दुई महिनाअघि नुवाकोट, रसुवा, दोलखा, मकवानपुर, गोरखा, लमजुङ र धनुषा जिल्ला पुगियो। यात्राका क्रममा भिन्नभिन्न होटलमा बास बसियो । होटलका सुविधामा भिन्नता स्वाभाविकै हो। खानामा भिन्नता, ओढ्ने-ओछ्याउनेमा भिन्नता। तर, होटलका कोठाभित्र प्रयोगका लागि राखिएका चप्पल भने झन्डै झन्डै समान। कतै बिजोडा रंगका त कतै चप्पलको अगाडिको भाग काटिएको।
नुवाकोटको बट्टार र रसुवाको चिलिमेस्थित थाम्बुचेत होटलमा सहकर्मी उपहारजंग शाहसँग बास बस्ने क्रममा दिइएको चप्पल बिजोडा रंग र साइजका थिए भने हेटौँडा र जनकपुरका होटलमा राखिएका चप्पलको नाक काटिएको थियो। त्यस्तै केही दिनअघि हितैषी मित्र कृष्ण अर्यालसँग उनको भान्जाको व्रतबन्धका लागि लमजुङको प्यारजुङ हिँडेका थियौँ । राजधानीबाट अबेर हिँडेकाले डुम्रेमा बास बस्नुपर्ने भयो । हामी त्यहाँको कहलिएको होटलमा बास बस्यौँ। एट्याच बाथरुमसहितको कोठा त राम्रै थियो तर बाथरुममा चप्पल थिएनन्। हामीले रुम ब्वाईसँग चप्पल माग्यौँ। उनले केही छिनमा एक जोर चप्पल ल्याएर दिए, नयाँ तर अगाडिको भाग भर्खरै कुनै धारलिो हतियारले काटिएको ।
यसपटक भने मैले मनमा कुरा राख्नै सकिनँ र रुमब्वाईलाई सोधिहालेँ, किन यस्तो चप्पल, अर्को चप्पल छैन ? उनले अलिक लाज मान्दै भने, "के गर्नु सर ! चप्पल त नयाँ नै हो। सग्लो चप्पल दियो भने गेस्टहरूले झोलामा हालेर लान्छन्। अनि, के गर्नु त ?" उनी रुमबाट बाहिरएि । मेरा मित्र मरीमरी हाँस्न थाले । म भने लामो समयदेखि मनमा रहेको प्रश्नको जवाफ मिलेकाले दंग हुँदै नाक नभएको चप्पलको फोटो खिच्न थालेँ।
साभार : नेपाल
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !