- लोककलाकारलाई अमेरिका यही, बेलायत नि यही
काठमाडौँको अनामनगरस्थित आलाप रेकर्डिङ स्टुडियो पुग्दा लोकगायिका राधिका हमाल तीज गीत रेकर्डिङमा व्यस्त थिइन्, १७ असारमा। दिउँसो ४ बजेसम्म दुईवटा गीतमा स्वर भरसिकेर उनी तेस्रो गीत गाउने अभ्यास गररिहेकी थिइन्। त्यसपछि उनलाई प्रिज्मा रेकर्डिङ, बबरमहल पुग्नु थियो। तीजकै भाका रेकर्डका लागि प्रिज्मामा लय संकलक कुररिहेका थिए।
यसपटकको तीजमा उनका दुई दर्जनभन्दा बढी गीत सार्वजनिक हुँदै छन्।
त्यसैले दैनिक सरदर तीनवटा गीतको रेकर्डिङ गर्नु उनका लागि बाध्यताजस्तै छ। भन्छिन्, "अहिले हाम्रो सिजन चलिरहेको छ।"यसपटकको तीजमा उनका दुई दर्जनभन्दा बढी गीत सार्वजनिक हुँदै छन्।
हमालले भनेजस्तै लोककलाकारका लागि यो उर्वर समय हो, किसानलाई जस्तै मानो रोपेर मुरी फलाउने। अर्का लोकगायक पशुपति शर्मा पनि यसमा सहमत छन्। उनले यो वर्षको तीजका लागि एक दर्जनभन्दा धेरै भाका तयार पारेका छन्। हमाल र शर्मा मात्र होइन, सबै लोककलाकारलाई अहिले भ्याइनभ्याइ छ। किनभने, उनीहरूलाई जतिसक्दो चाँडो रेकर्डिङ सकेर विदेशमा रहेका नेपालीले आयोजना गर्ने तीज कार्यक्रममा जान हतार छ। गायिका हमाल यसपटक तीजको छेकोमा दुबई, अस्ट्रेलिया र बेलायत जाने पक्का भइसकेको छ भने अर्की चर्चित गायिका सुनीता दुलालको त क्यानडा जाने अघिल्लो वर्ष नै निश्चित भइसकेको थियो। "यसपटक अस्ट्रेलिया, अमेरिका र इजरायल पनि पुग्छु होला," दुलाल भन्छिन्, "गत वर्षको तीजमा पनि चार देश पुगेकी थिएँ।" समकालीन लोकगायनमा चर्चा कमाएका टीका पुन, मुना थापामगरलगायत आधा दर्जन 'हट केक'लाई यस बेला आयोजकहरू तानातान नै गर्छन्।
त्यसो त विदेशमा लोक कलाकारको माग हुने समय तीज मात्र होइन । नयाँ वर्ष, दसैँ, तिहार, इद र ल्होसारजस्ता पर्वमा पनि लोकभाका सुनाउन दर्जनौँ कलाकार विदेश पुग्छन्। लोकगायक शर्माका अनुसार नेपालीको बाहुल्य रहेका विश्वका करबि २५ देशमा प्रत्येक समय कुनै न कुनै ठाउँमा लोककलाकारले दोहोरी घन्काइरहेका हुन्छन्। यसरी पहिले गाउँमा सीमित लोकदोहोरी, सहरबजार हुँदै अहिले विदेश पसेको छ।
गाउँ र सहर मात्र होइन, विदेशमा बस्ने नेपाली पनि चाडपर्वमा अनिवार्य रूपमा लोकगीतमा नाच्न थालेका छन्। "पहिले नाच्नुपर्यो भने हिन्दी वा अंग्रेजी गीत मात्र बजाइन्थ्यो," लोकप्रिय लोकगायक बद्री पंगेनी भन्छन्, "अहिले लोकगीत नबजाई चित्तै नबुझाउने जमात बढेको छ।" विभिन्न देशमा कार्यक्रम प्रस्तुति दिन जाँदा उनले लोकगीतप्रतिको नेपालीको मायालाई अझ नजिकबाट नियाल्ने मौका पाएका छन्।
विरानो देश पसेपछि व्यक्तिले आफ्नोपनको अर्थ र महत्त्व थाहा पाउँछ। त्यसैले आफ्नो भाषा, संस्कृति र भेषभूषालाई निकै माया गर्न थाल्छन्। अरूभन्दा भिन्न देखिने भनेकै आफ्नो कला-संस्कृतिले हो। कला र संगीतको पाटोबाट हेर्ने हो भने लोकगीतले जति आफ्नोपन र आत्मीयताको अनुभूति सायदै अरू केहीले गराउँछ। विदेशमा लोकगीतको माग बढ्नुको मुख्य कारण यही मान्छन्, लोकगायक नारायण रायमाझी। भन्छन्, "जब मौलिकताको महत्त्व बुझिन्छ, तब लोकसंगीतलाई बेवास्ता गर्नै सकिन्न।"
प्रसिद्धिको शिखरमा
लोकगीतको माग र बजार फैलिएकै कारण लोककलाकार पनि 'सेलिबि्रटी' भएका छन्। हालै मात्र दुई लोकगायिका मुना थापामगर र सुनीता दुलालको फेसबुक पेज 'भेरिफ्राइड' भएबाट पनि लोककलाकारप्रतिको दर्शक/श्रोताको मोह अन्दाज लगाउन सकिन्छ। दुवैको पेज लाइक गर्ने फ्यानको संख्या साढे चार लाख नाघेको छ।
लोकगीतको लोकप्रियता र उचाइ बढेको अर्को प्रमाण हो, चर्चित फिल्मी स्टारहरूको लोकगीतका भिडियोमा मोडलिङ मोह। पहिले लोकगीत भन्नासाथ नाक खुम्च्याउने कलाकारहरू अहिले खोजीखोजी कम्मर मर्काउन थालेका छन्। राजेश हमाल, करिश्मा मानन्धर, झरना थापा, दिलीप रायमाझी, नन्दिता केसीजस्ता फिल्मी क्षेत्रका हस्तीहरूले लोकगीतका भिडियोमा मोडलिङ गरसिकेका छन्। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष चन्द्र शर्माका अनुसार चलेका फिल्म कलाकार नै अहिले 'लोकगीतमा नाचौँ न' भन्दै आफैँ सम्पर्कमा आउन थालेका छन्।
समय, प्रविधि र दर्शक/श्रोताको चाह अनुसार परविर्तन र परिमार्जन भएका कारण लोकगीतले थप लोकप्रियता हासिल गररिहेको स्रष्टाहरू बताउँछन्। लोकभाकामा प्रयोग गरिने बाजामा पनि परविर्तन आएको छ। पहिले मादल, सारंगी, बाँसुरी र हार्मोनियम मात्र प्रयोग गरिन्थ्यो तर अहिले आवश्यकता अनुसार सेक्सोफोन, भ्वाइलेन, सन्तुर, किबोर्ड, गितारसँगै अन्य आधुनिक बाजा पनि बजाइन्छ। नयाँ बाजाको प्रयोगले लोकगीतप्रतिको आकर्षण बढाएको बुझाइ छ, गायिका टीका पुनको। खास गरी यस्ता बाजा प्रयोग गरिएका गीतले स्टेज सो निकै तताउँछ। स्रष्टाहरूका अनुसार काठमाडौँ उपत्यकामा मात्र दैनिक सरदर २० वटा लोकगीत रेकर्डिङ हुन्छन्। विमाकुमारी दुरा, हरिदेवी कोइराला, लक्ष्मी न्यौपाने, राजु परियार, देवी घर्ती, बमबहादुर कार्की, घमेष दुलाल, नवराज घोरासैनी कुनै जमानाका हिट लोकगायक-गायिका हुन्। विष्णु माझी गीत रेकर्डिङमा अझ पनि अगाडि छिन् तर स्टेज सो र अन्य सार्वजनिक कार्यक्रममा उनको उपस्थिति शून्य छ। पशुपति शर्मा, बद्री पंगेनी, सुनीता दुलाल, टीका पुन, राधिका हमाल, मुना थापामगर, रामजी खाँड, खुमन अधिकारी, मिलन लामा अहिलेका चर्चामा रहेका लोककलाकारमा गनिन्छन्।
लोकसर्जक पनि पहिलेको तुलनामा निकै बाठा भएका छन्। स्रष्टाहरूले बच्चा, युवादेखि वृद्धवृद्धासम्मको रोजाइलाई ध्यानमा राखेर लोकगीत तयार पार्छन् अचेल। यसले लोकगीतको दायरा अझ फराकिलो बनाएको छ। पशुपति शर्माको 'क्याम्पस पढ्न आउनी...' बोलको गीत प्लस टु पुस्तामाझ निकै चर्चित बन्यो। जबकि, यो पुस्ता लोकगीत सुन्दै नसुन्ने पुस्तामा दरिन्छ। त्यस्तै पशुपतिकै 'मलाई अमेरिका यही...' गीतले बौद्धिक वर्गको ध्यान तान्यो भने बद्री पंगेनीको 'अझ नि गणतन्त्र आको छैन है...' राजनीतिक वृत्तमा निकै हिट भयो। पंगेनीकै 'लाऊ चेली सिन्दुर लाऊ...' एकल महिलाको आन्दोलनको मानक नै बन्यो। यसरी विषयवस्तुमा पनि विविधता आएका कारण लोकगीतको जरा अझ फैलँदै गएको छ। वरिष्ठ लोकगायक रायमाझी भन्छन्, "केहीलाई छाडेर भन्ने हो भने लोकगीतका शब्दहरू तिखारँिदै गएका छन्। नयाँ पुस्ता समाजको यथार्थ चित्रण गर्ने प्रयासमा लागेको छ।"
राम्रो कमाइ
लोकगायनमा संलग्न कलाकारहरू प्रसिद्ध मात्रै छैनन्, पैसा पनि उत्तिकै कमाइरहेका छन्। उनीहरूको आम्दानीले नै बताउँछ कि लोकगायनमा लागेर पनि सम्पन्न जीवनशैली बाँच्न सकिन्छ। खासमा लोकगायक/गायिका आफ्नो कलाकारिताबाट देशभित्र प्रसिद्ध हुन्छन् र त्यो प्रसिद्धिबाट धेरै आर्थिक फाइदा उनीहरूलाई विदेशमा रहेका नेपाली समुदायबाट हुन्छ। विदेशमा हुने एउटा सोबाट कलाकारहरूले सरदर डेढ लाख पाउँछन् भने नेपालभित्र हुने महोत्सवहरूबाट ४० हजार रुपियाँ। मंसिरबाट सुरु हुने महोत्सवको सिजन चैतसम्म निरन्तर हुन्छ। हरेक महोत्सवको पहिलो रोजाइमा पर्छन्, लोककलाकार। यो कमाइले क्यासेट बिक्री गर्ने समयभन्दा अहिलेका लोककलाकारको आर्थिक हैसियत मजबुत भएको छ।
लोकगीत गाएरै कार चढ्ने सर्जक आधा दर्जन भइसकेका छन्। दुई-चार गीत हिट भएका स्रष्टा पनि काठमाडौँमा घडेरी किन्न सक्ने अवस्थामा छन्। कोही घर नै बनाउने योजनामा छन्। मासिक २०-२५ हजार भाडा तिरेर सुविधासम्पन्न फ्ल्याटमा बस्नु सामान्य भइसकेको छ।
यी तथ्यहरूले लोकगायन प्रसिद्धि र समृद्धि दुवै कोणबाट अब्बल भएको प्रस्ट पार्छन्। लोकगायनबाटै पैसा र प्रतिष्ठा कमाएका र अहिले 'लाइमलाइट'मा रहेका केही कलाकारको सफलताको कथा ः
स्वर र ग्ल्यामरकी संगम : सुनीता दुलाल
चर्चा र कमाइलाई आधार मान्ने हो भने पछिल्लो पुस्तामा लोकप्रिय लोकगायिकाको अग्रपंक्तिमा पर्छिन्, सुनीता दुलाल। सुन्दर स्वरसँगै 'ग्ल्यामरस लुक'ले उनलाई थप लोकप्रिय बनाइरहेको छ। सामाजिक सञ्जालमा सम्भवतः सबैभन्दा धेरै फ्यान फलोइङ भएकी लोकगायिका पनि उनै हुन्। उनको फेसबुक पेज लाइक गर्नेको संख्या ४ लाख ८० हजार नाघेको छ। उनको यही चार्म देखेरै होला, फेसबुकले हालै मात्र उनको पेज 'भेरिफ्राइ' गरिदिएको छ।
चर्चा मात्र होइन, कमाइमा पनि सुनीता अगाडि छिन्। किनभने, उनको कमाइ अधिकांश गायक/गायिकाको जस्तो स्टेज सोमा मात्र सीमित छैन। प्रविधिको सदुपयोग गर्दै आर्थिक उपार्जन गर्ने उनको काइदा अन्य कलाकारले पनि सिक्नु जरुरी छ। गुगल र युट्युबबाट मात्र उनले मासिक एक लाख रुपियाँभन्दा बढी कमाउँछिन्। त्यस्तै, आफ्नो व्यक्तिगत वेबसाइट सुनीता दुलाल डटकमबाट उनले एल्बम बिक्री गररिहेकी छन्। पे-पल सर्भिस उपलब्ध भएका विकसित देशका दर्शक/श्रोताले १० डलर तिरेर उनको जुनसुकै एल्बम खरदि गर्न सक्छन्। तीजको समयमा मात्र उनका करबि तीन सय एल्बम इन्टरनेट सपबाटै बिक्री हुन्छन्। भन्छिन्, "प्रविधिलाई सदुपयोग गर्न जानियो भने पाइरेसी भयो भनेर चिन्ता लिनुपर्दैन। अनलाइनबाटै मनग्ये कमाउन सकिन्छ।"
आरजे/भीजे हुँदै गायिका बन्न पुगेकाले पनि सुनीताले प्रविधिको महत्त्व बुझेको हुनुपर्छ। उनले लामो समय इमेज एफएम र इमेज टेलिभिजनमा लोकदोहोरी गीतसम्बन्धी कार्यक्रम चलाएकी थिइन्। लोककलाकारसँग अन्तर्वार्ता लिँदै र उनीहरूका गीत बजाउँदा-बजाउँदै उनी आफैँ गायिका बनेकी हुन्। ०६० सालको तीजताका उनले पहिलो एकल गीत सार्वजनिक गरनि्, 'आमाले पकाको मीठो दर खानलाई...।' यो गीतले उनलाई गाउँदेखि सहरबजार सबैतिर चिनायो। यही गीतका कारण उनलाई विदेशबाट पनि निम्तो आउन थाल्यो। त्यसयता पूर्णकालीन गायिका बनेकी उनले १४ एकल एल्बम निकालिसकेकी छन्। यी एल्बमका करबि आधा दर्जन हिट गीतले उनको व्यस्तता कतिसम्म बढायो भने महिना दिनमा चारवटासम्म कार्यक्रम भ्याइन्। अचेल उनी विदेशमा हुने एउटा सोबाट कम्तीमा डेढ लाख रुपियाँ लिन्छिन्। सीडी बिक्री र फ्यानले दिने गिफ्ट त बोनस भइहाल्यो। त्यति मात्र होइन, कार्यक्रममा उनले लगाएको साडी पनि महँगो मूल्यमा बिक्री हुन थालेको छ। पछिल्लोपटक क्यानडा भ्रमणका क्रममा उनले लगाएका ३५ वटा साडी बिक्री भएका थिए।
स्वदेशमा हुने महोत्सवमा पनि उनको ठूलो माग छ। यस्ता महोत्सवबाट उनी घटीमा ३५ हजार पाउँछिन्। अहिलेसम्म १६ वटा देश र नेपालका करबि ४५ जिल्लामा आफ्नो कलाको जादु छरसिकेकी उनलाई कोमल वलीको विकल्प मानिन्छ। स्वर, लुक्स र पर्फमेन्समा तीन कोणबाट उनी वलीभन्दा कम लाग्दिनन्। भलै उनी 'कोमल दिदीको स्थान आफूले कहिल्यै लिन नसक्ने' बताउँछिन्।
लोकगीतले सुनीतालाई के दियो त ? भन्छिन्, "सबैभन्दा ठूलो कुरा त दर्शक/श्रोताको माया नै हो। त्यससँगै आर्थिक रूपमा पनि सबल बनाएको छ।" ६ वर्षअगाडिसम्म उनी स्कुटर चढ्थिन् तर आज यही लोकगीतले उनलाई कार चढ्ने हैसियतमा पुर्याएको छ। काठमाडौँमा घडेरी पनि जोडेकी छन्। "दर्शकलाई भेराइटी दिन सक्ने हो भने लोकगीत नाम र दाम कमाउने दरलिो माध्यम बनेको छ," उनको निष्कर्ष छ।
सालीदेखि राजनीतिसम्म : बद्री पंगेनी
लोकसंगीत क्षेत्रको ब्रान्डेड नाम हो, बद्री पंगेनी। १७ वर्षदेखिको अटुट समर्पणका कारण उनको ब्रान्ड स्थापित भएको हो। उनका समकक्षी मानिने नवराज घोरासैनी, घमेष दुलालजस्ता गायकहरू छायाँमा पर्दा उनी लाइमलाइटमै छन्। 'ससुरालीमा दिल बस्यो कान्छी सालीमा...' जस्तो मनोरञ्जनात्मकसँगै 'अझै नि गणतन्त्र आको छैन है...', 'लाऊ चेली सिन्दुर लाऊ...', 'जेठो छोरो कहाँ छ...' जस्ता राजनीतिक र सामाजिक चेत भएका गीतले उनलाई अरूभन्दा अलग बनाएको छ। यीसँगै 'म त नेपाली...', 'मन थिएन जोगी बन्नलाई...' लगायतका दर्जनभन्दा धेरै गीतले उनलाई कहिल्यै लोकगीत नसुन्ने दर्शक/श्रोताको माझ पनि चिनाएको छ।
यति लोकप्रिय भएपछि देश र विदेशमा हुने सांस्कृतिक कार्यक्रममा उनलाई भ्याइनभ्याइ हुनु स्वाभाविक भइहाल्यो। हालै मात्र उनी बेलायतको साढे दुई महिनाको बसाइपछि स्वदेश फर्किएका छन्। त्यो उनको २६औँ विदेश यात्रा थियो। २६ वटा देश र नेपालका ४५ जिल्लामा कार्यक्रम गरसिकेका उनी अचेल विदेशमा हुने एउटा सोबाट कम्तीमा डेढ लाख रुपियाँ लिन्छन्। स्वदेशमा हुने महोत्सवमा चाहिँ ४० हजार रुपियाँको हाराहारीमा। भन्छन्, "अरू कलाकारको जस्तै मेरो पनि बाँच्ने आधार स्टेज सो नै हो।" लाइभ दोहोरीमा पनि निकै माहिर भएकाले स्टेज सोमा उनी निकै रुचाइन्छन्।
संख्यात्मक रूपमा कम गीत गाएर पनि हिट हुने गायकमा पर्छन् पंगेनी। डेढ दशक लामो करअिरमा १४ वटा सोलो एल्बम निकालेका छन् भने करबि ५० गीतमा मात्र उनको स्वर सुन्न पाइन्छ। सितिमिति अरूका गीत नगाउने भएकाले पनि उनी संख्यात्मक रूपमा पछाडि परेका हुन्। तर, उनले आफ्नो एल्बममा गाएका अधिकांश गीत हिट छन्। भन्छन्, "यही नै मेरा लागि काफी छ। मलाई धेरै भन्दा राम्रा गीत गाउनु छ।" रमाइलो त के हो भने यति धेरै हिट भइसक्दा पनि उनले दोहोरी घन्कने रेस्टुराँमा गाउन छाडेका छैनन्। अहिले पनि नियमित रूपमा नीरमाया दोहोरी क्लबमा गाउँछन्। आफूभित्रको ऊर्जा मर्न नदिने र आर्थिक रूपमा पनि टेवा पुर्याउने भएकाले दोहोरी रेस्टुराँमा गाउन नछाडेको उनको तर्क छ।
पंगेनीको 'ससुरालीमा' एल्बम एक लाख प्रतिभन्दा बढी बिक्री भएको थियो। तर, प्रविधिमा आएको विकासले क्यासेट लोप भइसकेको छ। क्यासेट मात्र होइन, भीसीडी र सीडीको बिक्री हुन छाडेको छ। तर, क्यासेट बिक्रीबाट आउने पैसा अन्य माध्यमबाट आउँछ। यसलाई पनि सुखद पक्ष मान्छन् उनी। यद्यपि, राज्य र अन्य सरोकारवाला निकाय आवश्यक रूपमा जिम्मेवार नहुँदा कलाकारहरू आर्थिक रूपमा शोषणमा परेको दुखेसो पोख्छन्। "लोकसंगीत र कलाकारलाई उत्थान गर्ने भिजन राज्यले अझै ल्याएको छैन," राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका वरष्िठ उपाध्यक्षसमेत रहेका पंगेनी भन्छन्, "तर, दर्शक/श्रोताको मायाले लोकसंगीत र हामी कलाकार बाँचिरहेका छौँ।" उनी लोकगीतलाई अझ उर्वर बनाउन नेपालीको मौलिक लय, बाजा र मर्मलाई आत्मसात् गर्नुपर्ने सुझाव दिन्छन्।
मागका पर्याय : पशुपति शर्मा
१५ वर्षअगाडि स्याङ्जाबाट इन्जिनियर बन्ने सपना बोकेर काठमाडौँ छिरेका थिए, पशुपति शर्मा। उनका बाबुआमा छोरो इन्जिनियर बनेर पैसा कमाओस् भन्ने चाहन्थे। तर, राजधानी पसेपछि उनको ध्यान नाप-नक्सा होइन, लोकभाकातिर मोडियो। उनले त गाउँघरका लोकलयलाई समाजका यथार्थसँग मिसाएर शब्द पो नाप्न थाले। त्यही यात्राले उनी अहिले देशकै सबैभन्दा रुचाइने लोकगायक बनेका छन्। यसले उनको अभिभावकको दाम कमाओस् भन्ने चाह त पूरा भएकै छ, सँगै नाम र इज्जतसमेत दिएर परिवारलाई झन् खुसी बनाएका छन्। विदेशमा सबैभन्दा माग हुने गायक शर्माले एउटै सोको दुई लाख रुपियाँसम्म लिन्छन्। स्वदेशमा हुने महोत्सवमा पनि उनलाई ५० हजार रुपियाँसम्म दिन अनकनाउँदैनन् आयोजकहरू।
शर्माको पहिलो रेकर्डेड गीत हो, 'स्याङ्जामाथि वन...।' ०६० सालमा सार्वजनिक भएको यो गीतले उनलाई खासै चिनाएन। हिट हुनका लागि अरू पाँच वर्ष कुर्नुपर्यो। ०६५ सालको तीजको छेकोमा गाएको 'अचम्मै राम्रो नाच्छे मोरीले...' बोलको गीतले उनलाई एकाएक चर्चित बनाइदियो। त्यसयता १८ एल्बम निकालिसकेका पशुपतिका दर्जनौँ गीत जनजिब्रोमा झुन्डिएका छन्। तीमध्ये 'मलाई अमेरिका यही, बेलायत नि यही...', 'सोह्र दुना आठ...', 'क्याम्पस पढ्न आउनी...', 'एबीसीडी...' प्रमुख हुन्। खास गरी 'मलाई अमेरिका यही...' गीतले विदेशमा उनको माग ह्वात्तै बढायो। विदेश जाने फेसनमाथि व्यंग्य गरिएको यो गीतको भिडियो युट्युबमा हेर्नेको संख्या आठ लाख नाघिसकेको छ। उनका अधिकांश गीत युट्युबमा ६ लाखभन्दा माथिले हेरेका छन्।
शर्मा आफ्नो शब्द र संगीतमा मात्र गीत गाउँछन्, त्यसैले संख्यात्मक रूपमा उनका गीत निकै कम छन्। रेकर्डेड गीतको संख्या भर्खर सय पुग्दै छ। "गीतको शब्द र भाकामा निकै मिहिनेत गर्छु। त्यसैले मेसिनजसरी धेरै गीत रेकर्ड गराउन सकेको छैन," तीजका गीत रेकर्डिङमा व्यस्त गायक शर्मा भन्छन्, "दर्शक/श्रोतालाई स्तरीय लोकभाका दिनु अहिलेको मुख्य चुनौती हो।" सायद यही चुनौतीमा सफल भएकाले हुनुपर्छ, उनले २७ देश र नेपालका ५० भन्दा धेरै जिल्लामा लोकभाका पस्कने मौका पाइसकेका छन्। आफ्ना हिट गीतसँगै प्रत्यक्ष दोहोरीमा पनि निकै पोख्त भएका कारण उनको भाउ अझ बढिरहेको छ।
स्याङ्जाबाट काठमाडौँ आउँदा उनलाई मासिक १ हजार ५ सय रुपियाँ कोठाभाडा र कलेजको फि तिर्न मुस्किल पथ्र्यो। मन परेको खाजा खान पनि घरबाट कहिले पैसा आउला भनेर कुर्नुपथ्र्यो। यस्ता सयौँ तीता क्षण भोगेका उनको जीवनशैलीमा अहिले निकै परविर्तन आएको छ। मासिक कमाइ तीनदेखि चार लाख रुपियाँको हाराहारीमा छ। चार सय अमेरिकी डलर प्रतिव्यक्ति आम्दानी भएको मुलुकको कलाकारले यति पैसा कमाउनु चानचुने कुरा होइन। "जम्मा दुई हजार लिएर घरबाट निस्केको थिएँ तर अहिले काठमाडौँ र पोखरामा घडेरी किनिसकेँ," खुसी हुँदै भन्छन्, "यीभन्दा ठूलो कुरा देश/विदेशमा रहेका लाखौँ दर्शक/श्रोताको माया र सम्मान हो।" व्यंग्य, ठट्टा, मनोरञ्जन र सन्देशमूलक लोकभाका गाउन सक्ने हो भने सुविधासम्पन्न जीवन जिउन कुनै समस्या नपर्ने दरलिा प्रमाण हुन् उनी।
मधुर मुना : मुना थापामगर
पछिल्लो छिमलकी लोकप्रिय लोकगायिका मुना थापामगर संख्यात्मक र गुणात्मक दुवै हिसाबमा अगाडि छिन्। गायन करअिर सुरु गरेको ११ वर्ष बित्न नपाउँदै दुई हजार गीतमा स्वर रेकर्ड गराएबाट पनि उनको सफलता आकलन गर्न सकिन्छ। तीमध्ये अधिकांश विरह र मार्मिक गीत छन्। स्वरमा रहेको मधुरताकै कारण हुनुपर्छ, शब्द तथा लय संकलकहरू उनलाई मन छुने गीत गाउन लगाउँछन्। यद्यपि, उनले गाएका रमाइला र ठट्यौली शैलीका गीत पनि हिट नभएका होइनन्। जस्तो ः 'तीते करेलीले...', देशविदेशमा हुने स्टेज सोमा उनी यो गीत नगाई सुखै पाउँदिनन्।
गृहनगर गोरखामै हुँदा थापामगर स्थानीय क्षेत्रमा हिट भइसकेकी थिइन्। गाउँघरमा हुने मेला, जात्रा, विवाहमा गीत नगाई धरै पाउँदैनथिन्। र, बच्चैदेखि उनको रोजाइ थियो, लोकगीत। गोरखामै हुँदा 'केबुलकारमा गेट...' बोलको लोकभाका रेकर्ड गराइन् तर खासै हिट भएन। ०६१ सालमा काठमाडौँ आएपछि गाएका 'जड्याँहा पोइ...' र 'रुवायो साराले...' भने थोरै चर्चा बटुले। यद्यपि, लोकसंगीतको क्षेत्रमा स्थापित हुन भने मुनाले ०६६ सालसम्म कुर्नुपर्यो, पहिलो सोलो एल्बम छोरी सार्वजनिक नगरुन्जेल। यो एल्बमका गीतहरूले उनलाई दर्शक/श्रोतासँगै लय संकलकहरूमाझ पनि चिनायो। र, गीत रेकर्डिङमा व्यस्त हुन थालिन्।
प्रत्यक्ष दोहोरीमा कहलिएकी थापामगर आफ्नो स्वर सुनाउन १६ देश र नेपालका ४० भन्दा बढी जिल्ला पुगिसकेकी छन्। हङकङ त उनी तीनपटक गइसकेकी छन्। उनका 'तीते करेली...', 'चिसो-चिसो हावा सरर...', 'तिम्रो राम्रो हाँसोले...', 'यो संसारको रीत...' स्टेज सोमा रुचाइने गीत हुन्। विदेशमा हुने एक सोबाट मुनाको पोल्टामा घटीमा एक लाख पर्छ भने स्वदेशका कार्यक्रमबाट ४० हजार रुपियाँ। एउटा गीत रेकर्ड गरेको औसत ६ हजार लिन्छिन् उनी।
विदेश र स्वदेशको कार्यक्रम तथा गीत रेकर्डबाट आउने पैसाबाटै थापामगरको कमाइ अन्दाज लगाउन सकिन्छ, भलै उनी खुलेर यति नै कमाएँ भन्न लजाउँछिन्। भन्छिन्, "लोकगीतले मलाई जति दिएको छ, पूर्ण सन्तुष्ट छु।" सन्तुष्ट नहून् पनि कसरी ! यति छोटो अवधिमा काठमाडौँमा घडेरी किनिसकेकी छन् र छिट्टै घर बनाउँदै छिन्। उसो त उनलाई लोकगीतले पैसासँगै प्रसिद्धि पनि दिलाएको छ। निम्नमध्यम वर्गीय परिवारमा जन्मे-हुर्केकी चेलीलाई लोकगीतले नै सेलिबि्रटी बनाएको छ। त्यही भएर केही दिनअघि उनको फेसबुक पेज 'भेरफ्रिाइड' भएको छ। पेज लाइक गर्नेको संख्या ४ लाख ६० हजार नाघेको छ।
नाच्ने-नचाउने गायिका : राधिका हमाल
राधिका हमालले पहिलो लोकगीत १७ वर्षअघि रेकर्ड गराएकी थिइन्, बोल थियो ः 'दुःखैदुःख हुन्छ मलाई...।' तर, वास्तविक जीवनमा भने भइदियो ठीक उल्टो अर्थात् सुखैसुख। किनभने, लोकगीत गायनमा लागेपछि उनी निरन्तर शिखर चढिरहेकी छन्। पैसा र प्रसिद्धि दुवै कमाएकी छन्। रोल्पाजस्तो विकट क्षेत्रमा जन्मिएकी हमाल अहिले आफ्नै कमाइमा गाडी चढेर हिँड्छिन्। काठमाडौँ र दाङमा घडेरी जोडेकी छन्। छिट्टै काठमाडौँमा घर बनाउने योजनामा छन्। बैंक ब्यालेन्स पनि राम्रो छ। डेढ दशकको अवधिमा एकल गायनबाट यति धेरै प्रगति हुनु चानचुने कुरा होइन।
सुन्दै नाँचू नाँचू लाग्ने गीत गाउने गायिकाका रूपमा स्थापित छ, देशविदेशमा हमालको परचिय। 'फास्ट बिट'का गीत गाउने थोरै लोकगायिकामध्ये उनी पनि पर्छिन्। हालसम्म स्वर भरेका तीन हजारमध्ये मुस्किलले दर्जन गीत मात्र विरहका छन्। यो तथ्यले पनि उनी कुन शैलीकी गायिका हुन् भन्ने प्रमाणित गर्छ। 'ढल्क्यो जवानी...', 'दामी छ मोराको नाच...', 'अल्लारे केटाको हेराइ ज्यानमारा...', 'क्याम्पस पढ्न आउनी...' लगायतका गीत यसका उदाहरण हुन्। यस्तै डान्सिङ ट्रयाकले देश/विदेशमा हुने सांस्कृतिक कार्यक्रममा उनको माग बढाउँदै लगेको छ। अझ तीज गीतमा त उनको एकछत्रजस्तै छ। हाल उनी दिनमा तीनभन्दा बढी तीज गीत रेकर्ड गराउन व्यस्त छिन्। अघिल्लो वर्ष उनले गाएका ३६ तीज गीत बजारमा आएका थिए। उनका तीज गीत पनि पीडा पोखिएका कम, कम्मर मर्काउने खालका ज्यादा हुन्छन्।
"म स्टेजमा आफू मात्र गीत गाउँदिनँ, दर्शकलाई पनि गाउन लगाउँछु। गाउने मात्र होइन, नचाउँछु पनि," आफ्नो क्रेज बढ्नुको रहस्य राधिका यसरी खोल्छिन्, "हरेक दर्शकले चाहने पनि मनोरञ्जन नै हो।" सायद दर्शकलाई भरपूर मनोरञ्जन दिलाउने क्षमता भएर नै होला, उनी कार्यक्रमकै दौरान १३ मुलुक पुगिसकेकी छन्। आउँदो तीजमा कार्यक्रम गर्नका लागि दुबई जाने पक्का भइसकेको छ भने अस्ट्रेलिया र बेलायतका आयोजकहरूसँगको कुराकानी पनि अन्तिम चरणमा पुगेको छ। विदेशमा हुने हरेक सोबाट उनको हातमा औसत डेढ लाख रुपियाँ पर्छ। अघिल्लो वर्ष जापानमा १० दिन बसेर र्फकंदा उनको पोल्टामा ६ लाख रुपियाँ नगद थियो। फ्यानले दिएका गिफ्ट जोड्दा त अझ धेरै हुन्छ। स्वदेशमा हुने महोत्सवबाट चाहिँ औसत ४० हजार रुपियाँ लिन्छिन्। देशका ६० भन्दा बढी जिल्लामा उनले आफ्नो लोकभाका सुनाइसकेकी छन्। त्यस्तै, एउटा गीत रेकर्ड गरेको घटीमा सात हजार लिन्छिन् उनी।
आर्थिक पक्ष सबल हुनु एउटा खुसीको कुरा, त्यसभन्दा बढी खुसी दर्शकको माया र सम्मान भएको बताउँछिन् हमाल। "सुरु-सुरुमा लोकगायिका हुँ भन्दा नाक खुम्च्याउनेहरू धेरै थिए तर अहिले उनीहरू नै अटोग्राफ लिन खोज्छन्," खुसी हुँदै भन्छिन्, "यसले लोकगीत र स्रष्टालाई हेर्ने दृष्टिकोणमा आएको परविर्तनलाई
पुष्टि गर्छ।"
विरहकी रानी : टीका पुन
मायालुपन र मधुर स्वरका कारण हजारौँ दर्शक/श्रोताको मन जित्न सफल गायिका हुन्, टीका पुन। खास गरी मनका भित्री कुनामा रहने दुःख-पीडा उनका गीतमा पोखिएका हुन्छन्। यस्तै गीत गाउँदा-गाउँदै ११ वर्ष बिताइसकेकी छन् उनले। विरह शैलीका गीतमा शब्द र लय संकलकका पहिलो रोजाइ हुन् उनी। लोकगायन सुरु गर्दा अन्य कलाकारजस्तै उनी पनि आफ्नो भविष्यबारे अन्योलमा थिइन्। त्यति बेला लोकगीतका स्रष्टाले न नाम कमाएका थिए, न दाम। यो यथार्थ थाहा हुँदाहुँदै पनि लोकगीत साधनालाई निरन्तरता दिइन्। यही साधनाले उनलाई अहिले पैसा र प्रसिद्धि दुवैको धनी बनाएको छ। सुर्खेतको निम्नमध्यम वर्गीय परिवारमा जन्मिएकी उनी लोकगायनकै कारण देश/विदेशमा चिनिएकी छन् भने जीवनशैली पनि निकै लोभलाग्दो छ। भन्छिन्, "अघिल्लो पुस्ताले जीवनभर साधना गर्दा नपाएको माया र सम्मान हामीले छिट्टै पाइरहेका छौँ। यस अर्थमा लोकसंगीतको म र मेरो पुस्ता भाग्यमानी साबित भएको छ।"
'यानी माया...' टीकाको स्वरमा रेकर्ड भएको पहिलो गीत थियो तर यसले उनलाई खासै चर्चा दिलाएन। ०६५ सालको तीजमा खोलो नामक एकल एल्बम निकालिन्। यसको 'जमुना जलेसी...' बोलको गीतले राम्रै चर्चा पाए पनि उनलाई स्थापितचाहिँ ०६६ सालमा आएको 'लालुपाते फुल्दै छ रूखमा...' ले गरायो। मिलन लामासँग गाएको यो गीत सार्वजनिक भएपछि उनले पछाडि फर्केर हेर्नुपरेको छैन। गीत रेकर्डिङ र स्टेज सोहरूमा भ्याइनभ्याइ छ। करबि पाँच वर्षको बीचमा दुई हजार गीत रेकर्ड गराएबाट पनि उनको लोकप्रियता र व्यस्तता पुष्टि हुन्छ। एउटा गीत रेकर्ड गरेपछि उनको खल्तीमा कम्तीमा पाँच हजार रुपियाँ पर्छ। गीत गाउनकै लागि १२ मुलुक र स्वदेशका ६० भन्दा बढी जिल्ला पुगिसकेकी छन्। विदेशमा हुने सोबाट उनी औसत डेढ लाख रुपियाँ लिन्छिन् भने स्वदेशमा हुने महोत्सबबाट औसत ४५ हजार। वर्षमा ६ महिनाजति त उनी विदेशमै हुन्छिन्।
स्लो ट्रयाकका लोकगीत गाउने भए पनि स्टेज सोहरूमा टीकाको माग फास्ट बिटका डान्सिङ भाका गाउने कलाकारको भन्दा कम छैन। कारण, प्रत्यक्ष दोहोरीमा थापा निकै जम्छिन्। त्यसमाथि पशुपति शर्मासँगै गाएको 'एबीसीडी...' बोलको रमाइलो गीतले उनलाई स्टेज सोमा झन् व्यस्त बनाएको छ। त्यसका अलावा 'क्षितिज पारि उनको बस्तीमा...', 'लालुपाते फुल्छ रूखमा...,' 'दिनदिन भेट्न आउँदिनँ...', 'पोखरा फेवाताल...'जस्ता विरहका गीत स्टेजमा निकै रुचाइन्छन्।
नम्बर वान लोकगायिकाको दौडमा सामेल भइसक्दा पनि टीकाले दोहोरी साँझमा गाउन छाडेकी छैनन्। उनको बुझाइमा दोहोरी साँझ (रेस्टुराँ) भनेको लोककलाकारका लागि रियाज गर्ने महत्त्वपूर्ण प्लेटर्फम हो। दोहोरी साँझकै अनुभवका कारण स्टेज पर्फमेन्समा दर्शक/श्रोतालाई निकै मनोरञ्जन गराउने ऊर्जा आउने बताउँछिन्। सँगै आर्थिक मुनाफा त छँदै छ। लोकगायनबाट उनले के पाइन् त ? "मैले सबै कमाइ भनिसकेँ," मुस्कुराउँदै भन्छिन्, "कति प्रगति गरेँ होला, अब आफैँ अनुमान गर्नूस्।"
लोकगायनको युग
गीतसंगीतमा लोकभाकाको दबदबा
- रमण घिमिरे
कुनै बेला आधुनिक गीतलाई 'ब्रान्ड' मानिन्थ्यो। केही गायक-गायिकाले जस् तोसुकै गीत गाए पनि सुन्न बाध्य हुन्थे श्रोता। आधुनिक गीत गाउनेलाई माथिल्लो स् तरमा राख्ने र लोकगीत गाउनेलाई गाइने भनेर हेप्ने गरिन्थ्यो। किनभने, श्रोतासँग रेडियो नेपाल सुन्नुको विकल्प थिएन। रेडियोले जे बजाउँथ्यो, त्यही गीत घोकेर गुनगुनाउनुपर्ने विवशता थियो।
तर, आजको अवस् था त्यस् तो छैन। श्रोतालाई मन नपरे रेडियोमा घन्काएर मात्र कुनै गीत लोकप्रिय हुन सक्तैन। आजको लोकगीतले नेपाली संगीतको बजार कब्जा गरेको छ। त्यसैले पहिले लोकगीत बज्नासाथ रेडियो बन्द गर्ने प्रवृत्ति रूपान्तरण भएर अहिले लोकगीत आउने समय पारेर दर्शकले टेलिभिजन खोल्न थालेका छन्। "त्यसैले आज रेडियो र टेलिभिजनमा ८० प्रतिशत लोकगीत बज्छन् ," लोकगीत सर्जक रेशम सापकोटा भन्छन्।
हुन त त्यस बेला पनि शास् त्रीय संगीतलाई संगीतको व्याकरण र लोकगीतलाई संगीतको जननी मानिन्थ्यो। व्यवहारमा भने यस् तो थिएन। यद्यपि, लोकलयको प्रभाव त्यस बेलै पनि बढी थियो। यसैले लोकलयसँग मिसिएर आएका आधुनिक गीतहरू प्रायः लामो समयसम्म श्रोताको मन-मस्तिष्कमा गुन्जिरहन्थे। उदाहरणका लागि आधुनिक गायनका सम्राट भनेर चिनिएका नारायणगोपालको 'ए कान्छा ठट्टैमा यो बैँस जान लाग्यो...' गीत काफी छ। नातिकाजीको संगीतमा तारादेवीले गाएको 'हिमालको काखमा छ सानो मेरो गाउँ...' देखि उनका स् वरमा गुन्जिने गीतहरू लोकआधुनिक शैलीका कारण यति धेरै लोकप्रिय भएको मान्न सकिन्छ। बच्चुकैलाश, अरुणा लामा, मीरा राणादेखि कुन्ती मोक्तान, रामकृष्ण ढकाल, राजेशपायल राई आदि गायक-गायिकाको गायनको लोकप्रिय कडी लोकलय नै हो। त्यसैले नेपाली संगीतमा लोक मिश्रणलाई आधुनिक र पप दुवै शैलीमा एउटा छुट्टै विशेषण दिएर प्रयोग गरिँदै आएको छ। यस शैलीलाई लोकआधुनिक र लोकपप भन्ने चलन अब पुरानो भइसकेको छ।
सुगम संगीतमा लोकआधुनिक र लोकपपका नामले लोकप्रिय भएको शैली अहिले लोकगीतमा आधुनिक लोकका रूपमा भित्रिएको छ। आधुनिक गीतको ब्रान्ड अब भत्किँदै छ। पहिलाका ख्यातिप्राप्त गायक-गायिकाहरू आधुनिक धुनमा रचिएका गीत गाएर प्रशंसित हुन्थे भने अहिले आधुनिक लोकगीत गाइरहेकाहरूले नाम र दाम कमाउन थालेका छन्। एकनारायण भण्डारी, रमेशराज भट्टराई, विष्णु माझी, रेशम सापकोटा, सुनीता दुलाल, टीका पुन, पशुपति शर्मा, सन्तोष केसीहरू सोझै लोकगीत गाउन छाडेर आधुनिक लोकगीत सिर्जना र प्रस् तुतिमा लागेर चर्चित भइरहेका छन्।
अहिलेका लोकगीतमा गीतरचनाले आधुनिक गीतमा जस् तै भावगम्भीरता बोक्न थालेका छन्। पहिलापहिला लोकगीतका शब्दहरू तुक्का जोडेर रचिन्थे। त्यस् ता गीतका एउटा हरफले एउटा र अर्को हरफले अर्को अर्थ दिन्थ्यो। समग्रमा लोकगीतमा गीतरचनाको अर्थै हुँदैनथ्यो। लोकप्रिय लोकगायक बमबहादुर कार्कीका बुझाइमा अहिलेको लोकगीतले आधुनिक गीतमा जस् तै साहित्यको उत्कृष्ट प्रयोग गर्न थालेको छ। किनभने, प्रसारणका क्षेत्रमा रेडियो नेपालको एकल वर्चस् व रहँदा लोकगीतलाई ठेटका नाममा धेरै अडचनहरू लगाइन्थ्यो। प्रायः अशिक्षित र सुरतालको ज्ञान र अभ्यास नभएकाहरू लोकगीत गाउँथे। 'ट्रयाक सिस् टम'को प्रचलन नभएको त्यस समयमा यही कारणले लोकगीतका कलाकारहरू नगन्य रूपमा मात्र अवसर पाउन सफल हुन्थे।
तर, आजको परिदृश्य बिलकुल फरक छ। लोकगायकहरू पनि ट्रयाकमा गाउन थालेका छन्। आधुनिक गीतमा जस् तै वाद्यसामग्रीहरूको प्रयोग खुलेर हुन थालेको छ। यसले गर्दा लोकगीत प्राविधिक रूपमा पनि आधुनिक गीतकै तुलनामा सम्पन्न भएको छ।
"आजका लोकगीतले श्रोतालाई सुन्न बाध्य पार्छ," लोकसर्जक सापकोटा भन्छन्, "आजका श्रोतासँग लामो समय उभिएर रेडियोमा बजिरहेको गीत सुन्ने फुर्सद छैन, एक झमटमा सुनेको भरमा उसले राम्रो र नराम्रोको निर्णय गर्छ।" केही वर्षअघि कोमल वलीले गाएको 'पोइल जान पाम्...' भन्ने लोकगीतमाथि जेजस् तो प्रतिक्रिया आए पनि आमश्रोताले रुचाएकै हुन्।
यसभन्दा पनि अझ गहन कुरा के हो भने एउटा बजारमा एउटै मूल्यमा बिक्री हुने लोकगीतको उत्पादन आधुनिक गीतको भन्दा सस् तो पर्छ। नेपाल संगीत उद्योग संघका अध्यक्ष पदम बुढाले लोकगीत यति धेरै चल्नुको कारण श्रोताले स् वाद फेर्न खोजेको अर्थमा बुझेका छन्। अहिलेका लोकगीतमा श्रोताको बढ्दो रुचिको कारण आफ्नोसँग मिसिएको नौलोपन नै हो। श्रोताले पहिला आधुनिक गीतका नाममा लोकलय सुनेर मनोरञ्जन लिन्थे भने अहिले लोकगीतका नाममा एकमुष्ट प्याकेज पाउन थालेका छन्।
आजका लोकगीतले आधुनिक गीतको लोकप्रियतालाई फड्केर माथिल्लो उचाइ छुनुको अर्को कारण हो, लोकगीतमा लागेका पछिल्ला पुस् ताका अधिकांश कलाकार शिक्षित छन्। अझ अहिले नाम चलेका आधुनिक गायक-गायिकाका तुलनामा लोककलाकारहरू बढी शिक्षित छन्। यसले गर्दा उनीहरूको विचार र सिर्जनाको पाटो फराकिलो बनाएको छ। शिक्षित भएका कारण उनीहरू देशको वर्तमान समस् यादेखि राजनीतिसम्मका कुरा बुझ्न सक्छन्। आममानिसको पीडा केमा छ भन्ने कुरा यो शिक्षित जमातले राम्ररी बुझेको छ र त्यसलाई कलामा ढालेर निकाल्दा प्रसिद्धि पाएको छ। फलतः आजका लोकगीतहरू सशक्त, संवेदनशील र लोकप्रिय छन्।
साभार : नेपाल
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !