त्रिविबाट समकक्षताको मान्यता नलिएका कलेजमा पढेका विद्यार्थीलाई कुनै शैक्षिक संस्थाले भर्ना लिँदैनन् । उनीहरू सरकारी जागिरका लागिसमेत अयोग्य ठहरिन्छन् । अध्ययन सकाएर त्रिवि पाठ्यक्रम विकास केन्द्रमा समकक्षता लिन जाँदामात्रै विद्यार्थीले यो समस्याबारे जानकारी पाएको देखिन्छ ।
'त्यस्ता कलेजमा पढेका विद्यार्थी स्वदेशमा थप अध्ययन गर्नबाट वञ्चित भइरहेका छन्,' केन्द्रका कार्यकारी निर्देशक गोपीन्द्रकुमार पौडेलले भने, 'स्वदेशमा नपाइने भएपछि बाध्यताले विदेश जान्छन् ।'
क्वीन मार्गरेट विश्वविद्यालयसँग सम्बन्धनमा रहेको लैनचौरको सिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्टबाट बीएचएम सकाएका विद्यार्थीहरू अहिले अलपत्र छन् । उक्त कलेजले सुरुमा अमेरिकाको पि्रस्टन युनिभर्सिटीबाट सम्बन्धन लिएर बीएमएम कार्यक्रम सञ्चालन गर्यो, तर त्यो विश्वविद्यालय खारेज भएपछि दुई वर्षअघि बेलायतको क्वीन मार्गरेटबाट सम्बन्धन लिएको हो । समकक्षताको मान्यता नै नलिई कक्षा सञ्चालन गरेका यस्ता कलेजलाई सरकारले कारबाही गर्न सकेको छैन । कलेजका पि्रन्सिपल समीर थापाले अनुमतिका लागि मन्त्रालयमा दुई वर्षअघि निवेदन दिएकाले प्रक्रियामा रहेको बताए ।
उक्त कलेजका विद्यार्थीहरू बुधबार आफूले उत्तीर्ण गरेको तहको समकक्षताका लागि त्रिवि पुगेका थिए । तर, आफू अध्ययन गरेको कलेजले नै समकक्षता नलिएको जानकारी पाए । 'अब यहाँ डिग्री गर्न नपाइने भइयो, अस्टे्रलियातिर जानुपर्ला जस्तो छ,' एक विद्यार्थीले भने ।
विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर कार्यक्रम सञ्चालन गर्न शिक्षा मन्त्रालयबाट स्वीकृति लिनुपर्ने हुन्छ । त्रिविले संस्थागत, तहगत र विषयगत समकक्षता दिने गर्छ । पौडेलका अनुसार कतिपय कलेजहरूले मन्त्रालयबाट स्वीकृति लिए पनि समकक्षताको लिएका छैनन् । यस्तो समस्या बारम्बार आउन थालेपछि केन्द्रले बिहीबार सूचनै जारी गर्यो । सूचनामा समकक्षता नलिएका संस्थालाई तत्काल त्रिविमा सम्पर्क गर्न आग्रह गर्दै त्यस्ता संस्थाले सञ्चालन गरेका कार्यक्रम र विभिन्न तह उत्तीर्ण गर्ने विद्यार्थीलाई समकक्षता मान्यता नदिइने उल्लेख छ । अभिभावक र विद्यार्थीलाई अध्ययन गर्न लागेको कलेजले कानुनी प्रक्रिया पूरा गरे नगरेको जानकारी लिन भनिएको छ । 'कलेजको लापरबाहीले विद्यार्थीको भविष्यमा खेलवाड भएकाले यस्तो सूचना जारी गर्नुपरेको हो,' पौडेलले भने ।
समकक्षताका लागि विदेशी विश्वविद्यालयले सम्बन्धन दिएको प्रमाणपत्रको आधिकारिक पत्र, सम्बन्धित देशको विश्वविद्यालय अनुदान आयोग वा आधिकारिक निकायबाट मान्यता प्राप्त गरेको अभिलेख, कार्यक्रम सञ्चालन गर्ने संस्थाको भौतिक र शैक्षिक पूर्वाधारको पूर्ण विवरण पेस गर्नुपर्ने हुन्छ । त्यस्तै २५ हजार रुपैयाँ निवेदन दस्तुर बुझाउनुपर्ने हुन्छ । कलेजले दिएको निवेदनको आधारमा केन्द्रका कार्यकारी निर्देशक संयोजक रहेको चार सदस्यीय समितिले अध्ययन मूल्यांकन गर्छ ।
अनुगमनको क्रममा भौतिक पूर्वाधार, प्रयोगशाला, पुस्तकालय, चमेनागृह, खेल मैदानलगायत ठीक छ/छैन हेर्ने गरिन्छ । त्रिविले स्नातक र स्नातकोत्तर तहको मात्रै मान्यता दिन्छ । 'त्रिविको पाठ्यक्रमसँग मिल्दोजुल्दो भएमात्रै समकक्षता दिने गरेका छौं,' पौडेलले भने । उनका अनुसार मोफसलका धेरै विदेशी सम्बन्धनका कलेजले समकक्षता लिएका छैनन् । त्रिविका नियमहरूबारे राम्रै जानकार कलेज सञ्चालकहरूले समेत यस्तो लापरबाही गरेको त्रिवि अधिकारीहरू बताउँछन् ।
स्नातक र स्नातकोत्तर तहको शिक्षा प्रदान गर्ने भन्दै विदेशी विश्वविद्यालयबाट अनुमति लिएर थुप्रै कलेज सञ्चालित छन् । एसियन इन्स्िटच्युट अफ टेक्नोलोजी थाइल्यान्डबाट सम्बन्धन लिएर खुमलटारमा नेपाल एजुकेसन कन्सोर्टियम कलेज सञ्चालनमा छ । त्यहाँ एमबीए इन इनर्जी बिजनेस, स्नातक तहको इनफरमेसन एन्ड कम्युनिकेसन टेक्नोलोजी र सिभिल एन्ड इन्प|mास्टक्चर इन्जिनियरिङ चलाइएका छन् ।
पोखराको लिंकन इन्टरनेसनल कलेजले मलेसियाको लिंकन विश्वविद्यालयबाट सम्बन्धन लिएर बीएससी इन हस्पिटालिटी म्यानेजमेन्ट सञ्चालन गरेको छ । जाउलाखेलको वेलहेम्स एजुकेसन कलेजले भारतको युनिभर्सिटी अफ मद्रासको अनुमतिमा दूरशिक्षाको माध्यमबाट दुई वर्षको एमबीए कार्यक्रम सञ्चालन गरेको छ । यसले पनि त्रिविबाट मान्यता लिएको छैन । पोखरा माटेपानीको इन्फरमेटिक्स कलेजले सिंगापुरको इन्फरमेटिक्स एकेडेमी इन्टरनेसनलबाट सम्बन्धन लिएर आईटी, म्यानेजमेन्ट विषयको डिप्लोमा र एडभान्स डिप्लोमा कोर्स सञ्चालन गरेको छ । हिमालयन एजुकेसन नेटवर्कको नाममा बत्तीसपुतलीमा सञ्चालित स्काइलार्क कलेज अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजीले युनिभर्सिटी अफ मद्रासको अनुमतिमा दूर शिक्षाको बीबीए र एमबीए कार्यक्रम सञ्चालन गरिरहेको छ ।
त्रिविबाट समकक्षताको मान्यता नलिएका कलेजहरु
कलेजको नाम सम्बन्धन लिएको विदेशी विश्वविद्यालय
इन्टरनेसनल स्कुल अफ टुरिज्म एन्ड होटल म्यानेजमेन्ट सल्जवर्ग विश्वविद्यालय अफ एप्लाइड साइन्स, अस्टि्रया
ग्लोबल एकाडेमी अफ टुरिज्म एन्ड हस्पिटालिटी एजुकेसन स्वीस स्कुल अफ टुरिज्म एन्ड हस्पिटालिटी, स्वीट्जरल्यान्ड
काठमाडौं प|mन्टायर एसोसिएट्स, काठमाडौं विनायक मिसन विश्वविद्यालय, भारत
कस्यप इन्स्िटच्युट अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजी, जनकपुर द इन्स्िटच्युट अफ सिभिल इन्जिनिरिङ, भारत
इन्स्िटच्युट अफ बैंकिङ एन्ड म्यानेजमेन्ट स्टडिज, काठमाडौं भाराथिएर विश्वविद्यालय, भारत
सनवे इन्टरनेसनल बिजनेस स्कुल, मध्यबानेश्वर, काठमाडौं पन्जाब टेक्निकल विश्वविद्यालय, भारत
लर्ड बुद्ध एजुकेसन फाउन्डेसन, काठमाडौं मख्खनलाल चतुर्वेदी राष्ट्रिय पत्रकारिता विश्वविद्यालय
पद्मश्री इन्टरनेसनल कलेज, तीनकुने काठमाडौं पन्जाब टेक्निकल विश्वविद्यालय, भारत
इन्स्िटच्युट अफ इन्टरनेसनल म्यानेजमेन्ट साइन्स, काठमाडौं लभली प्रोफेसनल विश्वविद्यालय, भारत
आईसी कलेज अफ आर्ट एन्ड फेसन, विशालनगर विनायक मिसन रिसर्च फाउन्डेसन, ढिम्ड विश्वविद्यालय, भारत
स्काई इन्टरनेसनल कलेज, मिलनचोक, बुटवल सिक्किम मणिपाल विश्वविद्यालय, भारत
स्काइलार्क कलेज अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजी विश्वविद्यालय अफ मद्रास, भारत
इनफोरम्याटिक्स कलेज माटेपानी, पोखरा, इन्फोरम्याटिक्स एकाडेमी इन्टरनेसनल, सिंगापुर
नेपाल एजुकेसन फाउन्डेसन कन्सोर्टिएम अफ कलेजेज, ललितपुर एसियन इन्स्िटच्युट अफ टेक्नोलोजी, थाइल्यान्ड
नयाँ आयाम मल्टिडिसिल्पिनरी इन्स्िटच्युट द युनिर्भसिटी अफ नर्थहयामप्टन, स्कुल अफ साइन्स एन्ड टेक्नोलोजी बेलायत
हेराल्ड कलेज, विसालनगर एङलिया रस्किन विश्वविद्याल, बेलायत
पोखरा लिंकन इन्टरनेसनल कलेज, पोखरा लिंकन कलेज मलेसिया
वेलह्याम्स एजुकेसन नेटवर्क, ललितपुर युनिभर्सिटी अफ मद्रास, भारत
सिलभर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्ट, लैनचौर क्वीन विश्वविद्यालय, बेलायत
साभार : इकान्तिपुर
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !