- → पटक–पटकको पक्राउ र रिहाइको लुकामारीपछि ‘इन्काउन्टर’
- → पेस्तोल देखाएर राहत माग्ने र गाउँगाउँ पुगेर बाँड्ने गर्थे घैंटे : नेपाल प्रहरी
- -मनबहादुर बस्नेत
ठ्याक्कै १० वर्षअघि काठमाडौँ सहरको मध्यभागमा अवस्थित बागबजारको सो गर्ल नामक रेस्टुराँको छतबाट बाटोमा रोकिराखेको प्रहरीको गाडीमा राती बियरको बोतल र इँटा प्रहार भयो । गाडीको सिसा फुट्यो र अन्यत्र सामान्य क्षति भयो । प्रहरीको गाडीमा आक्रमण गर्ने त्यतिबेला भर्खरै
जन्मिएको कुमार श्रेष्ठ ‘घैँटे’को आपराधिक समूह थियो । खासमा अर्को अर्थात् प्रतिस्पर्धी समूह काभ्रेलीका केटाहरू ठानेर घैँटेको समूहले माथिबाट आक्रमण गरेको थियो । तर, त्यहाँ प्रहरी अपराध महाशाखा (केरकार)का निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक ( डीएसपी) सर्वेन्द्र खनालको टोली थियो । प्रहरी भएको सुइँको पाएपछि घैँटेको समूह भाग्यो । पछि घैँटे समूहले केस सामसुम पार्यो ।
१२ वर्षमा खोलो फर्किन्छ भनेजस्तै प्रहरीमाथि आक्रमण गर्ने तिनै घैँटे महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरीकै गोलीले मारिए, ३ भदौमा । संयोग कस्तो पर्यो भने उतिबेला महाशाखाका निमित्त प्रमुख रहेका खनाल अहिले त्यसका प्रमुख छन् ।
प्रहरीमाथि नै आक्रमण गरेर चर्चामा आएको घैँटेको समूह त्यसयताको एक दशक अपराधको दुनियाँमा जगजगी मच्चाउन सफल भयो । बाँच्दा अपराध कर्मबाट जसरी चर्चामा रहे, प्रहरी भिडन्तमा मारिएपछि पनि गुमनाम भएनन् । एक वर्षअघि महाशाखाकै टोलीसँगको इन्काउन्टरमा नेकपा एमालेनिकट गुन्डा नाइके दिनेश अधिकारी ‘चरी’ मारिएपछि नै घैँटेले आफूलाई असुरक्षित महसुस गरिसकेका थिए । त्यही भएर उनी चरी मारिएलगत्तै मलेसिया हानिए । त्यसपछि भारतको नयाँ दिल्लीमा कांग्रेस आईका स्थानीय नेताको संरक्षणमा बिताए । गत वैशाखको महाभूकम्पका बेला घैँटे भूकम्पपीडितलाई राहत दिन समाजसेवीको आवरणमा नेपाल आएका थिए । तर, उनले राहत होइन, आहत दिए । घैँटेले व्यवसायीसँग राहतका लागि भनेर जबरजस्ती रकम असुलेका थिए । पेस्तोल देखाएर राहत माग्ने र गाउँगाउँ पुगेर बाँड्ने गरेको प्रहरीको भनाइ छ । महाशाखाका एसएसपी खनाल भन्छन्, “समाजसेवाको आवरणमा धेरै मानिसलाई दु:ख दिएको रहेछ ।”
निर्माण व्यवसायी, अस्पताल सञ्चालक, म्यानपावर र घरजग्गा व्यवसायीलाई घैँटेले धम्क्याएर रकम असुल्ने गरेका उजुरीसमेत महाशाखामा आउन थालेका छन् । केही समयअघि मात्रै घैँटेको समूहले गजुरमुखी कन्स्ट्रक्सनमार्फत वीरगन्जमा एक करोड रुपियाँको ठेक्का हात पारेको थियो । उक्त ठेक्का घैँटेले धम्क्याएर आफ्नो फर्मलाई पारेको प्रहरी बताउँछ । घैँटेले सामाखुसी र गोँगबु क्षेत्रमा व्यवसायीबाट असुली गर्थे । एक वर्षअघि चरी मारिएपछि नयाँबजार क्षेत्रमा समेत असुली क्षेत्र विस्तार गरेका थिए उनले ।
प्रहरी विवरण अनुसार घैँटेले सामाखुसी र गोँगबु क्षेत्रका हरेक विद्यालय, कलेज, म्यानपावर, तरकारी पसल र कवाडी गोदामहरूबाट मासिक १० प्रतिशत रकम संकलन गर्न केटाहरू परिचालन गरेका थिए । जसमध्ये सात प्रतिशत घैँटे आफैँले राख्थे भने बाँकी परिचालित केटाहरूलाई बाँड्थे । “धेरै मान्छे मुख खोल्न डराउँछन् तर उनीबाट रोएर बाँचेकाको संख्या ठूलो छ,” खनाल भन्छन् ।
घैँटेले निर्माण व्यवसायी महासंघ र निर्माण कम्पनीबाट छुट्टाछुट्टै कुल ठेक्कापट्टाको ०.२५ प्रतिशत हिस्सा लिने गरेको समेत प्रहरी अनुसन्धानबाट खुलेको छ । गजुरमुखी कन्स्ट्रक्सनले वाग्मती करिडोर निर्माण, गोँगबु–गल्कोपाखा सडक, कालीमाटी–कीर्तिपुर सडक पिच गर्ने, बबई सिँचाइ आयोजना र जनकपुर–बर्दिवास रेलवे निर्माणको ठेक्का लिएको छ । प्रहरी अनुसन्धानमा यी ठेक्का लिन घैँटेको समूहले अन्य प्रतिस्पर्धी कम्पनीलाई ठेक्कामा भाग लिने प्रक्रियाबाटै रोकेको पत्ता लागेको थियो । “सके प्रतिस्पर्धामा आउनै नदिने । त्यहाँसमेत रोक्न नसके ठेक्का पाएका कम्पनीबाट प्रतिशत लिने गरेको देखियो,” खनालले अनुसन्धानबाट खुलेका निष्कर्ष सुनाए ।
घैँटे मारिएको भोलिपल्ट ४ भदौमा टेकुस्थित महानगरीय प्रहरी परिसरमा गोँगबुका एक होटल व्यवसायी प्रहरीलाई दुई हात जोडेर धन्यवाद दिइरहेका थिए । उनी भनिरहेका थिए, “पेस्तोल ताकेर पैसा मागेपछि नदिएर के गर्ने ? कसलाई भन्ने ? कसले दिन्छ सुरक्षा ?”
यस्ता गुनासा धेरै भए पनि व्यवसायी प्रहरीकहाँ उजुरी दिन जाँदैनन्, कुनै पनि बेला निसानामा परिने डरले । घैँटे मारिएपछि भने केही लिखित उजुरी आएका छन् तर नाम गोप्य राख्ने सर्तमा । “अझै पनि उसका केटाहरू छन् । हामीलाई भोलि अप्ठ्यारो पर्न सक्छ,” त्यस्ता व्यवसायीको भनाइ उद्धृत गर्दै खनाल भन्छन् ।
जबरजस्ती रकम असुल्न थालेपछि प्रहरीले राजधानीका गुन्डा समूहविरुद्ध विशेष टोली परिचालन गरेको थियो । हतियारसहित घुमेर यस्ता समूहले व्यवसायीलाई टार्गेट गरेको सुराक महाशाखामा दुई महिनाअघि नै पुगेको थियो । त्यही अप्रेसनको सिलसिलामा घैँटेसँग इन्काउन्टर भएको प्रहरी स्रोतले बताएको छ । प्रहरीले नियमित चेकजाँचका क्रममा घैँटेले फायरिङ खोलेपछि जवाफी कारबाहीमा मारिएको दाबी गरेको छ । तर, घैँटेका आफन्त र नेपाली कांग्रेसका उनीनिकट सभासद्हरूले भने त्यसलाई हत्याको संज्ञा दिएका छन् । जसले गर्दा घैँटेको मृत्यु यसअघि इन्काउन्टरमै मारिएका भनिएका दिनेश अधिकारी ‘चरी’ काण्डजस्तै विवाद र बहसमा तानिएको छ ।
अपराधको संसारमा निर्धक्क सयर गर्दासमेत राजनीतिक नेता र प्रहरीकै कतिपय उपल्ला अधिकारीको संरक्षणका कारण घैँटेलाई कानुनी कारबाहीको दायरामा ल्याउन सकेको थिएन प्रहरीले । पटकपटक पक्राउ र रिहाइको लुकामारीले आजित भइसकेको थियो प्रहरी । त्यसैले प्रहरी कुख्यात अपराधीहरूलाई इन्काउन्टर गर्ने निर्णयमा पुगेको हुन सक्छ । तर, यसले इन्काउन्टरका नाममा प्रहरीले जोकसैलाई गोली हान्न सक्ने खतरा रहेको अपराधशास्त्रमा दक्खल राख्ने अधिवक्ता रजितभक्त प्रधानांग बताउँछन् । भन्छन्, “कानुनभन्दा प्रहरी माथि छ भन्ने सन्देश गएमा त्यसले अर्को संकट निम्त्याउन सक्छ ।”
आफ्नो फेसबुक स्ट्याटसमा कुमार घैँटेले लेखेका छन्, ‘भूकम्पपछिको नयाँ जीवन । नयाँ सोच, नयाँ जोसका साथ अब बाँकी भएको जिन्दगी यो मेरो देशका लागि । जय नेपाल ।’ तर, उनको नयाँ सोच र जोस पुरानै स्वरूपमा दोहोरिएकाले हुन सक्छ, देशका लागि भन्दा आपराधिक कर्मका लागि बढी ऊर्जाशील बन्यो र अन्तत: प्रहरीको गोलीको सिकार भए ।
प्रकाशित: भाद्र ७, २०७२निर्माण व्यवसायी, अस्पताल सञ्चालक, म्यानपावर र घरजग्गा व्यवसायीलाई घैँटेले धम्क्याएर रकम असुल्ने गरेका उजुरीसमेत महाशाखामा आउन थालेका छन् । केही समयअघि मात्रै घैँटेको समूहले गजुरमुखी कन्स्ट्रक्सनमार्फत वीरगन्जमा एक करोड रुपियाँको ठेक्का हात पारेको थियो । उक्त ठेक्का घैँटेले धम्क्याएर आफ्नो फर्मलाई पारेको प्रहरी बताउँछ । घैँटेले सामाखुसी र गोँगबु क्षेत्रमा व्यवसायीबाट असुली गर्थे । एक वर्षअघि चरी मारिएपछि नयाँबजार क्षेत्रमा समेत असुली क्षेत्र विस्तार गरेका थिए उनले ।
प्रहरी विवरण अनुसार घैँटेले सामाखुसी र गोँगबु क्षेत्रका हरेक विद्यालय, कलेज, म्यानपावर, तरकारी पसल र कवाडी गोदामहरूबाट मासिक १० प्रतिशत रकम संकलन गर्न केटाहरू परिचालन गरेका थिए । जसमध्ये सात प्रतिशत घैँटे आफैँले राख्थे भने बाँकी परिचालित केटाहरूलाई बाँड्थे । “धेरै मान्छे मुख खोल्न डराउँछन् तर उनीबाट रोएर बाँचेकाको संख्या ठूलो छ,” खनाल भन्छन् ।
घैँटेले निर्माण व्यवसायी महासंघ र निर्माण कम्पनीबाट छुट्टाछुट्टै कुल ठेक्कापट्टाको ०.२५ प्रतिशत हिस्सा लिने गरेको समेत प्रहरी अनुसन्धानबाट खुलेको छ । गजुरमुखी कन्स्ट्रक्सनले वाग्मती करिडोर निर्माण, गोँगबु–गल्कोपाखा सडक, कालीमाटी–कीर्तिपुर सडक पिच गर्ने, बबई सिँचाइ आयोजना र जनकपुर–बर्दिवास रेलवे निर्माणको ठेक्का लिएको छ । प्रहरी अनुसन्धानमा यी ठेक्का लिन घैँटेको समूहले अन्य प्रतिस्पर्धी कम्पनीलाई ठेक्कामा भाग लिने प्रक्रियाबाटै रोकेको पत्ता लागेको थियो । “सके प्रतिस्पर्धामा आउनै नदिने । त्यहाँसमेत रोक्न नसके ठेक्का पाएका कम्पनीबाट प्रतिशत लिने गरेको देखियो,” खनालले अनुसन्धानबाट खुलेका निष्कर्ष सुनाए ।
घैँटे मारिएको भोलिपल्ट ४ भदौमा टेकुस्थित महानगरीय प्रहरी परिसरमा गोँगबुका एक होटल व्यवसायी प्रहरीलाई दुई हात जोडेर धन्यवाद दिइरहेका थिए । उनी भनिरहेका थिए, “पेस्तोल ताकेर पैसा मागेपछि नदिएर के गर्ने ? कसलाई भन्ने ? कसले दिन्छ सुरक्षा ?”
यस्ता गुनासा धेरै भए पनि व्यवसायी प्रहरीकहाँ उजुरी दिन जाँदैनन्, कुनै पनि बेला निसानामा परिने डरले । घैँटे मारिएपछि भने केही लिखित उजुरी आएका छन् तर नाम गोप्य राख्ने सर्तमा । “अझै पनि उसका केटाहरू छन् । हामीलाई भोलि अप्ठ्यारो पर्न सक्छ,” त्यस्ता व्यवसायीको भनाइ उद्धृत गर्दै खनाल भन्छन् ।
जबरजस्ती रकम असुल्न थालेपछि प्रहरीले राजधानीका गुन्डा समूहविरुद्ध विशेष टोली परिचालन गरेको थियो । हतियारसहित घुमेर यस्ता समूहले व्यवसायीलाई टार्गेट गरेको सुराक महाशाखामा दुई महिनाअघि नै पुगेको थियो । त्यही अप्रेसनको सिलसिलामा घैँटेसँग इन्काउन्टर भएको प्रहरी स्रोतले बताएको छ । प्रहरीले नियमित चेकजाँचका क्रममा घैँटेले फायरिङ खोलेपछि जवाफी कारबाहीमा मारिएको दाबी गरेको छ । तर, घैँटेका आफन्त र नेपाली कांग्रेसका उनीनिकट सभासद्हरूले भने त्यसलाई हत्याको संज्ञा दिएका छन् । जसले गर्दा घैँटेको मृत्यु यसअघि इन्काउन्टरमै मारिएका भनिएका दिनेश अधिकारी ‘चरी’ काण्डजस्तै विवाद र बहसमा तानिएको छ ।
अपराधको संसारमा निर्धक्क सयर गर्दासमेत राजनीतिक नेता र प्रहरीकै कतिपय उपल्ला अधिकारीको संरक्षणका कारण घैँटेलाई कानुनी कारबाहीको दायरामा ल्याउन सकेको थिएन प्रहरीले । पटकपटक पक्राउ र रिहाइको लुकामारीले आजित भइसकेको थियो प्रहरी । त्यसैले प्रहरी कुख्यात अपराधीहरूलाई इन्काउन्टर गर्ने निर्णयमा पुगेको हुन सक्छ । तर, यसले इन्काउन्टरका नाममा प्रहरीले जोकसैलाई गोली हान्न सक्ने खतरा रहेको अपराधशास्त्रमा दक्खल राख्ने अधिवक्ता रजितभक्त प्रधानांग बताउँछन् । भन्छन्, “कानुनभन्दा प्रहरी माथि छ भन्ने सन्देश गएमा त्यसले अर्को संकट निम्त्याउन सक्छ ।”
आफ्नो फेसबुक स्ट्याटसमा कुमार घैँटेले लेखेका छन्, ‘भूकम्पपछिको नयाँ जीवन । नयाँ सोच, नयाँ जोसका साथ अब बाँकी भएको जिन्दगी यो मेरो देशका लागि । जय नेपाल ।’ तर, उनको नयाँ सोच र जोस पुरानै स्वरूपमा दोहोरिएकाले हुन सक्छ, देशका लागि भन्दा आपराधिक कर्मका लागि बढी ऊर्जाशील बन्यो र अन्तत: प्रहरीको गोलीको सिकार भए ।
साभार :ईकान्तिपुर
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !