CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , , » सार्कको नाममा प्रहरीको खरिदमा लुटतन्त्र

सार्कको नाममा प्रहरीको खरिदमा लुटतन्त्र

काठमाडौं। अहिले सरकारका विभिन्न निकायहरू सार्क सम्मेलनका नाममा जथाभावी बजेट खर्च गरेर राष्ट्रिय ढुकुटीमा लुटतन्त्र मच्चाइरहेका छन्। सार्कको नाममा  हतार हतार र लटरपटर गुणस्तरहीन काम गरेर करोडौं करोड बजेटमा भ्रष्टाचार भइरहेको छ। सडक विभागले राजधानीका सडकमा पिचमाथि पिच थपेर लुटतन्त्र मच्चाइरहेको छ। सार्कको तयारीको नाममा निर्माण होस् कि साधनको मनपरी खरिदमा जतिसुकै अर्ब खर्च र भ्रष्टाचार गरे/भएपनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छड्के नजरले समेत हेर्दैन।

अनि त सरकारी निकायका हाकिमहरू सार्कको मौकामा चौका हानेर भ्रष्टाचारमा लिप्त छन्। यहाँ सार्कका नाममा नेपाल प्रहरीले खरिद गर्ने मोटरसाइकललाई एउटा उदाहरणको रुपमा प्रस्तुत गरिएको छ: बुलेट/रोयल इन्पि्कल्ड थण्डरबोल्ड(बुलेट–५०० सीसी) ७२ थान मोटरसाइकल खरिद प्रकरण। सार्कका नाममा कुन हदसम्मको भ्रष्टाचार गर्न सक्छन् भन्ने प्रमाण होबुलेट/रोयल इन्पि्कल्ड थण्डरबोल्ड भारतीय मोटरसाइकल खरिद प्रकरण।  समाचार स्रोत भन्छ, भारतको कुनै पनि सहरको सोरुमबाट यो मोटरसाइकल ग्राहकले खरिद गर्न चाहेमा खुद्रा मूल्य प्रतिथान भारु. एक लाख नब्बे हजारभन्दा कम पर्छ। यसको करबाहेक मूल्य ने.रु. ३ लाख चार हजार हुन आउँछ। नेपालमा ल्याउँदा ९१ प्रतिशत भंसार र अन्तशुल्क तिर्दा २ लाख ७६ हजार समेत जम्मा ५ लाख ५३ हजार २ सय ८० रुपैयाँ पर्न जान्छ। एसेसरिज समेत साँढे पाँच लाखभन्दा बढी नपर्ने यो मोटरसाइकल प्रहरीले ने.रु. ७ लाख ५९ हजार दुई सय तीन रुपैयाँमा खरिद गरेर भ्रष्टाचार गरेको छ। हतारहतार एक हप्ताको टेण्डर निकालेर प्रहरीले दुगड ब्रदर्ससँगको मिलेमतोमा ने.रु. सात लाख ५९ हजार दुई सय तीन रुपैयाँमा खरिद गर्ने निर्णय गरेर सामान्य रुपमा हेर्दा पनि डेढ करोड रुपैयाँ सार्कका नाममा कमिसन, घुस भोजन गरिएको छ।
सार्क सम्मेलनको नाममा खरिद गर्ने निर्णय गरिएको रु.५ करोड ४६ लाख ६२ हजार ६१६ रुपैयाँ र यसमा १३ प्रतिशत भ्याट जोड्दा ६ करोड १७ लाख परेको देखाइने छ। यसको वास्तविक मूल्य सम्पूर्ण कर, भ्याटका साथै सम्पूर्ण फिटिङ समेत काठमाडौं डेलिभरी ने.रु. ३ करोड ९८ लाखभन्दा बढी पर्दैन। एउटा भारतीय कम्पनीले यो मोटरसाइकलको सम्पूर्ण फिटिङ समेत काठमाडौं डेलिभरी १ लाख ६५ हजार भा.रु.मा गर्ने प्रस्ताव गरेको थियो।  तर, मोती दुगडको दुगड ब्रदर्श सप्लायर्सले ७२ थान थण्डरबोल्ड बुलेट मोटरसाइकल (५०० सीसी)को (नेपालमा एजेन्ट कमिसन सहित) अधिकतम् ने.रु.४ करोडभन्दा बढी नपर्ने साधनलाई झण्डै पचास प्रतिशतभन्दा बढी नाफा लिएर घुस ख्वाएर टेण्डर हात पारेको समाचार छ। सार्कमा आउने भीभीआइपी र भीआइपीहरूको सुरक्षार्थ स्कर्टिङका नाममा दुगड ब्रदर्स एण्ड सप्लायर्स  र नेपाल प्रहरीको प्रबन्ध शाखाको मिलेमतोमा भ्रष्टाचार गरिएको छ। अहिले नेपाल प्रहरीभित्र यसलाई भयंकर घोटलाको रुपमा चर्चा गरिएको छ।
एक सुरक्षाविद्का अनुसार विश्वको कुनै पनि मुलुकमा भीभीआइपी र भीआइपीहरूको सुरक्षार्थ यस प्रकारको मोटरसाइकलबाट स्कर्टिङ गरिंदैन। कारण यसप्रकारको भारतीय मोटरसाइकल र भीभीआइपी र भीआइपी मोटर/कारको सवारीमा स्पीड  म्याचिङ मिल्दैन। चर्को आवाज, पेट्रोल बढी खपत हुने, खर्चिलो भएकाले यो मोटरसाइकल उपयोगी पनि मानिंदैन। अर्थात् गरीब देशका लागि सेतो हात्ती सरह मानिन्छ। मोती दुगड, डीआइजीपी श्याम खड्का र एसपी प्रेम मल्लको मिलेमतोमा राष्ट्रलाई करोडौं घाटा पारिदैछ। सुरक्षाविद्का अनुसार, सार्कमा भाग लिन आउने भीभीआइपी र भीआइपीहरूको सुरक्षार्थ आउने सुरक्षाकर्मीले यो बुलेट मोटरसाइकलको स्कर्टिङ अस्वीकार गर्न सक्ने सम्भावना पनि रहेको छ।

source :http://www.weeklynepal.com/?p=22884
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis