उनले उक्त धनराशि प्राप्त गर्न बुझाउन भनिएको ९ सय ४० डलर नेपाल इनभेस्ट बैंककी खातावाला सम्झना परियारको नाममा जम्मा गरे। परियारलाई नेपालस्थित प्रतिनिधिका रूपमा प्रस्तुत गरिएको थियो। त्यसपछि विभिन्न खर्चका लागि २ हजार ५ सय डलर तथा बेलायतको अर्थमन्त्रालयलाई कर बापत बुझाउनुपर्ने भनिएको १० हजार डलर पनि जम्मा गरे। आफैंले आर्जिएको १२ लाख रुपैयाँ बुझाएपछि उनी त्यसपछि लाखौं डलर पाउने सपनामा हराए तर, उनलाई कुनै खबर आएन। दालमा केही कालो नभएर पूरा दालै कालो भएको महसुस गर्दै उनी प्रहरीमा पुगे। त्यसपछि प्रहरी अनुसन्धानबाट जे खुलासा भयो, त्यो सुपर हिट फिल्मको कथालाई पनि माथ दिने खालको थियो।
उनलाई नक्कली वेबसाइटमार्फत एसएमएस गरिएको थियो। बेलायतको नम्बर देखिने गरी भीओआईपी प्रविधिबाट कल बाइपास गरेर पीडितसँग सम्पर्क गरिएको थियो। यो इन्टरनेटबाट कल गर्ने एउटा प्रविधि हो। यो नियोजित षड्यन्त्रमा संलग्न परियार भने ठमेलकी पर्यटक गाइड हुन्। काभ्रेली परियारलाई साथमा लिएर फुटबल खेलसँग सम्बद्ध दुई धूर्त अफ्रिकी नागरिकले उक्त प्रपञ्च रचेका थिए। उनीहरू जावलाखेल युथ क्लबबाट 'ए' डिभिजन लिग खेलिसकेका नाइजेरियाका इके चुक जोन डिके र खेलाडी ल्याउने एजेन्ट तथा खेलाडी सेरालियोनका इर्नेस्ट पि मामरान थिए।
मामरान भने यसअघि अन्य मुलुकमा पनि यस्तो धोखाघडीमा सामेल भैसकेका थिए। यो सामान्य बदमासी थिएन। लाखौ कुम्ल्याइसकेका ती तीन जनालाई इन्डोनेसियाको एक गिरोहबाट सहयोग प्राप्त थियो। विदेशका गिरोहलाई ७० प्रतिशत र नेपालकालाई ३० प्रतिशत दिने सहमतीअनुरूप यो अन्तर्राष्ट्रिय आर्थिक अपराध भएको थियो।
नेपाली महिला सम्झनासँग भने ती दुई अफ्रिकीको ठमेलमा चिनजान र हिमचिम भएको थियो। चाँडै आफ्नो घर, घडेरी र कार भएको सपना देख्ने सम्झनालाई अफ्रिकीहरूको धेरै धन कमाउने योजनाले तान्यो। त्यसपछि उनी यसरी फँसिन् कि एकैपटक खोरमा पुगिन्। उनीहरू जति टाठाबाठा भए पनि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी ) ले उनीहरूको रहस्य पत्ता लगाएरै छाड्यो।
साभार : साप्ताहिक
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !