जनकपुरको शान्तिपूर्ण धर्नामाथि बम प्रहार गरेर पाँच जनाको ज्यान लिने घटनाका मुख्य योजनाकार सञ्जय साह 'टकला' भएको नेपाल प्रहरीले दुई वर्षपछि पत्तो लगायो। तर, अभियुक्त पहिचान हुन नपाउँदै उनी फरारको सूचीमा थपिए।
धनुषा-४ बाट सद्भावना पार्टीबाट संविधानसभामा निर्वाचित साह अघिल्लो संविधानसभामा मधेसी जनअधिकार फोरम नेपालबाट निर्वाचित भई भौतिक योजना तथा निर्माण राज्यमन्त्रीसमेत भएका थिए। राज्यसंयन्त्रमा प्रभावी भएकाले बेलैमा सूचना पाएर साह प्रहरीको सर्वाधिक खोजीको सूचीमा दरिँदै भाग्न सफल भए। साह भारत पुगिसकेको उनको मोबाइल ट्रयाकले देखाएको छ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का एक प्रहरी अधिकारीले भने साहले मोबाइल नेपाल-भारत सीमामा चलाएको देखिए पनि उनी उपत्यकामा रहेको दाबी गरे। २ चैतसम्म उनी काठमाडौँमै रहेको स्रोतको भनाइ छ। प्रहरीका अनुसार मोबाइल लोकेसन एकातिर पारेर आफू अन्तै लुक्ने चलाखी आपराधिक क्रियाकलापमा संलग्नहरूले अपनाउने गर्छन्, जुन साहले समेत पछ्याएको ती अधिकारीको भनाइ छ। यसअघि डन गणेश लामाले समेत यस्तै विधि अपनाएर लामो समय प्रहरीलाई छक्याएका थिए।
अपराध र ठगीमा संलग्न भएर फरार हुनेमा साह एक्ला भने होइनन्। राजनीतिक आवरणमा रहेका थुप्रै फरारलाई प्रहरीले समात्न सकेको छैन। रोचक त के भने प्रचारबाजीका लागि प्रहरीले टोले गुन्डाहरूलाई तह लगाउने अभियानै चलाएजस्तो गरेको छ। यस्तो प्रचारशैलीमा महानगरीय प्रहरी परसिर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश खरेल अगाडि छन्। तर, गम्भीर अभियोग लागेका ठालूहरू भने लामो समयदेखि फरार सूचीमै सीमित छन्। खरेलले पनि त्यस्ता अपराधीलाई पक्रने आँट गर्न सकेका छैनन्। जबकि, केही अपराधीहरू काठमाडौँमै छन् ।
अदालतले फैसला सुनाएकालाई समेत प्रहरीले समात्ने आँट बटुल्न सकेको छैन। राजनीतिक दलका नेता र प्रहरीकै उपल्ला अधिकृतहरूको संरक्षणमा उनीहरू फरार बनेर हिँडडुल गररिहेका छन्। त्यस्ता फरारहरूमा दलका नेतादेखि व्यवसायी र बैंकका उच्च पदाधिकारीसम्म छन्। सर्वसाधारणको निक्षेप दुरुपयोग गरेर भाग्ने फरारहरूको सूची झन् लामो छ।
प्रहरीका केही उच्च अधिकारी तथा राजनीतिक दलका नेतासँग राम्रो सम्बन्ध गाँसेका बाधवा सकुशल भारत भागेका थिए। बाधवा काठमाडौँ जिल्ला अदालतमा जुवा मुद्दामा समेत हाजिर नभई फरार अभियुक्तको सूचीमा छन्।
सर्वसाधारणको निक्षेप दुरुपयोग गर्ने पैसावाल फरारहरूको सूचीसमेत निकै लामो छ। करबि १८ अर्ब रुपियाँ बिगो दाबी गर्दै एक दर्जन बैंक तथा वित्तीय संस्थामा भएको घोटालाबारे सीआईबीले मुद्दा दायर गरेको छ, जसमा एक हजारभन्दा बढीलाई अभियुक्त बनाइएको छ। त्यसमध्ये पाँच दर्जन मात्रै पक्राउ परेका छन्। घोटालाका धेरैजसो नाइके भने फरार छन्।
कर्जा प्रवाह गर्दा अनियमितता गरेको भन्दै उनीसहित नौ जनाविरुद्ध करबि डेढ अर्ब रुपियाँ असुल्ने गरी मुद्दा दायर भएको छ। नेपाल श्रीलंका मर्चेन्ट बैंकसँग गाभिनुअघि एनबी बैंकले जथाभावी ऋण दिएको हो।
फरार भनिएका श्रेष्ठ अहिले पनि हरिसिद्धिमा रहेको एनबीको जग्गा बिक्री हुन नदिने योजनामा सक्रिय छन्। एनबी समूहले हरििसद्धिमा रहेको १ सय ७५ रोपनी जग्गा धितो राखेर नेपाल क्रेडिट एन्ड कमर्ज (एनसीसी) बैंकबाट ६५ करोड कर्जा लिएको छ। ऋण नतिरेपछि एनसीसीले १ सय २० रोपनी जग्गा भने आफ्नो नाममा पास गराइसकेको छ। २५ रोपनी जग्गा एनसीसीले बिक्री गरसिकेको छ भने बाँकी ३० रोपनी जग्गा एनसीसीमै धितोमा छ। एनसीसीले बाँकी जग्गा बेच्न खोजिरहेको छ भने श्रेष्ठ बेच्न नदिने दाउमा लागेका छन्। श्रेष्ठले एमाओवादी, नेकपा एमाले र नेपाली कांग्रेसका नेताहरूलाई अघि सारेर उक्त जग्गा बिक्री गर्नबाट रोक्ने कोसिस गर्दै आएका छन्।
देशको अर्थतन्त्रलाई नै प्रभाव पार्ने गरी बैंकिङ् कसुर गर्नेहरूलाई पक्राउ गर्न प्रहरी असफल भएको छ। "गम्भीर र ठूला घोटालाका नाइकेहरूलाई नदेखेझैँ गर्नु तर टोलका सानातिना गुन्डालाई पक्रेर आत्मरतिमा रमाउनु विडम्बना हो," एक एसएसपी भन्छन्। नेपाल प्रहरीका प्रवक्ता एसएसपी गणेश केसी भने कानुनी कारबाहीको दायरामा ढिलोचाँडो सबै आउने दाबी गर्छन्। तर, तत्काल त्यस्तो कुनै सम्भावना देखिँदैन।
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !