थाहा छ, कसरी लगातार चर्चामा रहन सकिन्छ ? यस्तोमा यसपल्टको विश्वकपमा मात्र वाग्सहरू कसरी चर्चाबाट टाढा रहन सक्छन्। विश्वकपले जसरी विस्तारै आफ्नो प्रभाव बढाउनेछ, त्यही मात्रामा यी वाग्सको चर्चा पनि चुलिदै जानेछ।
सकिरा निर्विवाद रूपमा सर्वाधिक चर्चित वाग्स हुन्। सकिरा बार्सिलोनाका स्पेनी डिफेन्डर जेरार्ड पिककी पत्नी हुन्। ३७ वर्षीया सकिराले पिकसँग विवाह गर्नुअघि नै संगीतमा नाम कमाइसकेकी थिइन्। योलनेट स्नाइडर हुन्, डच खेलाडी वेल्सी स्नाइडरकी धर्मपत्नी। स्टार खेलाडीका पत्नीबाहेक उनको परिचय हो, नायिका तथा टेलिभिजन प्रस्तोता।
नेयमारकी प्रेमिका हुन्, ब्रुनो। पछिल्लो समय नेयमारले नयाँ प्रेमिका बनाए भन्ने हल्ला चलेपनि उनी ब्रुनोसँगै छन्। पोर्चुगली स्टार रोनाल्डोकी प्रेमिका इरिनी सायक पनि उत्तिकै चर्चित छिन्, सम्भवतः सकिरापछिसबैभन्दा बढी ।
मेस्सी र रोकुजो सानै छँदादेखि सँगै हुर्किएका थिए। उनीहरूको प्रेमलाई बाल्यावस्थादेखि कै प्रेम भन्दा फरक पर्दैन। संयोग कस्तो भने यसपल्टको विश्वकपमा सफल हुने सम्भावित तीन प्रमुख खेलाडीमा नेयमार, रोनाल्डो र मेस्सीको नाम आउँछ। अहिले उनीहरूका प्रेमिका पनि उत्तिकै चर्चामा छन्। यही त हो, प्रत्येक सफल लोग्नेमान्छेका पछाडि महिलाको हात हुन्छ भन्ने भनाइको उदाहरण।
विश्वकप प्रारम्भ भएको छ। सबैका आँखा फुटबल खेलाडीतर्फ मोडिएका छन्। यद्यपि ग्ल्यामरको दुनियाँमा रमाउनेहरूका लागि पर्दा पछिल्तिर अर्को आकर्षण पनि छ। ब्राजिलमा हुने विश्वकपलाई थप आकर्षक बनाउन ती खेलाडीका श्रीमती तथा गर्लफ्रेन्डहरूले पनि फरक भूमिका खेल्दै आएका छन्। धेरैले फुटबलमा ध्यान दिने समयमा कतिपयको ध्यान भने ती श्रीमती वा गर्ल फ्रेन्डतर्फ जान सक्छ। यति मात्र होइन, खेलको अघि वा पछि उनीहरूले गर्ने विभिन्न हर्कतका कारण पनि अनेक थरी चर्चा चल्छन्। यस पटकको विश्वकपमा उनीहरूले कस्ता चर्चा बटुल्ने हुन्, त्यो भने पछि थाहा हुँदै जाला तर धेरै सञ्चारमाध्यमले अहिले नै उनीहरूका बारेमा विभिन्न चर्चा गर्न थालिसकेका छन्।
खासगरी इन्टरनेट र सामाजिक सञ्जालले उनीहरूका गतिविधिलाई फैलाउन महफ्वपूर्ण भूमिका खेलिरहेका छन्। कतिपय ग्ल्यामर म्यागजिन एवं सामाजिक सञ्जालमा उनीहरूका बारेमा विभिन्न जानकारी समेटिएका पाइन्छन्। टेलिभिजन अन्तर्वार्ताहरूले यसमा थप भूमिका खेलेका छन्। अधिकांश खेलाडीका श्रीमती वा गर्लफ्रेन्ड ग्ल्यामर क्षेत्रमै क्रियाशील पाइन्छन् भने कतिपय अन्य कारणले पनि चर्चामा छन्।
इरिना सायक (क्रिस्टियानो रोनाल्डो)
पोर्चुगलका खेलाडी क्रिस्टियानो रोनाल्डोको जति चर्चा हुन्छ, उनीसँग जोडिएर आउने रसियन मोडल इरिना सायकको चर्चा पनि उत्तिकै हुन्छ। सन् २०१० देखि डेटिङमा रमाइरहेको यो जोडीलाई स्पेनका प्रसिद्ध फोटोग्राफर मारियो टेस्टिनोले भोग म्यागजिनका लागि गरेको आकर्षक फोटोसुटले थप चर्चामा ल्याएको छ। उक्त फोटोसेसनमा खिचिएको इरिनाको आकर्षक तस्बिर भोगको कभरमा पनि सजिएको थियो।
एन-क्याथरिन ब्रोमेल (मारियो गोट्ज)
२२ वर्षीया ब्रोमेल मोडल, गायिका एवं ब्लगर हुन्, तर जर्मन खेलाडी गोट्जसँगको संगतका कारण उनी जगिङ, कुकिङ तथा पियानो बादकका रूपमा समेत परिचित भएकी छिन्। एफएचएम म्यागजिनमा छाए पछि उनको चर्चा विश्वभर हुन थालेको छ।
सारा कार्बोनेरो (आइकर क्यासिलास)
स्पेनिस गोलकिपर क्यासिलासकी श्रीमती साराको चर्चा अघिल्लो विश्वकपमा पनि भएको थियो। स्विट्जरल्यान्डसँग भैरहेको खेलको समयमा उनीसँग आँखा जुधेकै कारण स्पेनले १-० गोलले हार्नुपरेको चर्चा पनि थियो त्यतिबेला। यद्यपि उक्त घटनाले स्पेनको विजय यात्रामा खासै फरक पारेन, तर पनि एक पटक विश्वकै कामुक पत्रकारका रूपमा सर्वाधिक मत पाएकी २९ वर्षीया साराको चर्चा भने सधैं हुन्छ।
कार्ला कोम्पानी (भिन्सेन्ट कोम्पानी)
बेल्जियमका क्याप्टेन भिन्सेन्टकी प्रेमिका कार्ला आफूलाई फुटबलप्रेमी बताउँछिन्, तर त्योभन्दा बढी उनी भिन्सेन्ट प्रेमी हुन्। ह्याम्बर्गका लागि खेलिरहेको समयमा यो जोडीको भेट भएको थियो र पछि उनले भिन्सेन्टलाई सधैंका लागि साथ दिने घोषणा गरेकी थिइन्। भिसेन्टको करियर निर्माणमा कार्लाको भूमिका महत्त्वपूर्ण मानिन्छ।
ब्रुना मार्केजिन (नेयमार)
फुटबलमा नेयमारको चर्चा भै नै रहन्छ। नेयमारसँगै मार्केजिनको पनि चर्चा हुन्थ्यो, तर बीचमा केही समय उनीहरू छुट्टएिको हल्ला पनि थियो। अहिले फेरि उनीहरू साथै देखिन थालेका छन्। १८ वर्षीया ब्राजिलियन मोडल ब्रुना र नेयमारका गतिविधि फेरि प्रारम्भ भएका छन्। अब फेरि उनीहरूको चर्चा चुलिने पक्का छ।
योलान्थे स्नेइडर-काबाउ (वेस्ले स्नेइडर)
अर्बपति व्यवसायीकी छोरी योलान्थे नेदरल्यान्डका खेलाडीकी श्रीमतीका रूपमा परिचित छिन्। सन् २०१० मा नेदरल्यान्डले हार्दा उनले एफएचएम म्यागजिनको चार वर्षको अवधिमा तेस्रो पटक सर्वाधिक कामुक डच महिलाको उपाधि प्राप्त गरेकी थिइन्। योलान्थे संसारका विकासोन्मुख देशमा हुने बाल यौन दुराचारका विरुद्ध क्रियाशील संस्था 'स्टप किन्डरमिस्ब्रुक' की सह-संस्थापक तथा ब्रान्ड एम्बेसडरसमेत हुन्।
एन्टोनिला रोकुजो (लियोनेल मेस्सी)
मेस्सीलाई नचिन्ने फुटबलप्रेमी कमै होलान्, तर मेस्सीले आफू यसरी चर्चित हुनुअघि नै एन्टोनिलालाई चिनिसकेका थिए। सन् २००८ देखि डेटिङ जान थालेको यो जोडीले सन् २०१२ मा पहिलो सन्तान जन्माए। सन् १९८६ यता विश्वकप जित्न नपाएको अर्जेन्टिनालाई फेरि उक्त ट्रफी दिलाउने उद्देश्यले मेस्सीलाई शान्त र भद्र राख्न एन्टोनिलाले सक्दो प्रयास गर्नेछिन्।
शाकिरा (जेरार्ड पिक)
शाकिराको नाम विश्वकपसँगै जोडिएर आउँछ। अघिल्लो विश्वकपमा उनले गाएको वाका वाका गीतले निकै चर्चा पाएको थियो। उक्त विश्वकपको समापनपश्चात् नै यो जोडीको डेटिङ प्रारम्भ भएको थियो। कोलम्बियन गायिका शाकिरासँगको डेटिङपश्चात् नै पिकले आफ्नो समूहका साथ विश्वकप बाहेक युरोपियन च्याम्पियनसीप र ३ पटक च्याम्पियन लिग जिते भने शाकिराका ७ करोडभन्दा बढी एल्बम बिक्री भए। अहिलेको विश्वकपका लागि साकिराले गाएको ला ला ला गीतको भिडियोमा पिकले समेत अभिनय गरेका छन्।
एड्युर्न गार्सिया अल्माग्रो (डेभिड डे जी)
म्यानचेस्टर युनाइटेडका गोलकिपर तथा स्पेनिस खेलाडी डेभिडले स्पेनिस पप सिंगर, कलाकार एवं टिभी प्रस्तोताका रूपमा प्रसिद्ध एड्युर्नलाई आफ्नी अर्धांगिनी नै सम्झन्छन्। स्पेनको किपरका रूपमा पनि तेस्रो नम्बरमा रहेकाले डेभिडले खेल खेले पनि नखेले पनि उनकै कारण एड्युर्नको चर्चा पनि चुलिएको छ।
मिचेल क्वाट्रोसिच (अल्बर्टो एक्विलानी)
सन् २००९ मा लिभरपुलसँग जोडिनुअघि नै इटालियन मिडफिल्डर अल्बर्टो एक्विलानी मिचेलसँग जोडिसकेका थिए। इटालियन कलाकार मिचेलसँग विवाह गरेपश्चात् सन् २०११ मा उनीहरूको पहिलो सन्तानका रूपमा छोरी जन्मिएकी छिन्। मिचेल भन्छिन्, 'अल्बर्टो मेरो जीवनको सर्वाधिक महत्त्वपूर्ण प्रेमकथा हो। हाम्रो सम्बन्ध चलचित्र जस्तो छ र हाम्रो प्रेम भोकाएको समयमा पाएको खीरजस्तो।'
डानियला सेमान (सेस फेब्रिगेस)
फेबि्रगेस भन्दा १३ वर्ष जेठी डानियलाले सन् २०११ मा अर्बपति श्रीमान् एली टाकटुकलाई छोडेकी थिइन्। गत वर्ष उनले छोरी लियालाई जन्म दिइन्, जतिबेला फेबि्रगेस बार्सिलोनाका लागि च्याम्पियन्स लिग खेलिरहेका थिए। गसिप म्यागजिनहरूमा छाइरहने डानियला आफ्ना साथीहरूमाझ 'क्विन डीडी' नामले परिचित छिन्।
एम्रा सिलाज्दिक (एडिन द्जेको)
स्ट्राइकर द्जेको खासै चर्चामा आउन रुचाउँदैनन्, तर उनकी बोस्नियन सुन्दरी गर्लफ्रेन्ड एम्रा भने उनीभन्दा फरक छिन्। यो वर्षको सुरुमै उनीहरूबीचको किसिङ सिनलाई इन्स्टाग्राममा पोस्ट गरिएको थियो। यसले गर्दा पनि उनीहरूबीचको सम्बन्ध सार्वजनिक भएको हो। बोस्नियन, फ्रेन्च र अंग्रेजी भाषामा पोख्त एम्राले एडिनको स्ट्राइकिङ क्षमता वृद्धि गर्ने अपेक्षा धेरैको छ।
पिलार रुबिओ (सर्जिओ रामोस)
टेलिभिजन प्रस्तोताका रूपमा स्पेनमा रुबिओलाई सबैले चिन्छन्, तर च्याम्पियन लिग विजेता रामोससँगको सम्बन्धलाई भने उनी खासै चर्चामा ल्याउन चाहँदिनन्। यद्यपि रामोसले नै टेलिभिजन शोकै माध्यमबाट यो सम्बन्धलाई सार्वजनिक गरिसकेका छन्। संयोगको कुरा, रुबियो यसपटकको विश्वकपमा सहभागी हुन पाउने छैनन्, किनभने त्यही समयमै उनले सर्जिओ जुनियरलाई जन्म दिनेछिन्।
एभान्जेलिना एन्डर्सन (मार्टिन डेमिचेलिस)
अर्जेन्टिनी मोडल एन्डर्सन ६ फिट अग्ला ब्वाइफ्रेन्ड मार्टिनको तुलनामा ४ फिट ९ इन्च मात्र की छिन्। मार्टिन रमाउने पार्टीमा उनले सधैं साथ दिइरहेकी हुन्छिन्। यो विश्वकपमा पनि अर्जेन्टिनाले बाजी मार्ने र उक्त पार्टीमा एन्डर्सन र मार्टिनको जोडी साथै हुने अपेक्षा धेरै अर्जेन्टिनीको छ।
लेटिसिया सहगुन (जेभियर हर्नान्डेज)
मेक्सिकोका खेलाडी जेभियर र सहगुनबीचको सम्बन्ध अलि गोप्य मानिन्छ। यद्यपि चार वर्षअघि म्यानचेस्टर युनाइटेडमा प्रवेश गर्दा सहगुन मध्यअमेरिकामै थिइन्, तर उनीहरू त्यही समयमै टि्वटरमार्फत एक-अर्कासँग जोडिइसकेका थिए। उनीहरूले आफूहरूबीचको सम्बन्धलाई गोप्य राख्न चाहेका थिए, तर गत महिना प्लेयर अफ द इयरको डिनरमा उनीहरूबीचको सम्बन्ध सार्वजनिक भएरै छाड्यो।
सराह ब्राडनर (बास्टियन स्वेन्स्टियर)
बायर्न म्युनिखका मिडफिल्डर बास्टियन तथा जर्मन मोडल सराहबीचको सम्बन्ध सार्वजनिक भैसकेको छ। क्लब र कन्ट्रीबीचका विभिन्न खेलमा उनले आफ्नो ब्वाईफ्रेन्डलाई चियर गरिरहेकी हुन्छिन् भने प्रायः जसो क्यामेरामा पनि कैद गरिन्छिन्। उनको यस्तो गतिविधि ब्राजिलमा पनि देखिनेछ।
फेनी नेगुइसा (मारियो बालाटेली)
अघिल्लो विश्वकपमा बालाटेलीको चर्चा निकै चुलिएको थियो। यसपटक उनका साथमा उनकी प्रेमिका फेनीको पनि चर्चा हुनेछ, तर उनीहरूबीचको सम्बन्ध सधैं अन्यौलमा रहँदै आएको छ। सम्बन्ध छ कि छैन ? सही उत्तर कसैले दिन सक्दैनन्। इटालियन स्ट्राइकर बालोटेली र फेनीबीच सम्बन्ध छ भन्ने धेरैलाई थाहा हुँदाहुँदै पनि उनले सामाजिक सञ्जालमा आफू 'सिंगल' भएको बताएकी थिइन्। इन्स्टाग्राममा यो जोडीको तस्बिरलाई लगभग ३ हजारले फलो गरेका छन्। फेनीले एक पटक आफूले सम्पूर्ण जीवन बालाटेलीजस्तै अर्को व्यक्तिसँग बिताउन सक्ने पनि बताएकी थिइन्।
लाइया ग्रासी (एलेक्सी साँचेज)
दक्ष आर्ट डाइरेक्टर तथा डिजाइनर ग्रासी तथा चिलीका खेलाडी साँचेजबीचको सम्बन्ध सन् २०११ मा साँचेज बार्सिलोना लागेपछि विकसित भएको हो। नीलो आँखा भएकी गर्लफ्रेन्डसँगका साँचेजका तस्बिर अहिले पनि इन्स्टाग्राममा देखिन्छन् र धेरैले यो जोडीको विवाहको चर्चा गर्छन्। चिलीको अझ राम्रो प्रदर्शनमा साँचेजका साथमा लाइयाको पनि भूमिका हुने धेरैको तर्क छ।
कोलिन रुनी (वाइन रुनी)
बाल्यकालीन साथी कोलिन र वाइनका बीचमा सन् २००८ मा विवाह भएको थियो। उनीहरू १२ वर्षकै उमेरमा लिभरपुलमा भेट भएका थिए। इंगल्यान्डका स्ट्राइकर वाइन रुनीको लोकप्रियताकै कारण कोलिन फिटनेस डिभिडी निकाल्न सफल भइन् भने आस्डा क्याम्पेनको फेस अफ आस्डाज जर्ज बन्न सफल भइन्। उनीहरूका ५ र १ वर्षका दुई सन्तान छन्। ४८ वर्षयता विश्वकप जित्न नसकेको इंग्ल्यान्डको घाउमा मल्हम लगाउन यो परिवार ब्राजिलमै हुनेछ।
मेलिसा साट्टा (केभिन-प्रिन्स बोटेङ)
एसी मिलानका लागि खेल्ने बोटेङले शारीरिक अवस्थाका कारण कतिपय खेल खेल्न सकेका थिएनन्, तर गत वर्ष भ्यानिटी फेयर म्यागजिनसँगको अन्तर्वार्तामा 'हप्तामा ७ देखि १० पटक सम्म गरिएको यौन क्रियाका कारण उनले खेल्न नसकेको' अभिव्यक्ति उनकी टेलिभिजन प्रस्तोता श्रीमती मेलिसाले दिइन्। यसले उनीहरूको सम्बन्धलाई थप चर्चामा ल्यायो। २७ वर्षीया साट्टा सन् २०११ यता केभिनसँगै छिन्। 'म फोर प्लेलाई घृणा गर्छु,' उनले भनेकी थिइन्, 'माथिल्लो पोजिसनमा बस्नु नै मेरो रुचिको पोजिसन हो, जसले गर्दा मैले आफैंलाई नियन्त्रणमा राख्न सक्छु।' मेलिसाले आफू फोर प्ले नगरी सीधै प्वाइन्टमा जान चाहने कुरा बताएकी थिइन्।
साम कुक (क्रिस स्म्यालिङ)
इंग्ल्यान्डका खेलाडी तथा म्यानचेस्टर युनाइटेडका डिफेन्डर क्रिस स्म्यालिङले डिफेन्डको कस्तो जादु देखाउने हुन्, हेर्न बाँकी नै छ, तर उनकी पेज थ्री गर्लफ्रेन्ड साम कुकले भने उनलाई राम्रै डिफेन्डको मौका दिएकी छिन्। ग्ल्यामर मोडलका रूपमा परिचित २९ वर्षीया कुकले यही क्षेत्रमा आठ वर्ष बिताइसकेकी छिन्। अब भने उनले अन्य क्षेत्रमा लाग्ने र क्रिसलाई सहयोग गर्ने बताउन थालेकी छिन्।
बेथानी डेम्पसी (क्लिन्ट डेम्पसी)
बेथानी सुन्दरताका लागिभन्दा पनि बुद्धिमानीका लागि प्रसिद्ध छिन्। अमेरिकी फरवार्ड डेम्पसीकी श्रीमती बेथानीले मास्टर्स डिग्री गरेकी छिन्। सन् २०१० को विश्वकपमा स्पोर्ट्स इल्युस्ट्रेड म्यागजिनले प्रकाशित गरेको 'स्पेसल वल्र्ड कप वाइभ्स एडिसन' मा बेथानी कभरमा छाएकी थिइन्।
साभार : साप्ताहिक
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !