रुचिको प्रभाव तथा अध्ययन संस्थाहरूका कारण महिला र पुरुषको सम्बन्ध नसोचेको तहसम्म पुग्छ, तर यो स्थितिमा पुरुषको वंशाणुगत यौन चरित्र सम्बन्धको बीचमा आइदिन्छ। अध्ययनका क्रममा ८८ जोडी महिला तथा पुरुषलाई उनीहरूको विपरीत लिंगीप्रतिको यौनाकर्षणका बारेमा प्रश्न सोधिएको थियो। त्यस क्रममा अधिकांश पुरुषले आफ्ना महिला साथीप्रति यौनिक रूपमा आकषिर्त हुने गरेको तथा डेटिङमा गएर मस्ती गर्ने चाहना बढी हुने बताए।
विस्किन्सन विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले गरेको अध्ययनले निकालेको निष्कर्षअनुसार एउटा वफादार पुरुष साथी महिलाका निम्ति जुनसुकै समयमा पनि स्वार्थी तथा मतलबी व्यक्तिका रूपमा देखा पर्नसक्छ।
साभार : साप्ताहिक

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !