उत्तर प्रदेशका प्रहरीले ती व्यक्तिलाई बाटोमा बेहोस अवस्थामा भेटेको थियो । रगतमा लतपतिएको २५–३० वर्षका व्यक्ति देखेपछि प्रहरीले उनलाई अस्पताल पुर्यायो । अज्ञात व्यक्ति भएकाले अस्पतालले उनलाई ‘लावारिस वार्ड’ मा राख्यो ।
त्यहाँबाट उनलाई तत्कालै शवगृहमा लगियो । मृत घोषित व्यक्तिलाई मात्रै अस्पतालले शवगृहमा राख्छ । तर, अस्पतालले शवगृहमा पठाएका ती व्यक्तिबारे मुचुल्का उठाउन प्रहरी पुग्दा अचम्म भयो । शवगृहमा उनलाई जहाँ राखिएको थियो, उनी त्यहाँ थिएनन् । उनलाई राखिएको स्थानभन्दा केही पर पुगेपछि अचम्ममा परेका प्रहरीले पानी मगाए ।
ती व्यक्ति बिउँझिएपछि उक्त अस्पतालका चिकित्सक आत्तिएका छन् । प्रहरीले चिकित्सकको लापरबाहीमा यो घटना घटेको बताएको छ । ती व्यक्ति को हुन् भन्ने अहिलेसम्म पत्ता लाग्न सकेको छैन । ती व्यक्तिलाई २८ अगस्टमा प्रहरीले अस्पताल पुर्याएको थियो ।
३१ अगस्टमा प्रहरी अस्पताल पुग्दा ती व्यक्ति बिउँझिएको भेटियो । मृत व्यक्ति बिउँझिएपछिको यो घटना अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।
साभार : नया पत्रिका
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !