CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » गम्भीर अपराधमा नेपाल ट्रान्जिट

गम्भीर अपराधमा नेपाल ट्रान्जिट

गम्भीर अपराधमा नेपाल ट्रान्जिट
काठमाडौं- नेपाल गम्भीर प्रकृतिका अन्तर्राष्ट्रिय अपराधको 'ट्रान्जिट' बन्दै गएको प्रहरीको अध्ययनले खुलाएको छ। प्रहरीको अपराध अनुसन्धान विभागले आइतबार सार्वजनिक गरेको प्रतिवेदनमा लागुऔषध, जाली भारतीय रुपैयाँ र मानव तस्करीका लागि अन्तर्राष्ट्रिय गिरोहले नेपाललाई ट्रान्जिट बनाएको उल्लेख छ।
प्रतिवेदनअनुसार आपराधिक घटनाको तथ्यांकमा अन्तरदेशीय सम्पर्कका अपहरण, लागुऔषध, जाली नोट तस्करी, हातहतियार र मानव तस्करीका घटना बढेका छन्। त्यसको अनुसन्धानसमेत जटिल बन्दै गएको विभागका डिआइजी सुरेन्द्रबहादुर शाहले बताए।
नेपालमा बंगलादेश, पाकिस्तान, थाइल्यान्ड, संयुक्त अरब इमिरेट्स, जाम्बिया, ब्राजिल र दक्षिण अफ्रिकाका नागरिकसमेत सक्रिय देखिएको प्रतिवेदनमा छ। प्रहरीले लागुऔषध कारोबारमा ब्राजिल र दक्षिण अफ्रिकासम्म 'लिंक' खुलाएको छ। पछिल्लो समय ब्राजिलमा उत्पादित कोकिन भारत हुँदै युरोपको बजारमा लैजान लागुऔषधमा सक्रिय अन्तर्राष्ट्रिय आपराधिक समूहले नेपाललाई ट्रान्जिट बनाएको खुलेको छ।
प्रहरीले हालसम्मकै सबैभन्दा धेरै २ किलो ६ सय ६९ ग्राम कोकिनसहित नामिबियन नागरिक रेमन्ड जुङगु ओपेललाई पक्राउ गरेपछि लागुऔषधको अन्तर्राष्ट्रिय जालोको नेपालमा उपस्थिति खुलेको थियो। उनी कोकिनको क्याम्पसुल निलेर नामिबिया, ब्राजिल, दुबई हुँदै तीन महिनाअघि नेपाल आएका थिए। प्रहरी अनुसन्धानमा उनी नेपालमा हवाईमार्गबाट आएर स्थलमार्ग हुँदै भारत जाने योजनामा रहेको खुले पनि त्यसपछिको रुट प्रहरीले खुलाउन सकेन। लागुऔषध नियन्त्रण ब्युरोले पक्राउ गरेका उनको सम्पर्क दुबई र दक्षिण अफ्रिकामा रहेका लागुऔषधका तस्करसँग देखिएको छ।
शाहका अनुसार नेपाललाई ट्रान्जिट बनाएर जाली भारू भारत पुर्याछउने गिरोह अझै सक्रिय छ। उनका अनुसार कारोबारीले बंगलादेश, पाकिस्तान, थाइल्यान्ड र युएई हुँदै नेपालमा जाली भारू भिœयाइरहेका छन्। प्रहरी अनुसन्धान प्रतिवेदनअनुसार जाली भारू ओसारपसारमा पाकिस्तानी, भियतनामी, भारतीय, थाई, फिलिपिनो र नेपाली नागरिकको संलग्नता देखिएको छ।
सन् २००९ देखि २०१४ सम्म ११ करोड ३१ लाख जाली भारूसहित कारोबारीहरू पक्राउ परेका छन्। प्रहरीले जाली भारू ओसारपसारमा संलग्न रहेको अभियोगमा सबैभन्दा धेरै ३० जना नेपाली नागरिकलाई पक्राउ गरेको छ। त्यस्तै, २१ जना पाकिस्तानी, १० जना भारतीय, ३ जना भियतनामी र अन्य बंगलादेशी र थाई नागरिक पक्राउ परेको शाहले जानकारी दिए।
लागुऔषधका कारोबारीले नेपालमा उत्पादित गाँजा र चरेसलाई भारत र चीन मात्र हैन, रुस, जापान, डेनमार्क, क्यानडा, बेलायत, आयरल्यान्ड, फ्रान्स, थाइल्यान्ड, भियतनामसम्म पुर्या उँदै आएको अनुसन्धानमा खुलेको छ। प्रहरीका अनुसार नेपालमा उत्पादित चरेस र गाँजा तेस्रो देश पुर्या्उन कारोबारीले हवाईमार्गसँगै स्थलमार्गसमेत प्रयोग गर्दै आएका छन्।
मध्यपूर्व र दक्षिणपूर्वमा नेपाली नागरिक कामदारका रूपमा जाने क्रमसँगै मानव तस्करीसमेत बढेको छ। विभागको तथ्यांकअनुसार मानव तस्करले स्थल र हवाईमार्ग प्रयोग गरेर मानवतस्करी गर्दै आएका छन्। उनीहरूले स्थलमार्गमा रक्सौल, गौरीफन्टा, बनबासा, रुपेडिया, सुनौली, जोगबनी, काँकडभिट्टा, पशुपतिनगर, भन्टाबारी प्रयोग गर्दै आएका छन्। त्यहाँबाट पटना, दिल्ली, पुना, मुम्बई, कलकत्ता, पञ्जाब, देहरादुन लगायत सहर पुर्याैएर मध्यपूर्व र दक्षिणपूर्वीय देशमा पठाइने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
साभार : नागरिक
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis